“म सिजरकहाँ अपील गर्दछु।”
“म सिजरकहाँ अपील गर्दछु।”
एक हूल मानिसहरूले एक निस्सहाय मानिसलाई पक्रेर बेस्सरी कुट्न थाले। तिनीहरूको विचारमा ऊ मारिन लायक छ। भीडले उसलाई मार्नै लाग्दा सिपाहीहरू त्यहाँ आइपुग्छन् र उत्तेजित भीडको बीचबाट बल्लतल्ल उसलाई तानेर बाहिर निकाल्छन्। ती मानिस प्रेरित पावल हुन्। तिनलाई आक्रमण गर्ने मानिसहरूचाहिं यहूदीहरू हुन्, जसले पावलको प्रचार कार्यको घोर विरोध गर्नुका साथै तिनलाई मन्दिर अपवित्र पारेको आरोप लगाउँछन्। तिनलाई बचाउने मानिसहरू रोमीहरू हुन्। उनीहरू सेनाप्रमुख क्लौडियस लायसिअसको दल थियो। तिनीहरू पावल एक अपराधी हुन् भन्ने भ्रममा परेर तिनलाई गिरफ्तार गर्छन्।
गिरफ्तार भएपछि सुरु भएको मुद्दाको बारेमा प्रेरितको पछिल्ला सातवटा अध्यायहरूमा उल्लेख गरिएको पाइन्छ। यी अध्यायहरूमा पावलको कानुनी पृष्ठभूमि, तिनीमाथि लगाइएको आरोप, तिनले गरेको प्रतिरोध र रोमीहरूले सजाय दिंदा अपनाउने कार्यविधि वा तरिकाहरूबारे थप स्पष्टिकरण दिइएका छन्।
क्लौडियस लायसिअसको हिरासतमा
क्लौडियस लायसिअसले गर्नुपर्ने कामहरूमध्ये यरूशलेममा सुव्यवस्था कायम राख्नु पनि समावेश थियो। तिनको हाकिम अर्थात् यहूदियाका रोमी बडाहाकिम सिजरियामा बस्थे। लायसिअसले पावलप्रति गरेको व्यवहारको दुई अर्थ लगाउन सकिन्छ। एउटा, कसैलाई हिंसाको सिकार हुनुबाट बचाउनु हो भने अर्को शान्ति भंग गर्नेलाई थुनामा राख्नु। यहूदीहरूको विरोधले गर्दा लायसिअसले आफ्नो कैदीलाई आन्टोनियाको सैनिक किल्लामा लगे।—प्रेरित २१:२७-२२:२४.
लायसिअसले पावलको दोष पत्ता लगाउनु परेको थियो। भीडको गन्जागोलले गर्दा लायसिअसलाई यसबारे प्रेरित २२:२४) अपराधी, दास र अन्य निम्न श्रेणीका मानिसहरूबाट तथ्य कुरा ओकल्नको लागि अपनाइने यो एउटा सामान्य प्रक्रिया थियो। कोर्रा (फ्लाग्रुम) लगाउँदा मानिसहरूले सत्य कुरा ओकल्थे तर यो डरलाग्दो साधन थियो। यस्ता कोर्राहरूमा धातुका गेडाहरू झुन्डाइएका हुन्थे। अरू कतिचाहिं छालाको डोरीमा तिखो हड्डी तथा धातुका टुक्राहरू बेह्रेर बनाइएका हुन्थे। त्यसले हिर्काउँदा मासु छिया-छिया हुन्थ्यो भने त्यसले पार्ने घाउ साह्रै पीडादायी हुन्थ्यो।
केही पनि थाह थिएन। त्यसैकारण तिनले त्यहाँ केही हल्लाखल्ला नगरी ‘तिनीहरू कुन कारणले पावलको विरुद्ध कराइरहेका थिए भन्ने कुरा थाह लगाउन तिनलाई किल्लाभित्र ल्याएर कोर्राबाजी गरी केरकार गर्ने’ आदेश दिए। (यसरी कोर्रा लगाउने आदेश सुनाएपछि पावलले आफू रोमी नागरिक भएको कुरा बताए। दोषी ठहर नभएको रोमीलाई कोर्रा लगाउन पाइँदैनथ्यो। त्यसकारण, पावलले आफ्नो अधिकारबारे पुष्टि दिंदा त्यसको तुरुन्तै सुनुवाइ भयो। रोमी नागरिकलाई दुर्व्यवहार गर्दा वा सजाय दिंदा रोमी अफिसरले आफ्नो ओहोदासमेत गुमाउनु पर्थ्यो। त्यसैकारण, त्यसउप्रान्त पावलप्रति बेग्लै व्यवहार गरियो र तिनलाई आगन्तुकहरूसित भेट्ने अनुमति समेत दिइयो।—प्रेरित २२:२५-२९; २३:१६, १७.
आरोपबारे त्यति यकिन नभएको कारण मानिसहरू आक्रोशित हुनुको कारण पत्ता लगाउन लायसिअसले पावललाई महासभाको सामु हाजिर गराए। तर पावलले पुनरुत्थानबारे आफ्नो मुद्दा चलेको हो भनेपछि विवाद झनै चर्कियो। विवाद यतिबिघ्न चर्कियो कि पावल चोक्टालाम्टा पारिएला भन्ने डरले गर्दा लायसिअसले फेरि एकपल्ट आक्रोशित यहूदीहरूको बीचबाट तिनलाई बाहिर निकाल्न बाध्य भए।—प्रेरित २२:३०-२३:१०.
लायसिअस कुनै पनि रोमी नागरिकको मृत्युको जिम्मेवार हुन चाहँदैनथे। आफ्नो कैदीलाई मार्ने योजना बनेको छ भन्ने कुरा थाह पाउने बित्तिकै तिनले हतारपतार आफ्नो कैदीलाई सिजरिया पठाइहाले। कैदीलाई उच्च न्यायिक अधिकारीहरूकहाँ पठाइँदा कानुनी प्रावधानअनुसार तिनको मुद्दाबारे प्रतिवेदन पनि पठाउनुपर्थ्यो। उक्त प्रतिवेदनमा प्रारम्भिक केरकारका परिणाम, कारबाही गरिनुका कारण, घटनाबारे अनुसन्धाताको विचार समावेश हुन्थ्यो। पावललाई ‘यहूदीहरूको व्यवस्थाको सवालमा दोष लगाइएको र ज्यान सजाय अथवा कैद गर्नुपर्ने खालको विषयमा नभएको’ कुरा लायसिअसले रिपोर्ट गर्नुका साथै तिनले पावलका उजुरवालाहरूलाई पनि बडाहाकिम, फेलिक्सको सामु आफ्नो उजुरी गर्नु भन्ने आदेश दिए।—प्रेरित २३:२९, ३०.
बडाहाकिम फेलिक्स सजाय सुनाउँदैनन्
प्रान्तीय न्याय प्रशासन फेलिक्सको शक्ति र प्रभुत्वअनुसार चल्थ्यो। आफूले चाहेको खण्डमा तिनले त्यस बेलाको प्रचलित चलन वा समाजका प्रतिष्ठित व्यक्तिहरू तथा सरकारी अधिकारीहरूलाई लागू हुने अपराधसम्बन्धी ऐनले तोकेअनुसार फैसला गर्नसक्थे। उक्त ऐनलाई अध्यादेश वा सरकारी सूचीपत्र भनिन्थ्यो। तिनले अतिरिक्त अध्यादेश पनि जारी गर्नसक्थे र यसलाई जुनसुकै अपराधको फैसला गर्न पनि प्रयोग गर्न सकिन्थ्यो। प्रान्तीय शासकले ‘रोममा के गरिन्थ्यो, त्यसमा होइन तर आफ्नो प्रान्तमा के गर्नुपर्छ, त्यसमा ध्यान दिनुपर्थ्यो।’ त्यसकारण, धेरै कुरा तिनको निर्णयमा भर पर्थ्यो।
रोमी कानुनबारे सबै कुरा थाह नभए तापनि पावलको मुद्दालाई भने “प्रान्तीय दण्ड प्रणाली अर्थात् अतिरिक्त आध्यादेश-को उदाहरणीय अभिलेखको” रूपमा लिइएको छ। सल्लाहकारको सहयोगद्वारा बडाहाकिमले प्रत्येक व्यक्तिको उजुरी सुन्थे। वादीले लगाएको आरोपको प्रत्युत्तर दिन प्रतिवादीलाई बोलाइन्थ्यो, प्रतिवादीले आफ्नो सफाइ दिनसक्थे तर प्रमाण प्रस्तुत गर्ने कामचाहिं वादीकै हुन्थ्यो। न्यायाधीशले आफूलाई उचित लागेको कुनै पनि सजाय तोक्न सक्थ्यो। उसले तुरुन्तै फैसला गर्न वा अनिश्चित कालको लागि स्थगित गर्न पनि सक्थ्यो र यस्तो परिस्थितिमा प्रतिवादीलाई हिरासतमा राखिन्थ्यो। शास्त्रविद् हेनरी क्याडबरी यसो भन्छन्, “यसरी अनियन्त्रित शक्तिको प्रयोग गर्दा बडाहाकिमले कैदीलाई छोड्न, दोषी ठहराउन वा मुद्दालाई लम्ब्याउन ‘अख्तियारको दुरुपयोग गर्नुका साथै’ घूस लिन पनि सक्थे भन्ने कुरामा कुनै सन्देह छैन।”
प्रधान पूजाहारी हननिया, यहूदी बूढा-प्रधानहरू र तर्तुल्लसले पावललाई ‘सारा संसारका यहूदीहरूका बीचमा राजद्रोह गराइहिंड्ने खतरनाक तत्त्व’ भनेर फेलिक्ससामु आरोप लगाए। तिनीहरूले पावल “नासरी मतका” नाइके हुन् र तिनले मन्दिरलाई अपवित्र पार्ने कोसिस गरे भनी दाबी गरे।—प्रेरित २४:१-६.
सुरुमा पावललाई आक्रमण गर्ने मानिसहरूले, तिनले त्रोफिमस नाउँ गरेको अन्य जातिलाई यहूदीहरूबाहेक अरूलाई a (प्रेरित २१:२८, २९) वास्तवमा भन्ने हो भने, निषेध गरिएको चोकभित्र छिर्ने व्यक्ति स्वयम् त्रोफिमस थिए। तर पावलले त्यस मानिसलाई सघाएका नै हुन् भन्ने अर्थ यहूदीहरूले लगाएको खण्डमा यसलाई पनि एउटा मृत्युदण्ड पाउन योग्य अपराध मानिनसक्थ्यो। अनि यस्तो अपराध मृत्युदण्डको योग्य हुन्छ भन्ने कुरा रोमीहरूले पनि बुझेका थिएजस्तो देखिन्छ। त्यसैकारण, पावललाई लायसिअसले नभई मन्दिरका यहूदी प्रहरीहरूले समातेका भए महासभाले तिनीमाथि मुद्दा दायर गरेर तिनलाई मृत्युदण्डको सजाय दिन कुनै गाह्रो हुने थिएन।
प्रवेश निषेध गरेको मन्दिरको चोकमा लगे भन्ठानेका थिए।पावलको शिक्षा यहूदी धर्म वा वैध धर्म (रिलिजियो लिकीटा) होइन भनी यहूदीहरूले तर्क गरे। यसलाई गैरकानुनी, विनाशकारी शिक्षाको रूपमा लिनुपर्छ।
तिनीहरूले पावल “सारा संसारका यहूदीहरूका बीचमा राजद्रोह गराइहिंड्ने” व्यक्ति हुन् भनी दाबी गरे। (प्रेरित २४:५) शासक क्लौडियसले भर्खरै एलेक्जान्ड्रियाका यहूदीहरूलाई “विश्व भाँड्दै हिड्ने” भनी निन्दा गरेका थिए। त्यसकारण, यी दुवै दोषहरू एकदमै मिल्दाजुल्दा छन्। इतिहासकार ए. एन. सरविन ह्वाइट यसो भन्छन्, “क्लौडियसको शासनकाल वा नेरोको शासनको प्रारम्भतिर यहूदीहरू विरुद्ध यस्तै दोष लगाइन्थ्यो। पावलको प्रचार कार्यले त्यस साम्राज्यका यहूदीहरूमाझ अशान्ति मच्चाउने हुनाले त्यो कार्य राजद्रोह गर्नु बराबर हो भन्दै यहूदीहरूले बडाहाकिमलाई मनाउन खोजिरहेका थिए। बडाहाकिमहरू केवल धार्मिक आरोपमा मात्र दोषी ठहराउन चाहँदैनन् भन्ने कुरा थाह भएको कारण तिनीहरूले धार्मिक आरोपलाई राजनीतितर्फ मोड्ने प्रयास गरे।”
पावलले एक-एक गर्दै आफ्नो प्रतिवाद गरे। ‘मैले आशान्ति मच्चाएको छैनँ। हो, म तिनीहरूले भनेको एउटा “पन्थ[मा]” संलग्न छु तर यो यहूदी नीति विपरीत होइन। एसियाका केही यहूदीहरूले हूलदंगा मच्चाए। मेरो विरुद्धमा केही भन्ने कुरा भएदेखि तिनीहरूले मलाई दोष लाउनुपर्ने हो।’ यसरी आफूमाथि आरोप लगाइनुको कारण यहूदीहरूबीच भएको धार्मिक विवाद हो भनेर पावलले प्रस्ट पारे र यस विषयमा रोमीहरूले केही गर्न सक्दैन थिए। पहिल्यै मुर्मुरिसकेका यहूदीहरूलाई उत्तेजित हुन नदिन निकै सतर्क हुँदै फेलिक्सले फैसलालाई अलि पछि सारे। पावललाई न त सबै प्रमाणहरू भएको दाबी गर्ने यहूदीहरूको हातमा सुम्पियो न रोमीहरूको कानुनको आधारमा न्याय सुनाइयो, तिनलाई छुटकारा पनि दिइएन। फेलिक्सलाई फैसला सुनाउन दबाउ दिन सकिंदैनथ्यो भने यहूदीहरूबाट प्रशंसा पाउन साथै पावलबाट घूस पाउने आशाले गर्दा तिनले फैसला गर्न ढिलाइ गरेका थिए।—प्रेरित २४:१०-१९, २६. b
पोर्सिअस फेस्तसको समयमा आइपरेको निर्णायक घडी
दुई वर्षपछि अर्थात् नयाँ बडाहाकिम पोर्सिअस फेस्तस यरूशलेम आएको बेला पावललाई यहूदीहरूको न्यायालयमा झिकाइदिन आग्रह गर्दै यहूदीहरूले पावल विरुद्धका अभियोगहरू पुनः दर्ता गराए। तर फेस्तसले यस्तो ढिपी कसे: “अभियोगी र अभियोग लाउनेहरू सम्मुख नभईकन र अभियोगीलाई उजुरको प्रतिवाद गर्ने मौका नदिईकन कुनै मानिसलाई त्यसै दण्डाज्ञा दिने रोमीहरूको दस्तुर छैन।” इतिहासकार ह्यारी डब्लु. टेस्रा यस्तो टिप्पणी गर्छन्: “रोमी नागरिक विरुद्ध कारवाही गर्न कानुनलाई बंग्याइएको रहेछ भनेर फेस्तसले बुझिहाले।” त्यसैले यहूदीहरूलाई तिनीहरूको मुद्दा सिजरियामा दर्ता गर्न अह्राइयो।—प्रेरित २५:१-६, १६.
त्यहाँ यहूदीहरूले पावल “अब उप्रान्त बाँच्न नपाओस्” भनी किटेरै भने तापनि तिनीहरूले कुनै प्रमाण प्रस्तुत गरेनन् र पावलले मृत्युदण्ड योग्य त्यस्ता कुनै पनि काम गरेका रहेनछन् भनेर फेस्तसले बुझे। तिनीहरूबीच ‘तिनीहरूकै धर्म विषयको, र मरिसकेको येशूको विषयमा, जसलाई पावलले अझै जिउँदैछ भनी जिद्दी गर्दथियो, त्यस विषयको विवाद मात्र रहेछ’ भनी फेस्तसले अर्का अधिकारीलाई बताए।—प्रेरित २५:७, १८, १९, २४, २५.
पावल कुनै पनि राजनैतिक मुद्दामा मुछिएका थिएनन् तर धार्मिक विवादमा परेको कारण यहूदीहरूले आफ्नो अदालतमा यसको पुर्पक्ष हुनुपर्छ भनी जिद्दी गरे। के यी विषयहरूमा न्याय पाउन पावल यरूशलेम जाने थिए? पावल त्यहाँ जान चाहन्छन् कि भनेर फेस्तसले सोधे तर प्रेरित २५:१०, ११, २०.
वास्तवमा यो प्रस्ताव राख्नु उपयुक्त थिएन। तिनलाई दोष लगाउनेहरू नै न्यायाधीशहरू हुने यरूशलेममा जानु भनेको पावललाई यहूदीहरूको हातमा सुम्पनु बराबर हुने थियो। पावलले भने, “म सिजरको न्याय-आसनको सामने खड़ा भइरहेछु, जहाँ मेरो इन्साफ हुनुपर्छ। यहूदीहरूलाई मैले कुनै खराबी गरेको छैनँ . . . मलाई तिनीहरूका हातमा कसैले सुम्पनसक्तैन। म सिजरकहाँ अपील गर्दछु।”—कुनै पनि रोमी नागरिकका यस्ता शब्दहरूले सम्पूर्ण प्रान्तीय कानुनलाई नै स्थगित गरिदिन्थ्यो। तिनको अपील गर्ने अधिकार (प्रोभोकेट्यो) “आधिकारिक हुनुका साथै ठोस र प्रभावशाली” थियो। त्यसैले, आफ्ना सल्लाहकारहरूसित कानुनी परामर्श लिइसकेपछि फेस्तसले यस्तो घोषणा गरे: “तैंले सिजरकहाँ अपील गरिस्, तँ सिजरकहाँनै जालास्।”—प्रेरित २५:१२.
पावललाई आफूबाट पन्छाउन पाएकोमा फेस्तस खुसी थिए। तर यस मुद्दाले आफूलाई अलमल्लमा पारेको कुरा तिनले केही दिनपछि हेरोद अग्रिपा द्वितीयसामु स्वीकारे। त्यसपछि फेस्तसले सम्राट समक्ष उक्त मुद्दाको विवरण लेख्नुपर्थ्यो तर त्यसमा सामेल भएका अभियोगहरू यहूदी व्यवस्थासित सम्बन्धित जटिल प्रकारका थिए। तथापि, अग्रिपा यस्ता विषयहरूमा सिपालु भएको कारण तिनले यस मुद्दामा चासो देखाउँदा फेस्तसले तिनलाई चिठीको खेस्रो तयार पार्न पनि आग्रह गरे। त्यसपछि पावलले अग्रिपासामु दिएको बयानलाई बुझ्न नसकेर फेस्तस यसो भन्दै कराए: “ए पावल, तँ बौलाहा होस्, तेरो धेरै विद्याले तँलाई बौलाहा तुल्याएको छ।” तर अग्रिपाले भने कुरा राम्ररी बुझे। तिनले भने, “थोरै कुराले मलाई ख्रीष्टियान तुल्याउने मन गर्दछस्?” पावलले दिएको बयानबारे तिनीहरूले जेसुकै अर्थ लगाए तापनि फेस्तस र अग्रिपाले तिनी निर्दोष छन् र सिजरकहाँ अपील नगरेको भए तिनलाई छोडिदिनु हुन्थ्यो भन्ने कुरामा सहमत भए।—प्रेरित २५:१३-२७; २६:२४-३२.
न्यायिक यात्राको अन्त
रोम पुगेपछि पावलले त्यहाँका मुख्य-मुख्य यहूदी मानिसहरूलाई प्रचार गर्न मात्र नभई तिनीहरूले आफ्नो बारेमा के-के कुरा थाह पाएका रहेछन् भन्ने कुरा पत्ता लगाउन तिनीहरूलाई बोलाइ पठाए। यसले आफ्ना वादीहरूको केही आशय प्रकट गरेको हुनुपर्छ। कुनै पनि मुद्दामा यरूशलेमका अधिकारीहरूले रोमी यहूदीहरूको मदत माग्नु असामान्य कुरा थिएन तर तिनीहरूलाई पावलबारे कुनै निर्देशन प्राप्त नभएको कुरा तिनले थाह पाए। पुर्पक्षको लागि पर्खुञ्जेल पावललाई घर भाडामा लिएर बस्न र कुनै रोकटोकविना प्रचार गर्ने अनुमति दिइयो। त्यस्तो छुट पाउनुको अर्थ रोमीहरूको दृष्टिकोणमा पावल निर्दोष मानिस थिए।—प्रेरित २८:१७-३१.
पावल त्यसपछि पनि थप दुई वर्षसम्म हिरासतमा रहे। किन? यसबारे बाइबलले कुनै जानकारी दिंदैन। तिनको अपीलको सुनुवाइ हुन वादीहरू पनि त्यहाँ उपस्थित हुनु आवश्यक थियो तर यरूशलेमका यहूदीहरूले आफ्नो मुद्दाको कमजोरी थाह पाएर त्यहाँ आउँदै नआएका हुनसक्छन्। सकेसम्म लामो समयसम्म पावलको मुख बन्द राख्ने प्रभावकारी तरिका नै त्यहाँ उपस्थित नहुनु हुनसक्छ। कारण जेसुकै होस्, पावल दुई वर्षसम्म हिरासतमै रहे र तिनी नेरोसामु खडा भएर निर्दोष साबित भएजस्तो देखिन्छ अनि अन्ततः गिरफ्तार भएको झन्डै पाँच वर्षपछि मुक्त भएर आफ्नो मिसनरी कार्यलाई कायमै राखे।—प्रेरित २७:२४.
मसीही प्रचार कार्यलाई रोक्न सत्यका विरोधीहरूले पहिलादेखि नै ‘कानुनको सहारा लिएर षड्यन्त्र रच्दै’ आएका छन्। यस्तो हुनु कुनै अचम्मलाग्दो कुरा होइन। यस सम्बन्धमा येशूले यसो भन्नुभयो: “तिनीहरूले मलाई सताए भने, तिमीहरूलाई पनि सताउनेछन्।” (भजन ९४:२०; यूहन्ना १५:२०) तथापि, संसारभरि सुसमाचार सुनाउने स्वतन्त्रता पाउनेछौं भनेर पनि येशू हामीलाई आश्वासन दिनुहुन्छ। (मत्ती २४:१४) तसर्थ, प्रेरित पावलले सतावट र विरोधको प्रतिरोध गरेझैं यहोवाका वर्तमान साक्षीहरूले पनि ‘सुसमाचारको रक्षा गर्नुका साथै यसलाई कानुनी रूपमा स्थापित गर्छन्।’—फिलिप्पी १:७.
[फुटनोटहरू]
a सुन्दर बुट्टाहरूले कुँदिएका तीन हात अग्ला ढुंगाका पर्खालले अन्यजातिहरूको चोकलाई भित्री चोकबाट छुट्याउँथ्यो। यस पर्खालको बीच-बीचको भागमा केही युनानी र केही ल्याटिन भाषामा लेखिएका पेटीहरू हुन्थे: “कोही पनि विदेशीलाई तगारो वा बार नाघेर पवित्रस्थलभित्र प्रेवश गर्न नदिनू। यदि कसैले यस्तो दुस्साहस गरेको खण्डमा आफ्नो मृत्युको दोषी तिनी आफै हुनेछन्।”
b यसो गर्नु पक्कै पनि गैरकानुनी थियो। एउटा पुस्तक यसो भन्छ: “लेक्स रेपिटुनडारूम अर्थात् जनताबाट जबरजस्ती सम्पत्ति हडप्ने सन्दर्भमा कानुनअनुसार कुनै पनि अख्तियार प्राप्त व्यक्ति वा कुनै अधिकारीले मानिसलाई थुन्न वा छुटाउन, न्याय दिन वा नदिन वा कैदीलाई छुटाउन घूस लिनुहुँदैनथ्यो।”