सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अशक्‍तताको कुनै सीमा छैन

अशक्‍तताको कुनै सीमा छैन

अशक्‍तताको कुनै सीमा छैन

अफ्रिकी मुलुकमा बस्ने क्रिस्टिनलाई सैनिकहरूले अपहरण गरे र तिनीहरूले उनलाई सेनामा भर्ती हुन जबरजस्ती गरे तर आफ्नो बाइबल प्रशिक्षित अन्तस्करणले गर्दा उनले त्यसो गर्न इन्कार गरे। त्यसपछि सैनिकहरूले उनलाई सैनिक शिविरमा लगेर चार दिनसम्म पिटे। एक जना सैनिकले त उनको खुट्टामा गोलीसमेत हाने। क्रिस्टिन उपचारको लागि अस्पतालसम्म त पुगे तर उनको घुँडाभन्दा तलतिरको भाग काट्‌नु पऱ्‍यो। अर्को एउटा अफ्रिकी देशमा सशस्त्र विद्रोहले गर्दा स-साना बच्चाहरूको समेत अंगभंग भएको छ। कम्बोडियादेखि बाल्कनसम्म, अफगानिस्तानदेखि अंगोलासम्म जमिन मुनि बिछ्याइएका विस्फोटक पदार्थहरूले युवा अनि वृद्ध कसैलाई बाँकी नराखी अपांग बनाउँदैछ।

मानिसलाई अशक्‍त बनाउने अन्य कारणहरू दुर्घटना अनि मधुमेहजस्ता रोगहरू पनि हुन्‌। वातावरणमा भएका विषालु पदार्थहरूले पनि मानिसलाई अशक्‍त बनाउन सक्छ। उदाहरणको लागि, पूर्वी युरोपको छिमेकी मुलुकहरूमा असंख्य बच्चाहरूको जन्मँदादेखि नै एउटा हात हुँदैन। कुहिनाभन्दा तल सानो ठुटो मात्र हुन्छ। आनुवंशिक गडबडीको मुख्य कारण रासायनिक प्रदुषण हो भनी प्रमाणहरूले औंल्याउँछ। यद्यपि, अन्य असंख्य मानिसहरूको हातखुट्टा भए तापनि पक्षघात वा अन्य पीडाहरूले गर्दा तिनीहरू अपांग हुन्छन्‌। वास्तवमा, अशक्‍तताको कुनै सीमा छैन।

अशक्‍त हुने कारण जे भए तापनि अशक्‍तता पीडादायी हुन्छ। जुनियरले २० वर्षको उमेरमा आफ्नो दायाँ खुट्टा गुमाए। त्यसपछि उनले यसो भने: “मैले धेरै भावनात्मक कठिनाइहरू सामना गर्नु पऱ्‍यो। मैले एउटा खुट्टाविना बाँच्नुपर्नेछ भन्‍ने कुरा थाह पाउँदा म धेरै रोएँ। मलाई के गरूँ, कसो गरूँ भयो। म असाध्यै अलमल्लमा परें।” यद्यपि, समय बित्दै जाँदा जुनियरको मनोवृत्तिमा ठूलो परिवर्तन आयो। उनले बाइबल अध्ययन सुरु गरे अनि आफूले सिकेका कुराहरूले उनलाई परिस्थिति सहन मदत दिनुकासाथै यसै पृथ्वीमा आनन्दित भविष्यको अद्‌भुत आशा दिएको छ। यदि तपाईं अशक्‍त हुनुहुन्छ भने, के तपाईं पनि त्यो आशा प्राप्त गर्न चाहनुहुन्छ?

यदि चाहनुहुन्छ भने कृपया अर्को लेख पढ्‌नुहोस्‌। हामी तपाईंलाई धर्मशास्त्रीय उद्धरणहरू आफ्नै बाइबल खोलेर हेर्न सल्लाह दिन्छौं। अनि तपाईंले सृष्टिकर्ताका उद्देश्‍यहरूबारे सिक्ने र त्यसैअनुसार जीवन बिताउनेहरूको लागि उहाँले साँचेर राख्नु भएको भविष्यबारे थाह पाउनु हुनेछ।