सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पाठकहरूका प्रश्‍नहरू

पाठकहरूका प्रश्‍नहरू

पाठकहरूका प्रश्‍नहरू

कस्ता अवस्थाहरूमा मसीही स्त्रीले धार्मिक कारणअनुरूप शिरपोस लगाउनु उचित हुन्छ?

प्रेरित पावलले यस्तो लेखे: “शिर खुला राखेर प्रार्थना गर्ने, अथवा अगमवाणी बोल्ने, हरेक स्त्रीले आफ्नो शिरको बेइज्जत गर्दछ।” किन? शिरत्वको निम्न ईश्‍वरीय सिद्धान्तले गर्दा: “स्त्रीको शिर पुरुष हो।” मसीही मण्डलीमा प्रार्थना तथा प्रचार गर्ने कार्य सामान्यतया पुरुषको जिम्मेवारी हो। यसर्थ, सामान्यतया आफ्ना पति वा बप्तिस्माप्राप्त पुरुषले निर्वाह गर्नुपर्ने उपासनासम्बन्धी कुनै कार्य गर्दा मसीही स्त्रीले शिरपोस लगाउनुपर्छ।—१ कोरिन्थी ११:३-१०.

मसीही स्त्रीले शिरपोस लगाउनुपर्ने अवस्था वैवाहिक सम्बन्धमा पनि सृजना हुन सक्छ। उदाहरणका लागि, बाइबल अध्ययन वा भोजनको लागि परिवार एकसाथ भेला हुँदा प्रायजसो पतिले सिकाउने र परमेश्‍वरलाई प्रार्थनामा प्रतिनिधित्व गर्ने कार्यमा नेतृत्व लिन्छन्‌। तिनको विश्‍वास बेग्लै छ भने यो जिम्मेवारी पत्नीको काँधमा आइपर्न सक्छ। त्यसकारण आफ्नो वा अरूको खातिर ठूलो स्वरले प्रार्थना गर्दा वा पतिको उपस्थितिमा आफ्ना छोराछोरीसित बाइबल अध्ययन सञ्चालन गर्दा मसीही बहिनीले शिरपोस लगाउनु उचित हुन्छ। तिनको पति उपस्थित छैनन्‌ भने पत्नीले शिरपोस लगाउनु पर्दैन किनभने छोराछोरीलाई सिकाउनू भन्‍ने अधिकार परमेश्‍वरले दिनुभएको हो।—हितोपदेश १:८; ६:२०.

तथापि, परिवारमा छोरा, यहोवा परमेश्‍वरको समर्पित, बप्तिस्माप्राप्त सेवक हुन्‌ भने नि? उक्‍त छोरा मसीही मण्डलीको सदस्य भएको हुँदा तिनले पुरुष सदस्यबाटै निर्देशन पाउनुपर्छ। (१ तिमोथी २:१२) बुबा छोराको विश्‍वास एउटै छ भने, बुबाले नै छोरालाई सिकाउनुपर्छ। तथापि, बुबा उपस्थित छैनन्‌ भने आमाले बप्तिस्माप्राप्त छोरा तथा अरू छोराछोरीसित बाइबल अध्ययन सञ्चालन गर्दा शिरपोस लगाउनुपर्छ। त्यस्तो अध्ययन वा भोजनको बेला, बप्तिस्माप्राप्त छोरालाई प्रार्थना गर्न लगाउने वा नलगाउने कुराचाहिं तिनी आफैले निर्णय गर्नसक्ने कुरा हो। आमालाई आफ्नो छोरा अझै योग्य नभएको जस्तो लागेर आफैले प्रार्थना गर्ने निर्णय गर्न सक्छिन्‌। उनले यस्तो अवस्थामा प्रार्थना गर्दा शिरपोस लगाउनुपर्छ।

मण्डलीका कुनै कुनै गतिविधिमा भाग लिंदा मसीही स्त्रीहरूले शिरपोस लगाउनुपर्ने हुन सक्छ। उदाहरणका लागि, हप्ताको बीचमा क्षेत्र सेवकाईको लागि आयोजना गरिने सभामा कोही पनि बप्तिस्माप्राप्त पुरुषहरू नभई मसीही बहिनीहरू मात्र उपस्थित हुन सक्छन्‌। अन्य मसीही सभा, हुनसक्छ जहाँ कोही पनि बप्तिस्माप्राप्त पुरुष सदस्यहरू उपस्थित छैनन्‌। मण्डलीले आयोजना गरेको सभा वा क्षेत्र सेवाको सभामा सामान्यतया भाइले निर्वाह गर्ने जिम्मेवारी कुनै मसीही बहिनीले पूरा गर्नुपऱ्‍यो भने शिरपोस लगाउनुपर्छ।

के मसीही बहिनीले कुनै बाइबल भाषण वा सांकेतिक भाषाको अनुवाद गर्दा वा मण्डलीका सभामा छलफल गरिने बाइबल अध्ययन सहायक प्रकाशनहरूबाट सबैको अगाडि अनुच्छेदहरू पढ्‌दा शिरपोस लगाउनुपर्छ? पर्दैन। यी कार्यहरू गर्ने बहिनीहरूले कुनै सभाको सभापतित्व गरिरहेका वा सिकाइरहेका हुँदैनन्‌। त्यसरी नै, प्रदर्शनमा भाग लिंदा, अनुभव बताउँदा वा ईश्‍वरतान्त्रिक सेवकाई स्कूलमा विद्यार्थी भाषण दिंदा बहिनीहरूले शिरपोस लगाउनु आवश्‍यक छैन।

मण्डलीभित्र सिकाउने काम बप्तिस्माप्राप्त पुरुषहरूले गर्छन्‌ भने मण्डलीबाहिर प्रचार गर्ने तथा सिकाउने काम पुरुष तथा महिला दुवैको जिम्मेवारी हो। (मत्ती २४:१४; २८:१९, २०) त्यसकारण मसीही बहिनीले यहोवाको पुरुष साक्षीको उपस्थितिमा अरू कसैलाई परमेश्‍वरको वचनबारे बताउँदा शिरपोस लगाउन आवश्‍यक पर्दैन।

तथापि, घरमा कुनै नियमित तालिकाअनुसार बाइबल अध्ययन सञ्चालन गर्दा समर्पित, बप्तिस्माप्राप्त पुरुष सदस्य उपस्थित छन्‌ भने कुरा अर्कै हुनछ। यो पहिल्यै तय गरिएको शिक्षण कार्यक्रम हो र यसमा सञ्चालन गर्ने व्यक्‍तिले नै अध्ययनको सभापतित्व गर्छन्‌। त्यस्तो अवस्थामा त्यो अध्ययन मण्डलीकै भाग सरह हुन्छ। बप्तिस्माप्राप्त महिला साक्षीले बप्तिस्माप्राप्त पुरुष साक्षीको उपस्थितिमा अध्ययन सञ्चालन गर्छिन्‌ भने शिरपोस लगाउनुपर्छ। तथापि, समर्पित भाइले प्रार्थना चढाउनुपर्छ। उपस्थित समर्पित भाइ बोल्न असमर्थ भएको जस्तो कुनै असाधारण समस्या छ भने मात्र मसीही बहिनीले समर्पित भाइको उपस्थितिमा प्रार्थना गर्नेछिन्‌।

कहिलेकाहीं मसीही बहिनी बप्तिस्मा अप्राप्त राज्य प्रचारकसित बाइबल अध्ययनमा जान सक्छिन्‌। बहिनीले चाहन्छिन्‌ भने उक्‍त प्रकाशकलाई नै अध्ययन सञ्चालन गर्ने आग्रह गर्न सक्छिन्‌। तर तिनले यहोवालाई सही ढंगमा प्रार्थना गर्न नसक्ने हुँदा बहिनी आफैले प्रार्थना गर्नु उचित हुनेछ। उक्‍त बहिनीले अध्ययन सञ्चालन गर्नुको साथै प्रार्थना पनि गर्छिन्‌ भने शिरपोस लगाउनु पर्छ। पुरुष प्रकाशकले बप्तिस्मा लिइसकेका छैनन्‌ भने तापनि तिनले गरेको प्रचारकार्यले गर्दा बाहिरका मानिसहरूले तिनलाई मण्डलीकै सदस्य हुन्‌ भनेर चिन्छन्‌।

प्रेरित पावलले लेखे: “स्वर्गदूतहरूका कारण स्त्रीले अधिकारको चिह्न आफ्नो शिरमा राखोस्‌।” हो, मसीही बहिनीहरूले लाखौं स्वर्गदूतहरूको अगाडि राम्रा नमुनाहरू बसाल्ने सुअवसर पाएका छन्‌ किनभने ती स्वर्गदूतहरू पनि वफादार भई यहोवाको सेवामा लागिपरेका छन्‌। अवस्थाअनुसार चाहिएको बेला शिरपोस लगाएर ईश्‍वर-भीरु महिलाहरूले कस्तो राम्रो उदाहरण बसाल्छन्‌!

[पृष्ठ २६-मा भएका चित्रहरू]

शिरपोस लगाउनु भनेको शिरत्वप्रति आदर देखाउनु हो