सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यस संसारको अन्तबाट तपाईं कसरी बच्न सक्नुहुन्छ?

यस संसारको अन्तबाट तपाईं कसरी बच्न सक्नुहुन्छ?

यस संसारको अन्तबाट तपाईं कसरी बच्न सक्नुहुन्छ?

बाइबलमा यस वर्तमान दुष्ट रीतिरिवाजको अन्त “क्रोधको दिन हो, संकष्ट र दुःखको दिन, बर्बादी र उजाड़को दिन, अँध्यारो र विरक्‍तको दिन, बादल र घोर अन्धकारको दिन” भनी वर्णन गरिएको छ। (सपन्याह १:१५) निश्‍चय पनि तपाईं त्यस्तो दिनको उत्सुकतासाथ प्रतीक्षा गर्नुहुन्‍न! यद्यपि, प्रेरित पत्रुसले आफ्ना सँगी मसीहीहरूलाई यस्तो सल्लाह दिए, “परमेश्‍वरको त्यस दिनको बाटो हेर्दै, उत्सुक्‍तासाथ इच्छा गरेर, जुन कारणबाट आगलागी भएको आकाश पग्लिहाल्नेछ, र तत्त्वहरू चाहिं उखुम गर्मीले गलिहाल्नेछ। तर उहाँको प्रतिज्ञाबमोजिम हामी नयाँ स्वर्ग र नयाँ पृथ्वीको बाटो हेर्छौं, जसमा धार्मिकताले बास गर्छ।”—२ पत्रुस ३:१२, १३.

पत्रुसले यहाँ शाब्दिक स्वर्ग अनि पृथ्वीको विनाशबारे बताइरहेका थिएनन्‌। यहाँ पत्रुसले संकेत गरेका “स्वर्ग” र “पृथ्वी[ले]” प्रतीकात्मक रूपमा वर्तमान भ्रष्ट मानव सरकार तथा अभक्‍त मानव समाजलाई बुझाउँछ। “परमप्रभुको दिन[ले]” पृथ्वीलाई नै नष्ट गर्ने होइन तर “त्यसका पापीहरूलाई त्यहाँबाट सर्वनाश” गर्नेछ। (यशैया १३:९) आजको दुष्ट मानव समाजमा भइरहेका “सबै घिनलाग्दा कामहरू देखेर शोक र विलाप गर्ने[हरूको]” निम्ति यहोवाको दिन मुक्‍तिको दिन हुनेछ।—इजकिएल ९:४.

त्यसोभए, “परमप्रभुको त्यो महा र भयंकर दिन[मा]” कसरी बच्न सकिन्छ? परमेश्‍वरको एक जना अगमवक्‍तालाई प्रकट गरिएको “परमप्रभुको वचन[मा]” त्यसको जवाफ यस प्रकार बताइएको छ: “परमप्रभुको नाउँ लिने जोसुकै पनि बचाइनेछ।” (योएल १:१; २:३१, ३२) परमप्रभुको नाउँ लिनुको अर्थ के हो भनी बुझ्न तपाईंलाई यहोवाका साक्षीहरूले खुसीसाथ मदत गर्नेछन्‌।