सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

आमाबाबु हो, आफ्नो छोराछोरीको आवश्‍यकता पूरा गर्नुहोस्‌!

आमाबाबु हो, आफ्नो छोराछोरीको आवश्‍यकता पूरा गर्नुहोस्‌!

आमाबाबु हो, आफ्नो छोराछोरीको आवश्‍यकता पूरा गर्नुहोस्‌!

छोराछोरीलाई विशेष गरी आमाबाबुको डोऱ्‍याइ र मायालु अनुशासन चाहिन्छ। यस सन्दर्भमा ब्राजिलियन शिक्षाविद्‌, तानिया जागुरी यसो भन्छिन्‌, “प्रायः सबै केटाकेटीहरू रमाइलो गर्न चाहन्छन्‌। तर सीमा तोक्नु आवश्‍यक छ। यसो गर्ने काम आमाबाबुको हो। यदि तिनीहरूले यसो गरेनन्‌ भने केटाकेटीहरू अनियन्त्रित हुन्छन्‌।”

यद्यपि, धेरैजसो देशहरूमा व्यक्‍तिगत स्वतन्त्रतालाई बढी मान्यता दिने छाडा समाजको प्रभावले गर्दा माथि उल्लिखित सल्लाह पछ्याउन गाह्रो हुनसक्छ। त्यसोभए, आमाबाबुले कहाँबाट मदत पाउन सक्छन्‌ त? ईश्‍वरभीरु आमाबाबुहरू आफ्ना छोराछोरीहरूलाई “परमप्रभुले दिनुभएको हक” सम्झन्छन्‌। (भजन १२७:३) त्यसैकारण, छोराछोरीलाई पालन पोषण गर्ने सन्दर्भमा तिनीहरू परमेश्‍वरको वचन, बाइबललाई मार्गदर्शकको रूपमा लिन्छन्‌। उदाहरणका लागि, हितोपदेश १३:२४ यसो भन्छ, “छड़ी नचलाउने बाबुले छोरालाई घृणा गर्छ, तर छोरालाई प्रेम गर्नेले त्यसलाई बाल्यावस्थादेखिनै अनुशासनमा राख्छ।”

बाइबलमा प्रयोग गरिएको “छडी” शब्दले शारीरिक रूपमा दिइने सजायलाई नै बुझाउँछ भन्‍ने छैन; यसले अनुशासन दिने माध्यमलाई बुझाउँछ र त्यो माध्यम जे पनि हुनसक्छ। वास्तवमा, केटाकेटीको बरालिएको मार्गलाई सच्याउन अक्सर मौखिक अनुशासन मात्र पनि पर्याप्त हुनसक्छ। हितोपदेश २९:१७ यसो भन्छ: “आफ्नो छोरालाई सुधार, र त्यसले तँलाई सुख दिन्छ, र तँलाई सब किसिमको आनन्द मिल्छ।”

खराब बानीहरू हटाउन केटाकेटीहरूलाई मायालु अनुशासन चाहिन्छ। यसरी दृढ अनि मायालु तरिकामा सच्याउँदा आमाबाबुले छोराछोरीको रेखदेख गरेको प्रमाणित हुन्छ। (हितोपदेश २२:६) त्यसैले, आमाबाबु हो, हरेस नखानुहोस्‌! बाइबलको सही अनि व्यावहारिक सल्लाह पालन गरेर तपाईंले यहोवालाई प्रसन्‍न तुल्याउनुका साथै आफ्ना छोराछोरीबाट आदर पाउन सक्नुहुनेछ।