सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

उद्धार पाउने के कुनै आशा छ?

उद्धार पाउने के कुनै आशा छ?

उद्धार पाउने के कुनै आशा छ?

भनिन्छ, बीसौं शताब्दीमा जस्तो रक्‍तपात मानिसजातिले पहिला कहिल्यै देखेको थिएन। विशेष गरी, विगत केही दशकहरूमा अपराध, युद्ध, जातीय कलह, लागू पदार्थको दुर्व्यसन, बेइमान र हिंसा व्याप्त भएको छ। त्यसमाथि रोगबिमार, बुढ्यौली र मृत्युको कारण हुने दुःखकष्ट र पीडा त छँदैछ। आज संसारमा भएका यी विद्यमान तीन थुप्रो समस्याहरूबाट को पो मुक्‍त हुन चाहँदैन र? भविष्यबारे विचार गर्दा, उद्धार पाउने के कुनै आशा छ?

झन्डै २,००० वर्षअघि प्रेरित यूहन्‍नालाई दिइएको दर्शनबारे विचार गर्नुहोस्‌। तिनले यस्तो लेखे: “हेर, परमेश्‍वरको बासस्थान मानिसहरूसँग भएको छ। उहाँ तिनीहरूसँग बास गर्नुहुनेछ र तिनीहरू उहाँका मानिसहरू हुनेछन्‌। औ परमेश्‍वर आफै तिनीहरूसँग भएर तिनीहरूका परमेश्‍वर हुनुहुनेछ। उहाँले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ, र फेरि मृत्यु हुनेछैन। औ शोक, रुवाइ, पीड़ा फेरि केही हुनेछैन। पहिलेका कुराहरू बितिसकेका छन्‌।” (प्रकाश २१:३, ४) त्यसै गरी अगमवक्‍ता यशैयाले पनि यस्तो भविष्यवाणी गरे: “उहाँले मृत्युलाई सदाको निम्ति निल्नुभएको छ, र परमप्रभु परमेश्‍वरले सबैका आँखाबाट आँसु पुछिदिनुहुनेछ। उहाँले सारा पृथ्वीबाट आफ्नो प्रजाको निन्दा दूर गर्नुहुनेछ, किनकि परमप्रभुले यसै भन्‍नुभएको छ।”—यशैया २५:८.

परमेश्‍वरका प्रतिज्ञाहरू पूरा हुनुको अर्थ के हुनेछ, कल्पना गर्नुहोस्‌ त! मानिसजातिले शोषण र हिंसा, दुःखकष्ट र निराशाका कारणहरूबाट उद्धार वा छुटकारा पाउनेछन्‌। अझ भनौं भने, रोगबिमार, बुढ्यौली र मृत्युले समेत हामीलाई पिरोल्ने छैन! परमेश्‍वरको वचन बाइबलले पृथ्वीमा सिद्ध वातावरणबीच अनन्त जीवन प्रदान गर्ने प्रतिज्ञा गर्छ। (लूका २३:४३; यूहन्‍ना १७:३) अनि यसको इच्छा गर्ने सबैको निम्ति यो उपलब्ध छ। “सबै मानिसहरूले उद्धार पाऊन्‌ र तिनीहरू सत्यको ज्ञानमा आऊन्‌ भन्‍ने इच्छा [परमेश्‍वर] गर्नुहुन्छ।”—१ तिमोथी २:३, ४.

तथापि, परमेश्‍वरको प्रतिज्ञाबाट लाभ उठाउनको लागि येशू ख्रीष्टले हाम्रो उद्धारको निम्ति कस्तो भूमिका निर्वाह गर्नुभएको छ भनी बुझ्नुका साथै उहाँमा विश्‍वास गर्नु आवश्‍यक छ। स्वय्‌म येशूले यसो भन्‍नुभयो: “परमेश्‍वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, उहाँले आफ्ना एकमात्र पुत्रलाई दिनुभयो, उहाँमाथि विश्‍वास गर्ने प्रत्येक नाश नहोस्‌, तर त्यसले अनन्त जीवन पाओस्‌।” (यूहन्‍ना ३:१६) यस सन्दर्भमा येशू ख्रीष्टले निर्वाह गर्नुहुने मुख्य भूमिकालाई औंल्याउँदै प्रेरित पत्रुसले यसो भने: “नता अरू कसैबाट मुक्‍ति छ, किनकि स्वर्गमनि मानिसहरूमा अर्को कुनै नाउँ दिइएको छैन, जसबाट हामीले उद्धार पाउनसक्छौं।” (प्रेरित ४:१२) निष्कपट हृदयले प्रश्‍न गर्ने एक जना मानिसलाई प्रेरित पावल र तिनका सँगी सिलासले यसो भने: “प्रभु येशू ख्रीष्टमा विश्‍वास गर्नुहोस्‌, र तपाईंले उद्धार पाउनुहुनेछ, तपाईं र तपाईंका परिवारले।”—प्रेरित १६:३०, ३१.

हो, येशू ख्रीष्ट “जीवनका कर्ता” हुनुहुन्छ र उद्धार, उहाँमार्फत मात्र सम्भव छ। (प्रेरित ३:१५) तर हाम्रो उद्धारमा एक जना मानिसले मात्र त्यस्तो महत्त्वपूर्ण भूमिका कसरी निर्वाह गर्नसक्छ र? यस सन्दर्भमा उहाँले निर्वाह गर्नुहुने भूमिकाबारे स्पष्ट समझ भएको खण्डमा उद्धार पाउने हाम्रो विश्‍वास अझ बलियो हुनेछ।

[पृष्ठ २-मा भएको चित्रको स्रोत]

Page 3: Bombers: USAF photo; starving children: UNITED NATIONS/J. FRAND; burning battleship: U.S. Navy photo ▸