सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

‘हाम्रो प्रेम झनै गहिरो भएको छ’

‘हाम्रो प्रेम झनै गहिरो भएको छ’

‘हाम्रो प्रेम झनै गहिरो भएको छ’

शुक्रबार, मार्च ३१, २००० का दिन जापानको होकाइडोमा माउन्ट उसु २३ वर्ष शिथिल रहेपछि विस्फोट भयो। त्यहाँका हजारौं बासिन्दाहरू खतरनाक इलाकाबाट भाग्न बाध्य भए। थुप्रैले आफ्नो घर र जागिर गुमाउनुपऱ्‍यो तर खुसीको कुरा तिनीहरू कसैको पनि ज्यान भने गएन। त्यहाँबाट भाग्नुपरेका मानिसहरूमध्ये ४६ जना यहोवाका साक्षीहरू थिए तर तिनीहरूलाई त्यतिकै अलपत्र छोडिएन।

विस्फोट भएकै दिन त्यस इलाकामा सेवारत मसीही परिभ्रमण निरीक्षकको मदतमा उद्धार कार्यहरूका लागि प्रबन्धहरू मिलाउन थाले। धेरै समय नबित्दै छिमेकी मण्डलीहरूबाट उद्धार सामग्रीहरू प्राप्त हुन थाल्यो। जापान शाखाको निरीक्षणमा उद्धार समिति चाँडै खडा गरियो र उद्धार कोषमा जापानभरिका यहोवाका साक्षीहरूले चन्दाहरू पठाउन थाले। आध्यात्मिक गतिविधिमा टेवा पुऱ्‍याउन यहोवाका साक्षीहरूका पूर्ण-समय सेवकहरूलाई सबैभन्दा प्रभावित इलाकाहरूमा पठाइयो र क्षेत्रीय निरीक्षक भावनात्मक र आध्यात्मिक तवरमा मदत दिन बारम्बार ती इलाकाहरूमा जान्थे।

त्यस कठिन समयमा पनि प्रभावित क्षेत्रका साक्षीहरूले सुरक्षित इलाकामा पर्ने व्यक्‍तिगत घरहरूमा सभाहरू सञ्चालन गरे। राज्यभवन भएको इलाकामा प्रवेश गर्ने अनुमति पाएपछि त्यहाँ जाँदा भाइहरूले राज्यभवन क्षतिग्रस्त अवस्थामा पाए। राज्यभवनबाट नजिकै नयाँ बनेको ज्वालामुखीको मुखबाट अझै बाक्लो धूवाँ निस्किरहेको थियो। साक्षीहरूले सोच्न थाले, ‘यस इलाकामा सभाहरू सञ्चालन गर्नु के बुद्धिमानी हुनेछ? के राज्यभवनको मर्मत गर्न सकिएला?’

नजिकैको सुरक्षित इलाकामा नयाँ राज्यभवन बनाउने निर्णय गरियो। रिजनल बिल्डिङ कमिटिले आवश्‍यक मदत जुटायो। देशभरिका साक्षीहरूले दिएका चन्दाहरू यस निर्माण कार्यको लागि प्रयोग गरियो। छिट्टै जग्गा किनियो र सयौं स्वयम्‌सेवकहरूको मदतले गर्दा छोटो समय अवधिमै एउटा नयाँ राज्यभवनको निर्माण समापन गरियो। आइतबार, जुलाई २३, २००० का दिन भर्खरै निर्माण गरिएको यस राज्यभवनमा पहिलो सभा सञ्चालन गरियो। यस सभामा ७५ जना उपस्थित भएका थिए। थुप्रैले हर्षका आँसु बगाए। सोही वर्षको अक्टोबर महिनामा राज्यभवनको समर्पण गर्दा एउटा स्थानीय मण्डलीको प्राचीन यसो भन्‍न उत्प्रेरित भए: “ज्वालामुखीको विस्फोटको कारण थुप्रै कठिनाइ तथा दुःखकष्टहरू भयो। यद्यपि, यस निर्माण कार्यको कारण हाम्रो डर आनन्दमा परिणत भएको छ। यहोवा र हाम्रा मसीही भाइहरूप्रतिको हाम्रो प्रेम झनै गहिरो भएको छ!”

[पृष्ठ १९-मा भएको चित्रको स्रोत]

Eruption of Mount Usu: AP Photo/Koji Sasahara