सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

तपाईं परमेश्‍वरलाई के सोध्न चाहनुहुन्छ?

तपाईं परमेश्‍वरलाई के सोध्न चाहनुहुन्छ?

तपाईं परमेश्‍वरलाई के सोध्न चाहनुहुन्छ?

संसारभरिका मानिसहरूले जीवनसम्बन्धी जटिल प्रश्‍नहरू सोध्ने गर्छन्‌। तपाईं नि? थुप्रैले धार्मिक गुरुहरूलाई प्रश्‍न सोधेका छन्‌ तर चित्तबुझ्दो जवाफ पाएका छैनन्‌। अरूले भने ती प्रश्‍नहरूबारे मनमनै सोचेका छन्‌। कतिले निर्देशनको लागि प्रार्थना गरेका छन्‌। आफूलाई अलमल्ल पार्ने प्रश्‍नहरूबारे के परमेश्‍वरबाट जवाफ पाउनु साँच्चै सम्भव छ? थुप्रै मानिसहरूले परमेश्‍वरलाई सोध्न चाहेका प्रश्‍नहरूमध्ये केही यसप्रकार छन्‌।

हे परमेश्‍वर! तपाईं वास्तवमा को हुनुहुन्छ?

परमेश्‍वरबारे मानिसहरूको दृष्टिकोण तिनीहरूको संस्कृति, आफ्ना आमाबाबुको धर्म र सम्भवतः आफ्नै छनौटले गर्दा प्रभावित हुन्छ। कसै-कसैले देवताको नाउँ लिन्छन्‌ भने कसैले परमेश्‍वर मात्र भन्छन्‌। के यसले कुनै फरक पार्छ? के हामीलाई आफ्नो विषयमा बताउनुहुने र नाउँ प्रकट गर्नुहुने एक मात्र साँचो परमेश्‍वर हुनुहुन्छ र?

यति धेरै दुःखकष्ट हुनुको कारण के हो?

मानिसको लापरवाह र अनैतिक जीवन शैलीले गर्दा आफ्नो स्वास्थ्य बिग्रेको वा गरिब हुन पुगेका छन्‌ भने, तिनले गुनासो गर्लान्‌। तर तिनलाई आफू यस्तो अवस्थामा पर्नुको कारण थाह होला।

तथापि, अरू थुप्रैले भने आफ्नो कुनै दोष नभईकन गम्भीर दुःखकष्ट भोग्छन्‌। कोही-कोही दीर्घकालीन रोगबाट पीडित छन्‌। अरू कति भने आफ्नो टाउको लुकाउने ठाउँ र परिवारको लागि भरपेट भोजन दिन नसकेको कारण पीडाको चक्रमा रुमलिरहेका छन्‌। लाखौं भने अपराध, युद्ध, मनपरी हिंसा, प्राकृतिक प्रकोप वा अख्तियारवालाहरूको हातबाट अन्यायजस्ता कुराहरूको सिकार भएका छन्‌।

त्यसैकारण धेरैले यस्तो प्रश्‍न उठाउनुको कारण बुझ्न सक्छौं: ‘यस्तो अवस्था यति व्यापक हुनुको कारण के हो? परमेश्‍वरले किन यो सबै दुःखकष्ट हुन दिनुहुन्छ?’

म यहाँ किन छु? जीवनको उद्देश्‍य के हो?

आफ्नो दैनिक क्रियाकलापले जीवनमा कुनै सन्तुष्टि दिन नसकेको अवस्थामा यस्ता प्रश्‍नहरू उठ्‌छन्‌ र धेरै मानिसहरू यस्तै परिस्थितिमा छन्‌। अरू लाखौं भने प्रत्येक मानिसको जीवन परमेश्‍वरले पूर्वनिर्धारण गर्नुभएको हुन्छ भन्‍ने विश्‍वास गर्छन्‌। के त्यस्तै हो? परमेश्‍वरले तपाईंको लागि एउटा विशेष उद्देश्‍य राख्नुभएको छ भने, तपाईं त्यो पक्कै जान्‍न चाहनुहुनेछ।

संसारमा भएका सबै पुस्तकहरूमध्ये एउटाले परमेश्‍वरबाट प्रेरणा पाएको स्पष्टसित बताउँछ। परमेश्‍वरले मानिसजातिको लागि दिनुभएको सन्देशबाट तपाईंले आशा गर्नुभएझैं यो पुस्तक सबैभन्दा बढी भाषामा उपलब्ध छ। यो पवित्र बाइबल हो। यसमा स्वर्ग र पृथ्वीका सृष्टिकर्ता, परमेश्‍वर स्वयंले उहाँ को हुनुहुन्छ र उहाँको नाउँ के हो भनेर प्रकट गर्नुभएको छ। के तपाईंलाई त्यो नाउँ थाह छ? परमेश्‍वर कस्तो प्रकारको व्यक्‍ति हुनुहुन्छ भनेर बाइबलले बताउने कुरा के तपाईंलाई थाह छ? परमेश्‍वर तपाईंबाट के चाहनुहुन्छ भनेर यसले बताउने कुरा के तपाईंलाई थाह छ?

[पृष्ठ २-मा भएको चित्रको स्रोत]

COVER: Chad Ehlers/Index Stock Photography

[पृष्ठ ३-मा भएको चित्रको स्रोत]

Mountain: Chad Ehlers/Index Stock Photography