सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

मानिसजातिका समस्याहरू के ती कहिल्यै अन्त होलान्‌?

मानिसजातिका समस्याहरू के ती कहिल्यै अन्त होलान्‌?

मानिसजातिका समस्याहरू के ती कहिल्यै अन्त होलान्‌?

“संसारको कुल जनसंख्याको एक चौथाइ गरिबीको रेखामुनि छन्‌, १ अरब ३० करोड मानिसहरूको दैनिक आम्दानी १ अमेरिकी डलरभन्दा कम छ, १ अरब मानिसहरू असाक्षर छन्‌, १ अरब ३० करोड मानिसहरूले स्वच्छ पानी पिउन पाएका छैनन्‌ र १ अरब मानिसहरू दिनहुँ भोकै रहन्छन्‌।” संसारको अवस्थाबारे उक्‍त कुरा आयरल्याण्डको एउटा रिपोर्टले उल्लेख गऱ्‍यो।

मानिसहरू संसारका समस्याहरूको अनन्त समाधान भेट्टाउन असक्षम छन्‌ भन्‍ने कुराको कस्तो दुःखलाग्दो प्रमाण! अझ त्यस रिपोर्टमा उल्लेख गरिएका अधिकांश मानिसहरू निस्सहाय महिला तथा बालबच्चाहरू हुन्‌ भन्‍ने कुरा थाह पाउँदा त समस्या झनै दुःखलाग्दो देखिन्छ। अहिले २१ औं शताब्दीमा समेत “असंख्य मानिसहरूको [अधिकार] निरन्तर हनन भइरहनु” के त्रासदीय छैन र?—द स्टेट अफ द वल्ड्‌र्स चिल्ड्रेन २०००.

“यसै पुस्तामा नयाँ संसार”

संयुक्‍त राष्ट्र संघ बाल कोषले “यस्ता दुर्व्यवहारहरूको कारण विश्‍वभरि छाएको निराशाजनक वातावरणलाई हटाउन सकिने” विश्‍वास प्रकट गरेको छ। यी अरबौं मानिसहरूले भोग्नुपरेको दयनीय अवस्था “न अवश्‍यम्भावी हो न त बदल्नै नसकिने परिस्थिति हो” भनेर उक्‍त संगठन बताउँछ। वास्तवमा त्यस संगठनले “सबै मानिसहरूलाई एउटै पुस्तामा नयाँ युगको सिर्जना” गर्न आग्रह गरेको छ। त्यस संगठनले आशा गरेअनुसार त्यस संसारमा मानिसजाति “गरिबी र भेदभाव, हिंसा र रोगबाट मुक्‍त हुनेछ।”

त्यस्तो भावना प्रकट गर्नेहरूले “कहिल्यै पनि टुंगो नलाग्नेजस्तो देखिने झगडा तथा संकटहरूको” कारण भएका पीडादायी परिस्थितिहरू निर्मूल वा हटाउन कठोर परिश्रम गरिरहेका मानिसहरूबाट प्रेरणा पाएका हुन्छन्‌। उदाहरणका लागि, विगत १५ वर्षदेखि चेर्नोबिल बाल आयोजनाले “आणविक विस्फोटनको कारण क्यान्सरले पीडित सयौं केटाकेटीको पीडा कम गर्न मदत गरेको छ।” (द आइरिश एक्जामिनर, अप्रिल ४, २०००) ठूला तथा साना मानवीय संगठनहरूले युद्ध तथा प्रकोपहरूको चपेटामा परेका असंख्य मानिसहरूको जीवनमा ठूलो फरक पार्छ।

यद्यपि, त्यस्ता परोपकारी कार्यमा लाग्नेहरू यथार्थवादी छन्‌। तिनीहरूलाई अहिले सामना गर्नुपरेका समस्याहरू “गएको दशकमा भन्दा झन्‌ व्याप्त हुनुका साथै बलियो गरी जरा गाडिसकेको छ” भनेर थाह छ। आइरिश च्यारिटी कन्सर्नका प्रमुख आयुक्‍त डेविड बेगको भनाइअनुसार मोजाम्बिकमा बाढीले धनजनको ठूलो क्षति पुऱ्‍याउँदा “कर्मचारी, समर्थक तथा दाताहरूले एकदमै उदारता साथ सहयोग गरे।” तिनी भन्छन्‌, “तर, हामी त्यस्तो भयानक प्रकोपको एक्लैले सामना गर्न सक्दैनौं।” अफ्रिकामा गरिएको सहयोगका प्रयासहरूबारे तिनी निष्कपटताका साथ स्वीकार्दै यसो भन्छन्‌: “हामीसित भएका केही आशाहरू पनि निभ्नै लागेका मैनबत्ती जस्तै छन्‌।” तिनले विश्‍वको परिस्थितिबारे एकदमै सही ढंगमा व्यक्‍त गरेका छन्‌ जस्तो थुप्रैलाई लाग्न सक्छ।

“यसै पुस्तामा नयाँ संसार” आउनेछ भनेर आशा गर्नु के व्यावहारिक हुनेछ? अहिले गरिएका मानवीय सहयोगहरू साँच्चै प्रशंसनीय भए तापनि धार्मिक अनि शान्तिमय नयाँ संसारको आशा गर्नु पनि अनुचित होइन। बाइबलले त्यस आशाबारे बताउँछ जसबारे हामी अर्को लेखमा छलफल गर्नेछौं।

[पृष्ठ २-मा भएको चित्रको स्रोत]

Page 3, children: UN/DPI Photo by James Bu