सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के तपाईंलाई सम्झना छ?

के तपाईंलाई सम्झना छ?

के तपाईंलाई सम्झना छ?

के तपाईंले प्रहरीधरहरा पत्रिकाका हालैका अंकहरू पढेर आनन्द उठाउनुभयो? उसोभए, तपाईं निम्न लिखित प्रश्‍नहरूको जवाफ दिन सक्नुहुन्छ कि:

समानुभूति के हो र मसीहीहरूले किन यसको खेती गर्नुपर्छ?

यो अरूको ठाउँमा आफूलाई राख्न सक्ने क्षमता हो, अरूले भोगेको पीडा आफ्नो हृदयमा महसुस गर्न सक्नु हो। मसीहीहरूलाई ‘सहानुभूति देखाउन, भातृ-प्रेम गर्न र कोमल हृदयका हुन’ सल्लाह दिइएको छ। (१ पत्रुस ३:८) यहोवाले समानुभूति देखाउने सन्दर्भमा हाम्रो लागि उदाहरण बसाल्नुभएको छ। (भजन १०३:१४; जकरिया २:८) हामीले सुनेर, अवलोकन गरेर अनि आफ्नो कल्पना शक्‍ति चलाएर हाम्रो संवेदनशीलता बढाउन सक्छौं।—४/१५, पृष्ठ २४-६.

साँचो आनन्द पाउने हो भने शारीरिक अशक्‍तता निवारण हुनुअघि आध्यात्मिक निवारण किन जरुरी छ?

शारीरिक रूपमा स्वस्थ हुने थुप्रै मानिसहरू दुःखी र समस्याहरूले गर्दा विचलित छन्‌। अर्कोतिर, शारीरिक रूपमा अशक्‍त थुप्रै मसीहीहरू आनन्दसाथ यहोवाको सेवा गरिरहेका छन्‌। ती आध्यात्मिक निवारणबाट लाभ उठाउनेहरूले नयाँ संसारमा शारीरिक अशक्‍तता निर्मूल भएको महसुस गर्ने मौका पाउनेछन्‌।—५/१ पृष्ठ ६-७.

हिब्रू १२:१६ ले एसावलाई किन व्यभिचारीहरूको समूहमा राखेको छ?

बाइबल अभिलेखले देखाएअनुसार एसावले तुरून्तै प्राप्त गर्न सकिने इनामहरूतर्फ मात्र ध्यान दिने मनोवृत्ति देखाए। आज कसैले त्यस्तो मनोवृत्ति विकास गरेको खण्डमा यसले व्यभिचार जस्तो गम्भीर पापतर्फ समेत धकेल्न सक्छ।—५/१, पृष्ठ १०-११.

टर्टुलियन को थिए र तिनी केको लागि परिचित छन्‌?

तिनी सा.यु. दोस्रो र तेस्रो शताब्दीतिरका लेखक तथा शास्त्रविद्‌ थिए। तिनी मसीहीजगत्‌ भनौंदाहरूको समर्थनमा थुप्रै पुस्तकहरू लेख्ने व्यक्‍ति भनेर परिचित छन्‌। तिनले आफ्नो प्रतिवादमा कुरा गर्दा गर्दै त्रिएक जस्ता भ्रष्ट शिक्षाहरूको पूर्वाधार तय गर्न आफ्ना विचारधारा तथा दर्शनहरूको सुत्रपात गरे।—५/१५ पृष्ठ २९-३१.

रोगबिमार, आनीबानी तथा मृत्युको लागि किन जीनहरू नै पूर्णतया दोषी छैनन्‌?

थुप्रै प्रकारका रोगहरू लाग्नुमा जीनका तत्त्वहरू दोषी छन्‌ भनी स्पष्ट प्रमाण पाइन्छ भन्‍ने निष्कर्षमा वैज्ञानिकहरू पुगेका छन्‌ र मानव आनीबानीहरू कस्ता हुनेछन्‌ भनेर पनि जीनले नै निर्धारण गर्छ भन्‍ने कसै कसैको विश्‍वास छ। यद्यपि, मानवजातिको सुरुआत अनि पाप र असिद्धताले मानिसलाई कसरी असर गर्न थाल्यो भन्‍नेबारे बाइबलले अन्तरदृष्टि प्रदान गर्छ। हाम्रो व्यक्‍तित्वले कस्तो रूप लिने हो भन्‍ने कुरा निर्धारण गर्न जीनले पनि केही भूमिका खेल्ने भए तापनि हाम्रो असिद्धता र वरपरको वातावरणले पनि ठूलो असर गर्छ।—६/१ पृष्ठ ९-११.

मिश्रको ओक्सिरिङकसमा भेटिएको पपाइरसको अंशले परमेश्‍वरको नाउँको प्रयोगबारे कस्तो प्रकाश पार्छ?

युनानी सेप्टुआजिन्टबाट लिइएको अय्यूब ४२:११, १२ भएको यस अंशमा टेट्राग्रामाटन (परमेश्‍वरको नाउँका चार वर्ण व्यञ्जनहरू) पाइन्छ। मसीही युनानी धर्मशास्त्रका लेखकहरूले प्रायजसो उद्धरण गरेको यो सेप्टुआजिन्टमा परमेश्‍वरको हिब्रू नाउँ पाइन्छ भन्‍ने थप प्रमाण हो।—६/१, पृष्ठ ३०.

रोमी साम्राज्यको तरबार लडाउने हिंसात्मक तथा प्राणघातक प्रतियोगिताहरूलाई आधुनिक समयमा कस्ता मनोरञ्जनात्मक खेलहरूसित तुलना गरिएको छ?

इटालीको रोमको रंगशालामा हालै भएको प्रदर्शनीमा साँढेजुधाइ, व्यावसायिक बक्सिङ, कार तथा मोटरसाइकल दौडमा भएका विभत्स दुर्घटना, खेलहरूको दौडान खेलाडीहरूको मनपरी झगडा र दर्शकहरूका हूलदंगाहरूको भिडियो तस्बिरका टुक्राहरू देखाएर त्यसको आधुनिक समानताहरू प्रस्तुत गऱ्‍यो। प्रारम्भिक मसीहीहरूले यहोवा हिंसा वा हिंस्रक व्यक्‍तिहरूलाई रुचाउनु हुन्‍न भन्‍ने कुरा मनमा लिए र आजका मसीहीहरूले पनि त्यस्ता कुरालाई मनपराउनु हुँदैन। (भजन ११:५)—६/१५, पृष्ठ २९.

प्रभावकारी शिक्षकहरू हुने प्रयास गर्दा हामी एज्राको उदाहरणबाट के सिक्न सक्छौं?

एज्रा ७:१० ले एज्राले गरेका चारवटा कुराहरूलाई जोड दिएको छ र हामीले पनि त्यसै गर्ने कोसिस गर्न सक्छौं। त्यहाँ यसो भनिएको छ: “एज्राले [१] परमप्रभुको व्यवस्था अध्ययन गर्न र [२] पालन गर्न औ [३] इस्राएलमा धर्म-विधि र धार्मिकविचार सिकाउन [४] मन दिएका थिए।”—७/१, पृष्ठ २०.

मसीही स्त्रीहरूले कुन दुई प्रकारका क्रियाकलापमा शिरपोस लगाउनु उचित हुन्छ?

एउटा हो घरमा आइपर्ने पारिवारिक अवस्थामा। तिनले शिरपोस लगाउँदा प्रार्थनामा नेतृत्व लिने र बाइबलका निर्देशनहरू सिकाउने दायित्व आफ्नो पतिको हो भन्‍ने कुरा स्वीकारेकी हुन्छिन्‌। अर्को हो, मण्डलीको गतिविधिमा जहाँ सिकाउने र निर्देशन दिने कार्य धर्मशास्त्रअनुसार बप्तिस्मा प्राप्त पुरुषहरूको हो भनेर तिनले स्वीकारेको कुरा देखाउँछिन्‌। (१ कोरिन्थी ११:३-१०)—७/१५, पृष्ठ २६-७.

योग गर्नु भनेको शारीरिक व्यायाम मात्र नभई खतरनाक पनि छ भनेर मसीहीहरूले बुझ्नुको कारण के हो?

योगको उद्देश्‍य परमात्मा वा आत्मासँग मेल गराउने अनुशासन दिनु हो। यसले दिमागको स्वचालित कल्पना शक्‍तिलाई रोक्छ र यो परमेश्‍वरको निर्देशन विपरीत हो। (रोमी १२:१, २) योगले कुनै व्यक्‍तिलाई प्रेतवाद तथा तन्त्रविद्याका खतराहरूतिर धकेल्न सक्छ। (व्यवस्था १८:१०, ११)—८/१, पृष्ठ २०-२.