सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के तपाईं परमेश्‍वरको प्रेमको मूल्यांकन गर्नुहुन्छ?

के तपाईं परमेश्‍वरको प्रेमको मूल्यांकन गर्नुहुन्छ?

के तपाईं परमेश्‍वरको प्रेमको मूल्यांकन गर्नुहुन्छ?

एक पटक अय्यूब नाउँ गरेका मानिसले असिद्ध मानव अवस्थाबारे यी शब्दहरूमा वर्णन गरे: “स्त्रीबाट जन्मेको मानिस अल्प–आयुका र अशान्तिले भरिएको हुन्छ, त्यो फूलझैं फक्रन्छ र ओइलाइहाल्छ। त्यो छायाजस्तै हराइहाल्छ, रहँदैन।” (अय्यूब १४:१, २) त्यतिखेर अय्यूबले वेदना र शोकले भरिएको जीवन अनुभव गरिरहेका थिए। के तपाईंले पनि कहिल्यै त्यस्तो महसुस गर्नुभएको छ?

तथापि, हामीले सामना गर्नुपर्ने सबै अप्ठ्यारा तथा समस्याहरूको बावजूद परमेश्‍वरको अनुकम्पा र प्रेममा आधारित एउटा ठोस आशा छ। सर्वप्रथम, हाम्रो स्वर्गमा हुनुहुने दयालु पिताले मानवजातिलाई तिनीहरूको पापपूर्ण पतित अवस्थाबाट छुटकारा दिनको लागि छुडौतीको बलिदानको प्रबन्ध गर्नुभएको छ। यूहन्‍ना ३:१६, १७ अनुसार येशू ख्रीष्टले यसो भन्‍नुभयो: “परमेश्‍वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, उहाँले आफ्ना एकमात्र पुत्रलाई दिनुभयो, उहाँमाथि विश्‍वास गर्ने प्रत्येक नाश नहोस्‌, तर त्यसले अनन्त जीवन पाओस्‌। परमेश्‍वरले संसारलाई दोषी ठहराउन भनी पुत्रलाई [येशू] संसारमा पठाउनुभएन, तर संसार उहाँबाट बचोस्‌ भनेर पठाउनुभयो।”

हामी असिद्ध मानवहरूप्रति परमेश्‍वरको कृपालु मनोवृतिलाई पनि विचार गर्नुहोस्‌। प्रेरित पावलले यसो भने: “मानिसहरूका निम्ति ठहराएको समय र बासका सीमानाहरू निश्‍चय गरेर पृथ्वीको सतहमाथि बास गर्नालाई उहाँले एउटै मानिसबाट हरेक जातिलाई बनाउनुभयो, तापनि तिनीहरूले परमेश्‍वरको खोजी गरून्‌, र सायद छामेर भेट्टाऊन्‌ भनेर उहाँ हामी हरेकबाट टाढा हुनुहुन्‍न।” (प्रेरित १७:२६, २७) यसबारे सोच्नुहोस्‌! हामी असिद्ध मानवहरू भए तापनि मायालु सृष्टिकर्ता यहोवा परमेश्‍वरसँगको व्यक्‍तिगत सम्बन्धको आनन्द उठाउन सक्छौं।

परमेश्‍वरले हाम्रो ख्याल राख्नुहुन्छ र हाम्रो अनन्त हितको लागि मायालु प्रबन्ध मिलाउनुभएको छ भन्‍ने थाह पाएर हामी निर्धक्क भई भविष्यको सामना गर्न सक्छौं। (१ पत्रुस ५:७; २ पत्रुस ३:१३) त्यसैकारण परमेश्‍वरको वचन बाइबल अध्ययन गरेर हाम्रो मायालु परमेश्‍वरबारे अझ बढी सिक्नुपर्ने हर कारण छ।