सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“मलाई के भएको रहेछ, बल्ल थाह पाएँ!”

“मलाई के भएको रहेछ, बल्ल थाह पाएँ!”

“मलाई के भएको रहेछ, बल्ल थाह पाएँ!”

डिसेम्बर १, २००० को प्रहरीधरहरा-मा प्रकाशित जीवनी पढेपछि टोकियोका एक जना व्यक्‍तिलाई यस्तो लाग्यो। उक्‍त लेखको शीर्षक थियो, “भोलि के हुने हो तिमीहरू जान्दैनौ” र यो अनुभव चिकित्सा विज्ञानमा म्यानिक-डिप्रेसिभ साइकोसिस (अत्यन्तै निराश महसुस गर्ने) भनिने रोगद्वारा पीडित भूतपूर्व मिसनरीको थियो।

टोकियो शहरका उक्‍त व्यक्‍तिले यस पत्रिकाका प्रकाशकलाई सम्बोधन गर्दै लेखेको पत्रमा यसो भनिएको थियो: “लेखमा वर्णन गरिएको अवस्था मेरो अवस्थासित ठ्याक्कै मिल्थ्यो। त्यसकारण, म मानसिक अस्पताल गएँ र म अत्यन्तै निराश हुने समस्याले पिरोलिएको रहेछु भनेर थाह पाएँ। मलाई जाँच गर्ने डाक्टर छक्कै परे। तिनले यसो भने, ‘यस्तो रोग लागेका मानिसहरू प्रायः आफूलाई रोग लागेको छ भनेर मान्‍न तयारै हुँदैनन्‌।’ मेरो रोग गम्भीर अवस्थामा पुग्नु अगावै मैले रोग खुट्याउन मदत पाएँ।”

प्रहरीधरहरा र यसको सह-पत्रिका ब्यूँझनुहोस्‌!-को प्रत्येक अंक पढेर संसारभरिका लाखौं व्यक्‍तिहरूले विभिन्‍न तरिकामा फाइदा उठाइरहेका छन्‌। तिनीहरूले यी पत्रिकाका लेखहरू जानकारीमूलक र सन्तोषप्रद पाएका छन्‌। प्रहरीधरहरा पत्रिका अहिले १४१ भाषामा र ब्यूँझनुहोस्‌! ८६ भाषामा प्रकाशित हुन्छन्‌। तपाईं पनि प्रहरीधरहराब्यूँझनुहोस्‌! पत्रिकाहरू नियमित तवरमा पढेर आनन्दित हुन सक्नुहुन्छ।