सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के तपाईं वास्तविक परमेश्‍वरमाथि भरोसा राख्नुहुन्छ?

के तपाईं वास्तविक परमेश्‍वरमाथि भरोसा राख्नुहुन्छ?

के तपाईं वास्तविक परमेश्‍वरमाथि भरोसा राख्नुहुन्छ?

सन्‌ १९०६ मा अमेरिकन म्युजियम अफ नेचुरल हिस्ट्रीले खटाएको एक अन्वेषण टोली आर्कटिक भूमिको अध्ययनको लागि त्यतातिर लागे तर त्यो अन्वेषण टोली त्यतातिर लाग्नुभन्दा सात वर्षअघि नै अन्वेषक रोबर्ट इ. पेरीले उक्‍त भूमि देखिसकेका थिए भनेर उल्लेख गरेको थियो।

उत्तर अमेरिकाको सुदूरपश्‍चिममा अवस्थित केप कोलगेटबाट पेरीले धेरै टाढा सेता टाकुराहरूजस्तो भूमि देखेका थिए। आफूलाई आर्थिक सहायता दिने एक जना व्यक्‍तिको नाउँबाट उनले त्यस भूमिको नाउँ क्रकर ल्याण्ड राखे। त्यस अन्वेषण टोलीका सदस्यहरूले आफ्नो अगाडि डाँडाकाँडा, उपत्यका अनि हिम चुचुराहरूको झलक देख्दा तिनीहरू कत्ति रोमाञ्चित भए होलान्‌! तर आफूले देखेका ती दृश्‍यहरू केवल आर्कटिकका मृगतृष्णा रहेछन्‌ भनी तिनीहरूले थाह पाए। यस वायुमण्डलीय दृष्टि भ्रमले पेरीलाई झुक्याएको थियो र तिनीहरूले अवास्तविक चीजको खोजी गर्न समय, शक्‍ति र स्रोतसाधन खर्च गरेको महसुस गरे।

आज थुप्रै मानिसहरूले आफूले विश्‍वास गर्ने परमेश्‍वर वास्तविक हुनुहुन्छ भन्ठानेर त्यसप्रति आस्था राख्नुका साथै समय खर्च गर्छन्‌। येशूका चेलाहरूको समयमा हर्मेस र ज्यूसजस्ता देवहरूको उपासना गरिन्थ्यो। (प्रेरित १४:११, १२) आज, संसारमा शिन्टो, हिन्दू तथा अन्य धेरै धर्मका देवीदेवताहरूको उपासना गर्नेहरूको संख्या करोडौं छ। हुन पनि, बाइबलले यसो भन्छ, “देवता कहलिएकाहरू ता छन्‌।” (१ कोरिन्थी ८:५, ६) तर के यी सबै देवताहरू वास्तविक हुन सक्छन्‌ त?

“बचाउन नसक्ने” देवहरू

उदाहरणका लागि, उपासनामा प्रयोग गरिने मूर्ति वा प्रतिकहरूलाई विचार गर्नुहोस्‌। ती मूर्तिहरूमा आस्था राख्ने वा प्रार्थना गर्नेहरूका लागि ती मूर्तिहरू असाधारण शक्‍ति भएका उद्धारकहरू हुन्‌, जसले तिनीहरूलाई इनाम दिनुका साथै खतराबाट बचाउन सक्छन्‌। तर के तिनीहरूले साँच्चै बचाउन सक्छन्‌ त? त्यस्ता मूर्तिहरूबारे भजनरचयिताले यस्तो भजन गाए: “अन्यजातिका मूर्तिहरू ता सुन र चाँदी हुन्‌, ती ता मानिसका हातका काम हुन्‌। तिनीहरूका मुख छन्‌, तर बोल्दैनन्‌। आँखा छन्‌, तर देख्तैनन्‌। कान छन्‌, तर सुन्दैनन्‌। तिनीहरूका मुखमा केही सास हुँदैन।” वास्तवमा, तिनीहरू “बचाउन नसक्ने” देवहरू हुन्‌।—भजन १३५:१५-१७; यशैया ४५:२०.

हुन त हो, ती मूर्तिकारहरूले आफूले बनाएका मूर्तिहरूले नै आफूलाई जीवन र शक्‍ति दिन्छ भन्ठान्छन्‌। अनि मूर्तिका उपासकहरूले त्यसैमाथि आफ्नो भरोसा राख्छन्‌। अगमवक्‍ता यशैयाले यसो भने, “तिनीहरू [मूर्ति]लाई काँधमा हालेर बोकेर लैजान्छन्‌।” तिनले अझै यसो भने: “त्यसको स्थानबाट त्यो चलहल गर्दैन। कसैले त्यसको सामने दुहाई दिए तापनि त्यसले जवाफ दिनसक्‍तैन, नता त्यसलाई त्यसको दुःखदेखि बचाउनसक्छ।” (यशैया ४६:७) मूर्तिमाथि भरोसा गर्ने व्यक्‍तिको आस्था जत्ति नै गहिरो भए तापनि सत्य कुरा के हो भने, मूर्ति निर्जिव हुन्छ। ती कुँदिएका चित्र र ढालिएर बनाइएका मूर्तिहरू “मूल्यहीन देवहरू” हुन्‌।—हबकूक २:१८, NW.

आज मनोरञ्जनजगत्‌, खेलकुदजगत्‌, राजनैतिक व्यवस्था अनि धार्मिक क्षेत्रका लोकप्रिय व्यक्‍ति तथा नेताहरूको उपासना, पूजा र भक्‍ति गर्नु सामान्य कुरा भइसकेका छन्‌। यसबाहेक, धेरैजसो मानिसहरूको लागि पैसा नै भगवान्‌ भएको छ। तर जे होस्‌, यी मूर्तिहरू जुन उद्देश्‍यका लागि बनाइएका हुन्छन्‌, वास्तवमा ती पूरा गर्ने सामर्थ्य यिनीहरूमा हुँदैनन्‌। त्यसमा विश्‍वास तथा आस्था राख्ने मानिसहरूका आशाहरूलाई यी मूर्तिहरूले कदापि पूरा गर्दैनन्‌ अनि गर्न पनि सक्दैनन्‌। उदाहरणका लागि, धेरैजसो समस्याहरूको समाधान पैसा हो जस्तो देखिन्छ तर ती सब भ्रम हुन्‌। (मर्कूस ४:१९) एक जना अनुसन्धाताले यस्तो प्रश्‍न गरे: “थुप्रै मानिसहरूले आफूले औधी लालसा गरेको र सबै कुराको निवारण ठानेको कुरा प्राप्त गरिसकेपछि झनै निराश अनि पीडा महसुस गर्नुको कारण के हो?” हो, धनको पछि लाग्ने कुनै पनि व्यक्‍तिले सुस्वास्थ्य, सन्तोषजनक पारिवारिक जीवन, घनिष्ठ मित्रता वा सृष्टिकर्तासितको अनमोल सम्बन्धजस्ता वास्तविक मूल्य भएका कुराहरू त्याग्नुपर्ने हुन सक्छ। उसले जुन पैसा र धनलाई आफ्नो देव मानिरहेको हुन्छ, अन्ततः त्यो नै “व्यर्थका मूर्तिहरू” साबित हुन्छन्‌।—योना २:८.

“केही जवाफ आएन”

अवास्तविकलाई वास्तविक भन्‍नु मूर्खता हो। अगमवक्‍ता एलिसाको समयमा बालका उपासकहरूले नमिठो अनुभवद्वारा यो पाठ सिके। बालले स्वर्गबाट आगो बर्साइ तिनीहरूले चढाएको पशु बलिलाई ग्रहण गर्नेछ भन्‍ने कुरामा तिनीहरू विश्‍वस्त थिए। वास्तवमा, तिनीहरूले “बालको नाउँ लिएर बिहानदेखि मध्येनि दिनसम्म यसो भनेर पुकारे, ‘हे बाल, हे बाल, हाम्रो बिन्ती सुन्‍नुहोस्‌।’ ” के बालको सुन्‍न सक्ने कान र बोल्न सक्ने मुख थियो? बाँकी विवरण भन्छ: “त्यहाँ केही आवाज र केही जवाफ आएन।” साँच्चै भन्‍ने हो भने, त्यहाँ न त कुनै “ध्यानै दिइयो।” (१ राजा १८:२६, २९) बाल वास्तविक, जीवित वा सक्रिय थिएन।

वास्तविक परमेश्‍वरलाई चिन्‍नु र उहाँको उपासना गर्नु कत्ति महत्त्वपूर्ण कुरा हो! तर उहाँ को हुनुहुन्छ? उहाँमा विश्‍वास गरेको खण्डमा त्यसले हामीलाई कसरी फाइदा पुऱ्‍याउन सक्छ।

[पृष्ठ ३-मा भएका चित्रहरू]

पेरीका मित्र इगिन्याले क्षितिजमा जमिन छ कि छैन भनी नियाले

रोबर्ट इ. पेरी

[स्रोत]

Egingwah: From the book The North Pole: Its Discovery in 1909 Under the Auspices of the Peary Arctic Club, 1910; Robert E. Peary: NOAA

[पृष्ठ ४-मा भएका चित्रहरू]

यस संसारमा आफ्नो देव ठान्‍ने थुप्रै कुराहरूबाट मानिसहरू ठगिएका छन्‌