आत्म-सन्तुष्टिको रहस्य सिक्ने
आत्म-सन्तुष्टिको रहस्य सिक्ने
फिलिप्पीका मसीहीहरूलाई पठाएको प्रोत्साहनजनक पत्रमा प्रेरित पावलले यस्तो लेखे: “जुनसुकै परिस्थितिमा म भएँ पनि त्यसैमा [आत्म] सन्तुष्ट रहन मैले सिकेको छु। . . . हरेक कुरामा र सम्पूर्ण कुरामा तृप्त हुने पनि र भोको हुने पनि, प्रशस्त हुने र खाँचोमा पर्ने पनि गुप्त कुरो मैले सिकेको छु।”—फिलिप्पी ४:११, १२.
पावल आत्म-सन्तुष्ट रहन सक्नुको रहस्य के थियो? हाम्रो समयको महँगी र आर्थिक अस्थिरतालाई विचार गर्दा साँचो मसीहीहरूले आत्म-सन्तुष्ट हुन सिक्नु साँच्चै लाभदायी हुनेछ किनभने तब तिनीहरूले परमेश्वरको सेवामा ध्यानकेन्द्रित गर्न सक्नेछन्।
पावलले आफ्नो पत्रको सुरुमा आफ्नो पहिलाको सफल पेसाबारे व्याख्या गरे। तिनले यसो भने: “तथापि अरू कसैले शरीरमा दृढ विश्वास राख्ने बिचार गर्दछ भने म झन् बढता गर्दछु। आठौं दिनमा मेरो खतना भएको हो। म इस्राएल जातिको बिन्यामीन कुलको, हिब्रूहरूको हिब्रू, व्यवस्थाको विषयमा हो भने, एक फरिसी, जोशको विषयमा हो भने, मण्डलीलाई सताउने, धार्मिकताको विषयमा हो भने, व्यवस्थामा भएको धार्मिकताबमोजिम निर्दोष ठहरिएको हुँ।” (फिलिप्पी ३:४-६) साथै, जोसिलो यहूदीको हैसियतमा पावलले यरूशलेमका प्रधान पूजाहारीको समर्थनका साथै कार्यभार पनि पाएका थिए। तिनलाई यहूदी प्रणाली अन्तर्गत राजनैतिक, धार्मिक र आर्थिक दृष्टिकोणबाट शक्ति र सम्मान दिने प्रतिज्ञा गरिएको थियो।—प्रेरित २६:१०, १२.
तथापि, पावल जोसिला मसीही सेवक भइसकेपछि परिस्थितिमा आमूल परिवर्तन आयो। सुसमाचारको खातिर तिनले आफ्नो सफल पेसा र महत्त्वपूर्ण ठानिने पहिलाको सबै कुरा राजीखुसीले त्यागे। (फिलिप्पी ३:७, ८) अब तिनले आफ्नो जीविका कसरी चलाउन सक्थे? सेवकको हैसियतमा के तिनले भत्ता पाउने थिए? तिनका व्यक्तिगत आवश्यकताहरू कसरी पूरा हुनेथिए?
पावलले आफ्नो सेवकाईको लागि कुनै पैसा लिएनन्। सेवा पुऱ्याउनेहरूमाथि भार नपरोस् भनेर पावलले आफ्नो जीविकोपार्जनको लागि अक्वीला र प्रिस्किलासित पाल बनाउने तथा अरू काम पनि गरे। (प्रेरित १८:१-३; १ थिस्सलोनिकी २:९; २ थिस्सलोनिकी ३:८-१०) पावलले तीनवटा बृहत् मिसनरी यात्रा गरे अनि तिनको उपस्थितिको खाँचोमा परेका मण्डलीहरूमा गए। परमेश्वरको सेवामा पूर्णतया व्यस्त भएकोले तिनीसित भौतिक सरसम्पत्ति धेरै थिएन। अक्सर भाइहरूले तिनको आवश्यकता पूरा गरिदिन्थे। तर कहिलेकाहीं प्रतिकूल परिस्थितिको कारण तिनी अभावमा हुन्थे। (२ कोरिन्थी ११:२७; फिलिप्पी ४:१५-१८) तैपनि पावलले आफ्नो अवस्थाबारे कहिल्यै गनगन गरेनन् र अरूसँग भएको कुराको लालसा गरेनन्। तिनले सँगी मसीहीहरूको लाभको लागि स्वेच्छाले खुसीसाथ कडा परिश्रम गरे। भन्ने हो भने, येशूका यी प्रख्यात शब्दहरू उद्धृत गर्ने पावल नै थिए: “लिनुभन्दा दिनु अझ असल हो।” हामी सबैको लागि कस्तो उत्कृष्ट उदाहरण!—प्रेरित २०:३३-३५.
आत्म-सन्तुष्टिको अर्थ
पावलले आनन्द र सन्तुष्टि महसुस गर्नुको प्रमुख कारण तिनको आत्म-सन्तुष्टि थियो। तर आत्म-सन्तुष्ट हुनुको अर्थ के हो? सरल शब्दमा भन्ने हो भने आधारभूत कुराहरूमै सन्तुष्ट हुनु। यस सन्दर्भमा पावलले सेवकाईमा आफ्ना सँगी तिमोथीलाई यसो भने: “सन्तुष्टता सहितको भक्तिनै ठूलो लाभ हो। किनकि हामीले नता यस दुनियाँमा केही ल्यायौं, न केही बोकी लैजानसक्छौं, तर खान र लाउन भएपछि हामी त्यसमा सन्तुष्ट हुनेछौं।”—१ तिमोथी ६:६-८.
याद गर्नुहोस्, पावलले आत्म-सन्तुष्टि र ईश्वरीय-भक्तिबीचको सम्बन्ध उल्लेख गरे। साँचो आनन्द ईश्वरीय भक्तिबाट अर्थात् परमेश्वरको सेवालाई प्राथमिकता दिंदा पाइन्छ, भौतिक धनसम्पत्तिबाट होइन भनी तिनले बुझेका थिए। ‘खान र लाउन’ भनेको ईश्वरीय भक्तिको मार्गमा अन्तसम्म लागिरहन मदत गर्ने माध्यम मात्र थियो। त्यसकारण पावलले बुझेअनुसार आत्म-सन्तुष्टिको रहस्य थियो: परिस्थिति जस्तोसुकै भए तापनि यहोवामाथि भरोसा राख्नुहोस्।
आज थुप्रै मानिसले जीवनमा धेरै फिक्री र दुःख अनुभव गर्छन् किनभने तिनीहरूलाई त्यो रहस्यबारे थाह छैन वा थाह पाएर पनि बेवास्ता गर्छन्। आत्म-सन्तुष्टि खेती गर्नुको सट्टा पैसा र पैसाले किन्न सक्ने कुराहरूमा तिनीहरू आफ्नो भरोसा राख्छन्। विज्ञापनजगत् र सञ्चार माध्यमले मानिसहरूलाई नवीनतम, महँगो सरसामान र उपकरणहरू भएन भने खुसी हुन सकिंदैन; १ तिमोथी ६:९, १०.
त्यसैले जसरी भए पनि यी सबै थोक किन्नुपर्छ भन्ने भान पार्छन्। फलस्वरूप थुप्रै पैसा तथा भौतिक कुराहरू हासिल गर्ने भागदौडको सिकार हुन्छन्। आनन्द र सन्तुष्टि पाउनुको सट्टा तिनीहरू “सर्वनाश र विनाशमा डुबेका मानिसझैं परीक्षा र पासो, औ धेरै मूर्ख र हानिकारक अभिलाषाहरूमा फस्तछन्।”—तिनीहरूले रहस्य बुझेका छन्
अहिलेको युगमा ईश्वरीय भक्ति र आत्म-सन्तुष्टिसाथ जीवन बिताएर आनन्द तथा सन्तुष्टि प्राप्त गर्नु के वास्तवमा सम्भव छ? छ। साँच्चै भन्ने हो भने, आज लाखौं मानिसहरूले ठीक त्यस्तै गरिरहेका छन्। तिनीहरूले आफूसँग भएका भौतिक कुराहरूमै सन्तुष्ट रहने रहस्य सिकेका छन्। तिनीहरू यहोवाका साक्षीहरू हुन् जसले आफ्नो जीवन यहोवालाई समर्पित गरेका छन् र उहाँको इच्छाअनुसार सबै मानिसहरूलाई परमेश्वरको उद्देश्य सिकाइरहेका छन्।
मत्ती २४:१४) अक्सर तिनीहरूलाई खटाइने देश, आफू बसोबास गर्दै आएको देशभन्दा भौतिक तवरमा सम्पन्न हुँदैनन्। उदाहरणका लागि, सन् १९४७ को सुरुतिर मिसनरीहरू एउटा एसियाली देशमा आइपुग्दा त्यहाँ युद्धको प्रभाव अझै व्याप्त थियो र धेरै घरहरूमा बिजुलीको सुविधा थिएन। थुप्रै देशहरूमा विद्युतद्वारा चल्ने मेसिनको सट्टा बाटामा वा नदी छेउको ढुंगामा पिटेर लुगा धुनुपर्ने कुरा मिसनरीहरूले थाह पाए। तर तिनीहरू मानिसहरूलाई बाइबलको सत्य कुरा सिकाउन आएको हुँदा स्थानीय अवस्थामा घुलमिल भए र सेवकाईमा व्यस्त हुन थाले।
उदाहरणका लागि, परमेश्वरको राज्यको सुसमाचार प्रचार गर्न प्रशिक्षण दिएर बिरानो भूमिमा मिसनरीको रूपमा पठाइने स्वयम्सेवकहरूलाई सम्झनुहोस्। (अरूले पूर्ण-समय सेवकाईलाई अँगालेका छन् वा सुसमाचार नपुगेको ठाउँमा प्रचार गर्न बसाइँ सरेका छन्। अडोल्फले मेक्सिकोको विभिन्न भागमा ५० वर्षभन्दा लामो समय पूर्ण-समय सेवकको रूपमा सेवा गरे। तिनी भन्छन्: “प्रेरित पावलजस्तै मेरी श्रीमती र मेलै परिस्थितिहरूअनुसार काँटछाँट गर्न सिकेका छौं। उदाहरणका लागि, हामी गएको एउटा मण्डली शहर वा बजारभन्दा धेरै टाढा थियो। हरेक भोजनमा भाइहरू त्यहाँ टोर्टिला भनिने एक प्रकारको एउटा रोटीमा अलिकति घिउ दलेर नूनसँग खान्थे अनि एक कप कफीमै चित्त बुझाउँथे। भन्ने हो भने, जम्मा तीनवटा टोर्टिलाले दिनभरि धान्नुपर्थ्यो। त्यसैले हामीले पनि ती भाइहरूजस्तै जिउन सिक्यौं। यहोवालाई पूर्ण-समय सेवा गरेको यो ५४ वर्षमा मैले यस्ता थुप्रै अनुभवहरूको आनन्द उठाएको छु।”
फ्लोरेनटिनो आफू र आफ्नो परिवारले कसरी कठिन परिस्थितिअनुसार काँटछाँट गर्नुपऱ्यो भनी बताउँछन्। आफ्ना पुराना दिनहरू सम्झँदै तिनी यसो भन्छन्: “मेरो बुबा सम्पन्न व्यापारी हुनुहुन्थ्यो। उहाँको थुप्रै जग्गाजमिन थियो। हाम्रो किराना पसलको काउन्टर मलाई अझ पनि याद छ। त्यहाँ लगभग ५० सेन्टिमिटर चौडा र २० सेन्टिमिटर गहिरो एउटा चार खण्डे कन्तुर थियो। त्यहाँ हामीले दिनभरि कमाएको पैसा हाल्थ्यौं र बेलुका हुँदासम्म त्यो सधैं अटाई-नअटाई भइसकेको हुन्थ्यो।
“तर अकस्मात् हामीले आर्थिक कठिनाइको सामना गर्नुपऱ्यो र प्रशस्तताबाट हामी कंगाल अवस्थामा पुग्यौं। घरबाहेक सबै कुरा गुमायौं। यसमाथि मेरो एक जना दाइ दुर्घटनामा पर्नुभयो र उहाँको दुइटै खुट्टा पक्षघात भयो। त्यसपछि परिस्थिति अर्कै भयो। केही समयको लागि मैले फलफूल र मासु बेच्ने काम गरें। कपास, अंगुर र अलफाल्फा नाउँको घाँस कटनी कार्य र रोपाइँमा पनि मैले भाग लिएँ। कसै-कसैले मलाई सबथोकको अलि-अलि ज्ञान भएको मानिस भन्ने गर्थे। मेरी आमाले अक्सर हामीलाई सान्त्वना दिंदै भन्नुहुन्थ्यो—थोरै मानिससँग मात्र भएको आध्यात्मिक प्रशस्तता हामीसँग छ। त्यसैले प्रशस्तता र अभाव दुवैमा सन्तुष्ट हुन सिकेको छु। अहिले मैले यहोवाको पूर्ण-समय सेवा गरेको २५ वर्ष भइसक्यो र मैले सर्वोत्तम मार्ग अर्थात् यहोवाको पूर्ण-समय सेवा गर्ने छनौट गरेर थुप्रै आशिष्हरूको अनुभव गरेको छु भन्न सक्छु।”
“यस संसारको रूप बितेर जाँदैछ” भनेर बाइबलले हामीलाई स्पष्टसित बताउँछ। यसैकारण हामीलाई यस्तो आग्रह पनि गरिएको छ: “आनन्द गर्नेहरू आनन्द नगर्नेहरूजस्ता, औ यस संसारका रीतिमा चल्नेहरू नचलनेहरूजस्ता होऊन्।”—१ कोरिन्थी ७:२९-३१.
त्यसकारण तपाईंको जीवनलाई नियालेर हेर्ने समय अहिल्यै हो। तपाईंसित सीमित स्रोत मात्रै छ भने द्वेष र तीतोपना तथा ईर्ष्याका भावना विकास हुन नदिन सावधान हुनुहोस्। अर्कोतर्फ, तपाईंसँग जे जति भौतिक सामानहरू छन्, त्यसप्रति उचित दृष्टिकोण राख्न सिक्नु बुद्धिमानी हो ताकि तपाईं ती कुराहरूको दास हुनुहुने छैन। प्रेरित पावलले भनेझैं हरहालतमा तपाईंको आशा, “अनिश्चित सम्पत्तिमा होइन, तर हामीलाई सबै चीज प्रशस्तसँग उपभोग गर्न दिनुहुने, परमेश्वरमाथिनै” राख्नुहोस्। तपाईंले त्यसो गर्नुभयो भने मैले आत्म-सन्तुष्टिको रहस्य सिकेको छु भनेर भन्न सक्नुहुनेछ।—१ तिमोथी ६:१७-१९.
[पृष्ठ ९-मा भएको चित्र]
अरूमाथि बोझ नहुन पावलले आफै परिश्रम गरे
[पृष्ठ १०-मा भएका चित्रहरू]
हजारौंले “ईश्वरीय भक्तिका सँगसँगै आत्म-सन्तुष्टिको” जीवनबाट आनन्द उठाइरहेका छन्