सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

एउटा सिंगो संसारको विनाश!

एउटा सिंगो संसारको विनाश!

एउटा सिंगो संसारको विनाश!

आफू वरपरको संसारलाई हेर्नुहोस्‌, जहाँ शहरहरू छन्‌, त्यसको संस्कृति छ, त्यहाँ वैज्ञानिक उपलब्धिहरू भएका छन्‌ र अरबौं मानिसहरू बसोबास गर्छन्‌। यसको जग ढलपल होला जस्तो देखिंदैन, देखिन्छ र? कुनै दिन यस संसारको नामोनिसान रहनेछैन जस्तो के तपाईंलाई लाग्छ? त्यस्तो होला भनेर परिकल्पना गर्नसमेत गाह्रो छ। तथापि, एउटा भरपर्दो स्रोतले बताएअनुसार पहिला पनि एउटा संसारको पूरै विनाश भएको थियो भनेर के तपाईंलाई थाह थियो?

हामी आदीवासीहरूबारे कुरा गरिरहेका छैनौं। नाश भएको त्यो संसार सभ्य समाज थियो, त्यहाँ शहरहरू थिए र कला तथा विज्ञानको क्षेत्रमा थुप्रै उपलब्धिहरू भएका थिए। यद्यपि, कुलपिता अब्राहामको जन्म हुनुभन्दा ३५२ वर्षअघि दोस्रो महिनाको १७ औं दिनमा अकस्मात्‌ सुरु भएको जलप्रलयले पूरै संसारलाई स्वात्तै बगायो भनी बाइबल विवरणले बताउँछ। a

के त्यो विवरण सही हो? के त्यस्तो घटना साँच्चै घटेको थियो? के त्यतिबेला फस्टाइरहेको पुरातन संसारको साँच्चै विनाश भएकै हो त? त्यसो हो भने, किन विनाश भयो? समस्या के थियो? अनि त्यस विनाशबाट हामीले सिक्न सक्ने के कुनै पाठ छ?

के एउटा पुरातन संसार साँच्चै विनाश भएको थियो?

त्यस्तो असाधारण विपत्ति साँच्चै भएकै थियो भने, त्यसलाई चटक्कै बिर्सने त कुरै आउँदैन। त्यसैकारण त थुप्रै देशहरूमा त्यो विनाश स्मरण गराउने कथाहरू छन्‌। उदाहरणका लागि, धर्मशास्त्रमा तोकेरै बताइएको मितिलाई विचार गर्नुहोस्‌। पुरातन क्यालेन्डरको दोस्रो महिना अहिले अंग्रेजी क्यालेन्डरको अक्टोबर महिनाको बीचदेखि नोभेम्बर महिनाको बीचसम्म पर्छ। त्यसैले १७ औं दिन भनेको लगभग नोभेम्बर महिनाको सुरुतिर पर्छ। अतः थुप्रै ठाउँहरूमा वर्षको यस समयमा मृतकहरूको निम्ति चाड मनाउनु कुनै संयोगको कुरा होइन।

जलप्रलयको थप प्रमाण मानिसहरूका प्रचलनहरूमा देखिन्छ। प्रायः सबैजसो पुराना सभ्यताहरूमा विश्‍वव्यापी जलप्रलयबाट बचेको पौराणिक कथाहरू पाइन्छ। अफ्रिकाको पिग्मी, युरोपको सेल्ट्‌स, दक्षिण अमेरिकाको इन्कालगायत अलास्का, अस्ट्रेलिया, चीन, भारत, लिथुआनिया, मेक्सिको, माइक्रोनेसिया, न्युजील्याण्ड र उत्तर अमेरिकामा त्यस्ता पौराणिक कथाहरू पाइन्छन्‌ र यी त केही उदाहरण मात्र हुन्‌।

निस्सन्देह, समय बित्दै जाँदा कथाहरूमा थपथाप गरिए तर ती सबैमा केही विवरणहरू भने समान छन्‌: मानिसजातिको दुष्टता देखेर परमेश्‍वर रिसाउनुभयो। उहाँले ठूलो जलप्रलय ल्याउनुभयो। पूरै मानिसजातिको विनाश भयो। तथापि, केही धर्मी मानिसहरू भने बचे। तिनीहरूले एउटा जहाज बनाए र त्यसमा बसेका मानिस तथा जनावरहरू बचे। केही समयपछि चराहरूलाई सुक्खा भूमि खोज्न पठाइयो। अन्ततः जहाज पहाडमा अडियो। जहाजबाट बाहिर निस्केपछि बचेका मानिसहरूले बलि चढाए।

यसबाट के प्रमाणित हुन्छ? यी समानताहरू संयोग मात्र हुन सक्दैन। यी प्रमाणहरूले सारा मानिसजाति जलप्रलयबाट बचेका मानिसहरूका सन्तान हुन्‌ भन्‍ने बाइबलको पुरातन विवरणलाई पुष्टि गर्छ। यसर्थ, के भएको थियो भनी थाह पाउन हामीले पौराणिक कथा वा मिथ्याहरूमा भर पर्नु आवश्‍यक छैन। हामीसँग बाइबलको हिब्रू धर्मशास्त्रमा साँचेर राखिएको विवरण छ।—उत्पत्ति, अध्याय ६-८.

जीवनको सुरुआतदेखि भएका कुराहरूको प्रेरित विवरण बाइबलमा लिपिबद्ध गरिएको छ। तथापि, यो इतिहास मात्र होइन भन्‍ने कुरा प्रमाणहरूले पुष्टि गर्छ। यसको सही भविष्यवाणी र गहन बुद्धिबाट यो मानिसजातिसँग परमेश्‍वरको कुरा गर्ने माध्यम हो भनी प्रमाणित हुन्छ। मिथ्याहरूजस्तो नभई बाइबलको ऐतिहासिक विवरणमा नाउँ तथा तिथिहरूलगायत वंश र भौगोलिक विवरणहरू पनि छन्‌। यसले जलप्रलयअघि मानिसहरूको दिनचर्या कस्तो थियो र किन अकस्मात्‌ संसारको विनाश भयो भनी बताउँछ।

जलप्रलयअघि संसारमा के समस्या थियो? यस प्रश्‍नको उत्तर यसपछिको लेखले दिनेछ। हाम्रो वर्तमान सभ्यताको भविष्य कत्तिको सुनिश्‍चित छ भनी सोच्ने मानिसहरूको निम्ति उक्‍त प्रश्‍न अत्यन्तै महत्त्वपूर्ण छ।

[फुटनोट]

[पृष्ठ ४-मा भएको चार्ट]

(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्‌)

विश्‍वभरि जलप्रलयका पौराणिक कथाहरू

देश समानताहरू १ २ ३ ४ ५ ६ ७ ८ ९ १०

ग्रीस ७ ◆ ◆ ◆ ◆ ◆ ◆ ◆

रोम ६ ◆ ◆ ◆ ◆ ◆ ◆

लिथुआनिया ६ ◆ ◆ ◆ ◆ ◆ ◆

अश्‍शूर ९ ◆ ◆ ◆ ◆ ◆ ◆ ◆ ◆ ◆

तान्जानिया ७ ◆ ◆ ◆ ◆ ◆ ◆ ◆

भारत - हिन्दू ६ ◆ ◆ ◆ ◆ ◆ ◆

न्युजील्याण्ड - माओरी ५ ◆ ◆ ◆ ◆ ◆

माइक्रोनेसिया ७ ◆ ◆ ◆ ◆ ◆ ◆ ◆

वासिङ्‌टन सं.रा.अ. - याकिमा ७ ◆ ◆ ◆ ◆ ◆ ◆ ◆

मिसिसिपि सं.रा.अ. - चोक्टाउ ७ ◆ ◆ ◆ ◆ ◆ ◆ ◆

मेक्सिको - मिचोआकान ५ ◆ ◆ ◆ ◆ ◆

दक्षिण अमेरिका - क्वेचा ४ ◆ ◆ ◆ ◆

बोलिभिया - चिरिगुआनो ५ ◆ ◆ ◆ ◆ ◆

गायना - अरावाक ६ ◆ ◆ ◆ ◆ ◆ ◆

१: दुष्टता देखेर परमेश्‍वर रिसाउनुभयो

२: जलप्रलयद्वारा विनाश

३: परमेश्‍वरले आज्ञा गर्नुभएको

४: ईश्‍वरीय चेताउनी दिइएको

५: थोरै मानिसहरू मात्र बचे

६: जहाजमा बचाइएको

७: पशुहरू बचाइएको

८: चरा वा अन्य प्राणी बाहिर पठाइएको

९: अन्ततः पहाडमा अडिएको

१०: बलि चढाइएको