सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

‘उहाँले मलाई शान्त पानीको छेउमा डोऱ्‍याउनुहुन्छ’

‘उहाँले मलाई शान्त पानीको छेउमा डोऱ्‍याउनुहुन्छ’

‘उहाँले मलाई शान्त पानीको छेउमा डोऱ्‍याउनुहुन्छ’

बाइबल भूमिको गर्मी मौसममा भेडालाई दिनहुँ पानी चाहिन्छ। त्यसैकारण, आफ्नो बगालको लागि पानीको प्रबन्ध मिलाउनु गोठालाको कामको अभिन्‍न भाग हो। कहिलेकाहीं गोठालाहरूले इनारबाट पानी निकाल्छन्‌ र डुँडमा खन्याएर आफ्नो बगाललाई खुवाउँछन्‌। (उत्पत्ति २९:१-३) तथापि, विशेष गरी बर्खामासमा स-साना खोला-नाला वरपरको ठाउँमा शान्तमय “सुख-चैनको पानी” हुन्छ।—भजन २३:२.

असल गोठालोलाई आफ्नो बगालको लागि पानी र राम्रो घाँस दुवै पाउने ठाउँ थाह हुनुपर्छ। तिनीसित यस्तो ठाउँको राम्रो ज्ञान हुनु र नहुनुमै तिनको भेडाको जीवन निर्भर हुन्छ। यहूदियाको पहाडमा भेडा चराएर धेरै वर्ष बिताएका दाऊदले परमेश्‍वरको आध्यात्मिक निर्देशनलाई आफ्नो भेडालाई राम्रो घाँस भएको ठाउँ र जीवनदायी पानी भएतिर डोऱ्‍याउने गोठालोसित तुलना गरे। दाऊदले यसो भने: ‘उहाँले मलाई शान्त पानीको छेउमा डोऱ्‍याउनुहुन्छ।’—भजन २३:१-३, नयाँ संशोधित संस्करण।

वर्षौंपछि आफ्नो अगमवक्‍ता इजकिएलमार्फत यहोवाले त्यस्तै प्रकारको उदाहरण प्रयोग गर्नुभयो। गोठालोले आफ्ना भेडालाई जम्मा गरेझैं उहाँले आफ्ना जताततै छरिएर रहेका जनहरूलाई जम्मा गर्ने प्रतिज्ञा गर्नुभयो। उहाँले तिनीहरूलाई यस्तो आश्‍वासन दिनुभयो: “तिनीहरूलाई . . . आफ्नै भूमिमा डोऱ्‍याएर म ल्याउनेछु। म तिनीहरूलाई इस्राएलका पहाडहरूमा, त्यसका खोलाहरूका किनारमा . . . चराउनेछु।”—इजकिएल ३४:१३.

आध्यात्मिक पानी प्रबन्ध गर्ने सन्दर्भमा पनि यहोवा परमेश्‍वर चासो लिनुहुन्छ। प्रकाशको पुस्तकले परमेश्‍वरको सिंहासनबाट “जीवनको नदी” निस्किरहेको विषयमा बताउँछ। (प्रकाश २२:१) यस नदीबाट पिउने निमन्त्रणा सबै मानिसहरूलाई दिइएको छ। “जसले मन गर्छ, त्यसले जीवनको पानी सित्तैमा [लिन सक्छ]।”—प्रकाश २२:१७.

जीवनको यस प्रतीकात्मक पानीले परमेश्‍वरले गर्नुभएको अनन्त जीवनको प्रबन्धलाई चित्रण गर्छ। ‘एकमात्र सत्य परमेश्‍वर र जसलाई उहाँले पठाउनुभयो अर्थात्‌ येशू ख्रीष्टलाई चिनेर’ जो कोहीले पनि यस्तो पानी पिउन सुरु गर्न सक्छ।—यूहन्‍ना १७:३.