दिंदा पाइने आनन्द
दिंदा पाइने आनन्द
ब्राजिलको उत्तरपूर्वी भागको एउटा झुप्रो बस्तीमा बसोबास गर्ने जेनिभलले अस्पतालको सुरक्षा गार्डको रूपमा आर्जन गरेको तलबको भरमा आफ्नी श्रीमती र छोराछोरीलाई पालनपोषण गर्नुपर्थ्यो। आफ्नो गरिबीको बावजुद पनि तिनले नियमित तवरमा दशांश दिइरहे। आफ्नो भोको पेट छाम्दै तिनले भने, “हाम्रो परिवार त कहिलेकाहीं भोकै बस्नुपर्थ्यो तर जस्तोसुकै मोल चुकाउनु परे तापनि म परमेश्वरलाई सर्वोत्तम कुरा चढाउन चाहन्थें।”
आफ्नो जागिर गुमाएपछि पनि जेनिभलले दशांश दिन छाडेनन्। एक जना पादरीले तिनलाई ठूलो धनराशी चन्दा दिएर परमेश्वरलाई जाँच्ने आग्रह गरे। अनि परमेश्वरले पक्कै आशिष्हरू वर्षाउनुहुनेछ भन्ने ग्यारेन्टी नै दिए। त्यसैले जेनिभलले आफ्नो घर बेचेर पैसा चर्चलाई दिने निर्णय गरे।
यस्तो निष्कपटतासाथ दिन तयार व्यक्ति जेनिभल एक जना मात्र होइनन्। गरिबीको चपेटामा परेका थुप्रै मानिसहरूले नियमित रूपमा दशांश दिन्छन् किनभने तिनीहरूको चर्चले बाइबलको शिक्षाअनुसार दशांश दिनुपर्छ भनेर सिकाइरहेका छन्। के त्यो बाइबलीय आवश्यकता नै हो?
दशांश र व्यवस्था
दशांश दिनु भन्ने आज्ञा ३,५०० वर्षअघि यहोवा परमेश्वरले प्राचीन इस्राएलका १२ कूललाई दिनुभएको व्यवस्थाको एउटा भाग थियो। त्यस व्यवस्थाअनुसार देशको उब्जनी र फलफूलको दसौं भाग तथा पाल्तुपशुहरूको वृद्धिबाट दसौं भाग भेट हुने पालमा सेवा गर्ने लेवी कुलको सहयोगको लागि दिनुपर्थ्यो।—लेवी २७:३०, ३२; गन्ती १८:२१, २४.
यहोवाले त्यो व्यवस्था ‘तिनीहरूको निम्ति साह्रै गाह्रो हुनेछैन’ भनेर आश्वासन दिनुभयो। (व्यवस्था ३०:११) तिनीहरूले दशांशलगायत यहोवाले दिनुभएको अन्य आज्ञाहरूलाई होसियारी साथ पालन गरेको खण्डमा तिनीहरूले प्रशस्त कटनी गर्न सक्थे। त्यसबाहेक अनिकालमा समेत खाद्यान्नको अभाव नहोस् भनेर वार्षिक दशांश पनि दिइन्थ्यो र यो अक्सर धार्मिक उत्सवहरूमा सारा राष्ट्र एकै ठाउँमा भेला हुँदा चलाइन्थ्यो। यसो गर्दा ‘परदेशी, टुहुरा-टुहुरी र विधवाहरू सबै सन्तुष्ट हुन सक्थे।’—व्यवस्था १४:२८, २९; २८:१, २, ११-१४.
व्यवस्थाले दशांश नदिनेलाई कुनै सजाए तोकेको त छैन तर यस तरिकामा साँचो उपासनालाई समर्थन गर्ने प्रत्येक इस्राएलीको नैतिक दायित्व थियो। साँच्चै भन्ने हो भने, मलाकीको दिनमा दशांश नदिने इस्राएलीहरूलाई यहोवाले ‘दशांशको भेटीमा उहाँलाई लुटेको’ आरोप लगाउनुभयो। (मलाकी ३:८) के दशांश नदिने मसीहीहरूलाई पनि त्यस्तै दोष दिन मिल्छ?
आउनुहोस्, हामी यसबारे विचार गरौं। सामान्यतया कुनै एउटा देशको नियम अर्को देशमा लागू हुँदैन। उदाहरणको लागि, गाडी चालकले गाडी बायाँतर्फ चलाउनुपर्छ भन्ने बेलाइतको नियम फ्रान्समा लागू हुँदैन। त्यस्तै गरी, दशांशको नियम पनि परमेश्वर र इस्राएल राष्ट्रबीचको विशेष करारको एउटा भाग थियो। (प्रस्थान १९:३-८; भजन १४७:१९, २०) इस्राएलीहरू मात्रै त्यस नियममा बाँधिएका थिए।
त्यसबाहेक परमेश्वर कहिल्यै परिवर्तन नहुनुभए तापनि उहाँका मागहरू कहिलेकाहीं परिवर्तन हुन्छन्। (मलाकी ३:६) सा.यु. ३३ मा येशू ख्रीष्टको बलिदानरूपी मृत्यु हुँदा त्यो व्यवस्था र त्यसको साथसाथै ‘दशांश पाउने आज्ञा’ ‘मेटिदिएको’ वा “खारिज भएको छ” भनेर बाइबलले स्पष्टैसित बताउँछ।—कलस्सी २:१३, १४; एफिसी २:१३-१५; हिब्रू ७:५, १८.
मसीहीहरूले दिने चन्दा
तथापि, आज पनि साँचो उपासनालाई टेवा पुऱ्याउन अनुदानको आवश्यकता पर्छ। येशूले आफ्ना चेलाहरूलाई ‘पृथ्वीको अन्तसम्म गवाही दिन’ आज्ञा दिनुभयो। (प्रेरित १:८) विश्वासीहरूको संख्यामा वृद्धि हुँदा मण्डलीहरूलाई बलियो बनाउन भ्रमण गर्ने मसीही शिक्षकहरू तथा निरीक्षकहरूको आवश्यकता पऱ्यो। कहिलेकाहीं विधवा, टुहुराटुहुरी र अरू खाँचोमा परेकाहरूको पनि हेरचाह गर्नुपर्ने हुन्थ्यो। प्रथम शताब्दीका मसीहीहरूले ती कुराहरूको खर्च कसरी बेहोर्थे?
सा.यु. ५५ तिर युरोप र एसिया माइनरका अन्यजातिका मसीहीहरूलाई यहूदाको गरिब मण्डलीलाई सहयोग गर्न आग्रह गरियो। प्रेरित पावलले कोरिन्थको मण्डलीलाई लेखेको पत्रमा “पवित्र जनहरूका निम्ति चन्दा” कसरी प्रबन्ध गरियो भनेर बताए। (१ कोरिन्थी १६:१) ती मसीहीहरूले चन्दा कसरी दिए भन्ने कुरा प्रेरित पावलले प्रकट गरेका छन् जसबारे थाह पाएपछि तपाईं साँच्चै छक्क पर्नुहुनेछ।
प्रेरित पावलले चन्दा दिनको लागि सँगी विश्वासीहरूलाई फकाएनन्। वास्तवमा, “कष्ट” र “दरिद्र” भए तापनि म्यासिडोनियाका मसीहीहरूले ‘पवित्र जनहरूको सेवामा भाग लिन पाऔं भनी ज्यादै निवेदनसाथ आग्रहपूर्वक बिन्ती गरे।’—२ कोरिन्थी ८:१-४.
हो, पावलले कोरिन्थका सम्पन्न मसीहीहरूलाई पनि म्यासिडोनियाका भाइहरूको जस्तै उदार मनोवृत्ति अनुकरण गर्न प्रोत्साहन दिए। त्यसको बावजुद पनि तिनले ‘कुनै आदेश जारी गर्न चाहेनन् बरु आग्रह गर्न, सुझाव दिन, प्रोत्साहन दिन वा अनुरोध गर्नु उचित ठाने’ भनेर एउटा पुस्तक बताउँछ। ‘जबरजस्ती गरिएको खण्डमा स्वेच्छा वा न्यनोपना हराउने थियो।’ “इच्छा नभई . . . करकापमा परेर” दिनेहरूलाई होइन तर “खुशीसाथ दिनेलाई परमेश्वरले प्रेम गर्नुहुन्छ” भन्ने कुरा पावललाई थाह थियो।—२ कोरिन्थी ९:७, नयाँ संशोधित संस्करण।
असीम विश्वास तथा ज्ञानलगायत सँगी मसीहीहरूप्रतिको साँचो प्रेमले कोरिन्थीहरूलाई स्वेच्छाले दिन उत्प्रेरित गरेको हुनुपर्छ।—२ कोरिन्थी ८:७, ८.
“आफ्नो मनमा अड्कले बमोजिम”
कुनै रकम वा प्रतिशत तोक्नुको सट्टा पावलले “प्रत्येक हप्ताको पहिलो दिन . . . हरेकले आ-आफ्नो कमाइअनुसार केही धन छुट्ट्याएर जम्मा गर्दै राख्नू” भन्ने सल्लाह दिए। (तेर्सो अक्षर हाम्रो; १ कोरिन्थी १६:२, नयाँ संशोधित संस्करण।) पहिले नै विचार गरेर केही धन नियमित तवरमा छुट्ट्याउँदा कोरिन्थका मसीहीहरूले प्रेरित पावल आउँदा करबलले वा भावनामा बहेर दिनुपर्ने दबाब महसुस गर्नुपर्ने थिएन। कति दिने भन्ने कुरा हरेक मसीहीको व्यक्तिगत कुरा अर्थात् “आफ्नो मनमा अड्कले बमोजिम” हुनुपर्थ्यो।—२ कोरिन्थी ९:५, ७.
उदारतासाथ कटनी गर्न कोरिन्थीहरूले पनि उदारता साथ नै छर्नुपर्थ्यो। सकी नसकी दिनु भन्ने सल्लाह कहिल्यै पनि दिइएन। ‘तिमीहरूलाई चाहिं दुःख होस् भन्ने म चाहँदिन’ भनी पावलले तिनीहरूलाई आश्वासन दिए। अनुदान भनेको ‘आफूसित नभएअनुसारको होइन, तर आफूकहाँ भएअनुसारको ग्रहणयोग्य हुन्छ।’ (२ कोरिन्थी ८:१२, १३; ९:६) पछि लेखेको पत्रमा प्रेरित पावलले यस्तो चेतावनी दिए: “तर कसैले आफू र विशेष गरी आफ्ना परिवारलाई पालन-पोषण गर्दैन भनेता त्यसले विश्वासलाई इन्कार गर्दछ, र विश्वास नगर्नेहरूभन्दा पनि खराब हुन्छ।” (१ तिमोथी ५:८) पावलले यो सिद्धान्त उल्लंघन हुने गरी चन्दा दिन प्रोत्साहित गरेनन्।
प्रेरित ३:६) मण्डलीहरूले तिनलाई पठाएका दानहरू कृतज्ञता साथ स्वीकारे तापनि पावलले जानाजानी आफ्ना भाइहरूलाई “बोझ” बोकाएनन्।—१ थिस्सलोनिकी २:९; फिलिप्पी ४:१५-१८.
पावलले खाँचोमा परेका ‘पवित्र जनहरूका निम्ति चन्दा’ उठाउन प्रबन्ध मिलाउनु उल्लेखनीय कुरा हो। पावलले वा अन्य प्रेरितहरूले आफ्नै सेवकाई विस्तारको लागि चन्दा वा दशांशहरू लिएको कुरा धर्मशास्त्रमा कहीं पनि लेखिएको पाउँदैनौं। (आज स्वेच्छाले दिने चन्दा
स्पष्टतया प्रथम शताब्दीमा ख्रीष्टका चेलाहरूले दशांश त दिएनन् तर स्वेच्छासाथ अनुदान दिए। तथापि, आज पनि सुसमाचार प्रचार कार्यका लागि र खाँचोमा परेका मसीहीहरूलाई आर्थिक तवरमा मदत गर्न यो तरिका प्रभावकारी हुन सक्ला भन्ने कुरामा तपाईं आश्चर्य व्यक्त गर्नुहोला।
निम्न कुरा विचार गर्नुहोस्। सन् १८७९ मा यस पत्रिकाका सम्पादकहरूले “सहयोगको लागि कसैसामु हात फैलाइने वा निवेदन दिइने छैन” भनी स्पष्टैसित उल्लेख गरे। के त्यस निर्णयले बाइबल सत्य फैलाउने यहोवाका साक्षीहरूको प्रयासमा बाधा पुऱ्याएको छ?
हाल साक्षीहरू २३५ मुलुकमा बाइबल, मसीही पुस्तक तथा अन्य प्रकाशनहरू वितरण गर्छन्। सुरुमा एउटा भाषामा मात्र मासिक रूपमा प्रकाशित बाइबलसम्बन्धी शैक्षिक पत्रिका प्रहरीधरहरा ६,००० प्रति वितरण गरिएको थियो। हाल यो पत्रिका अर्धमासिक भइसकेको छ र यो १४६ भाषामा २,४०,००,००० भन्दा धेरै प्रति छापिन्छ। आफ्नो विश्वव्यापी बाइबल शिक्षण कार्यलाई संगठित गर्न साक्षीहरूले ११० राष्ट्रमा प्रशासकीय केन्द्रहरू निर्माण गरेका वा किनेका छन्। त्यसबाहेक, तिनीहरूले बाइबलका थप निर्देशनहरू पाउन इच्छुक व्यक्तिहरूलाई सजिलो होस् भनेर हजारौं सभा आयोजना गर्ने स्थलहरूका साथै ठूला सम्मेलन भवनहरू पनि निर्माण गरेका छन्।
यहोवाका साक्षीहरूले मानिसहरूको आध्यात्मिक आवश्यकतालाई प्राथमिकता दिए तापनि तिनीहरूले सँगी विश्वासीहरूको भौतिक आवश्यकताको पनि ख्याल राख्छन्। तिनीहरूका भाइहरू युद्ध, भूकम्प, खडेरी र आँधीबेह्रीको चपेटामा पर्दा औषधी, खाना, लत्ताकपडा र
अन्य आवश्यक चीजबीजहरू तुरुन्तातुरुन्ती तिनीहरूकहाँ पठाउँछन्। यी सबै कुरा प्रत्येक मसीही तथा मण्डलीहरूले दिएको आर्थिक अनुदानबाटै सम्भव भएका छन्।स्वेच्छाले चन्दा दिनु प्रभावकारी हुनुका साथै सुरुमै उल्लेख गरिएको जेनिभल जस्ता थोरै आय भएकाहरूको काँधबाट ठूलो बोझ हट्छ। खुसीको कुरा जेनिभलले आफ्नो घर बेच्नु अगावै यहोवाका साक्षीहरूको पूर्ण-समय सेविका मारिया तिनको घरमा पुगिन्। “तिनीसित भएको छलफलले मेरो परिवारलाई थुप्रै अनावश्यक झमेलाहरूबाट बचायो” भन्दै जेनिभल सम्झन्छन्।
प्रभुको काम दशांशद्वारा मात्र चल्ने होइन रहेछ भन्ने कुरा जेनिभलले थाह पाए। वास्तवमा, अहिले दशांश दिनु धर्मशास्त्रीय माग रहेन। तिनले मसीहीहरूले उदारतासाथ दिएमा आशिष् पाउनेछन् र आफूसित भई-नभई दिनु आवश्यक छैन भन्ने कुरा सिके।
स्वेच्छाले दिन थालेपछि जेनिभलले साँचो आनन्द अनुभव गरे। तिनी आफ्नो खुसी यसरी व्यक्त गर्छन्: “चाहे मैले दस प्रतिशत दिन सकूँ वा नसकूँ तर मैले चढाएको अनुदानमा म खुसी छु र यहोवा पनि खुसी हुनुहुन्छ भन्ने कुरामा म विश्वस्त छु।”
[पृष्ठ ६-मा भएका पेटी/चित्रहरू]
के प्रारम्भिक चर्चका पादरीहरूले दशांश दिन सिकाए ?
“हामीमध्येका धनीहरू खाँचोमा परेकाहरूलाई मदत गर्छन्। . . . सम्पन्न र इच्छुकहरूले जति दिने इच्छा गर्छन् त्यति दिन्छन्।”— द फर्स्ट अपोलोजि, जस्टिन मार्टर, सा.यु. १५० तिर।
“यहूदीहरूले आफ्ना चीजबीजहरूको दशांश परमेश्वरमा समर्पण गर्थे तर उदारहरूले आफ्ना सारा सम्पत्ति प्रभुका काममा लगाउँछन् . . . जसरी त्यस गरिब विधवाले आफ्नो सारा सम्पत्ति नै परमेश्वरको ढुकुटीमा चढाइन्।”— अगेन्स्ट हेरेसिज, इरानियस, सा.यु. १८० तिर।
“हामीकहाँ चन्दा बाकसहरू राखिन्छन् तर कुनै प्रवेशशुल्क लिइँदैन किनभने धर्म कुनै व्यापार होइन। हरेक महिनाको सुरुमा प्रत्येकले चाहेको खण्डमा केही अनुदान दिन्छन् तर चाहन्छन् र सक्छन् भने मात्र, किनभने यसो गर्न कुनै करकाप छैन; यी सबै स्वैच्छिक हुन्।”— अपोलोजि, टर्टुलियन, सा.यु. १९७ तिर।
“चर्चको विस्तार हुँदै जाँदा र विभिन्न संगठनहरूको उत्थान हुँदा पादरीहरूलाई उचित अनि स्थायी सहयोग पुगोस् भनेर नियम बनाउनु आवश्यक पऱ्यो। दशांश तिर्नुपर्ने नियम पुरानो व्यवस्थाबाट लिइयो। . . . यस विषयमा पुरानो सकारात्मक विधान ५६७ मा टुर्समा भेला भएका विशपहरूको पत्र र ५८५ मा भएको काउन्सिल अफ माकोनको [धार्मिक आदेशमा] समावेश भएको देखिन्छ।”— द क्याथोलिक इन्साइक्लोपीडिया।
[स्रोत]
Coin, top left: Pictorial Archive (Near Eastern History) Est.
[पृष्ठ ४, ५-मा भएको चित्र]
स्वेच्छाले दिंदा आनन्द पाइन्छ
[पृष्ठ ७-मा भएका चित्रहरू]
स्वैच्छिक अनुदानले प्रचार कार्य, आकस्मिक उद्धार कार्य र सभा स्थलहरूको निर्माण कार्यको लागि चाहिने आर्थिक खर्च बेहोर्छ