धूप बाल्नु साँचो उपासनामा के यसको कुनै स्थान छ?
धूप बाल्नु साँचो उपासनामा के यसको कुनै स्थान छ?
“परमेश्वरलाई बास्ना मन पर्छ।” यो भनाइ मिश्रीहरूमाझ लोकप्रिय थियो। तिनीहरूले धूप बाल्नु उपासनाको एउटा महत्त्वपूर्ण भाग ठान्थे। ईश्वरहरू नजिकै छन् भन्ने विश्वासमा मिश्रीहरूले मन्दिर तथा घरको वेदी र अन्य काममा संलग्न हुँदासमेत दिनहुँ धूप बाल्थे। अरू राष्ट्रहरूको पनि यस्तै प्रचलन थियो।
धूप भनेको के हो? यसले धुवाँलाई वा आगोमा सल्काइने द्रव्य विशेषलाई बुझाउँछ। यो लोबान र तिउरी तेलजस्ता सुगन्धित खोटो र मैनबाट बनाइएको हुन्छ। यसलाई धूलो बनाइन्छ अनि खास-खास कामको लागि फरक-फरक सुगन्ध बनाउन मसला, रूखको बोक्रा र फूलहरूसित मिसाइन्छ।
पुरातन समयमा धूपलाई असाध्यै मनमोहक तथा मूल्यवान् वस्तु मानिने हुँदा व्यापारको महत्त्वपूर्ण सामान बन्न पुग्यो। ठूलो बथानमा यात्रा गर्ने टोलीहरूले टाढा टाढाबाट धूप लिएर आउँथे। तपाईंलाई यादै होला याकूबको जवान छोरा यूसुफलाई “मिश्र तिर सुगन्धित धूप, सुगन्धित लेप, मूर्र इत्यादि ऊँटहरूमा लादेर लगिरहेका सगलादबाट आएको” इश्माएली यात्री दललाई बेचेका थिए। (उत्पत्ति ३७:२५) धूपको माग निकै बढेको हुँदा धूप व्यापारीहरूले एसिया र युरोपबीच व्यापार मार्ग सुरु गरे।
आजका थुप्रै धर्महरूमा अझै पनि विभिन्न समारोह तथा रीतिथितिमा धूप बाल्ने चलन छ। साथै, कतिपय मानिसहरूले सुगन्धको लागि मात्र पनि आफ्नो घरमा धूप बाल्छन्। मसीहीहरूले धूप बाल्नुलाई कस्तो दृष्टिकोणले हेर्नुपर्छ? उपासनाको सन्दर्भमा यसको प्रयोग गर्नु के परमेश्वरको लागि स्वीकार्य छ? यसबारे बाइबल के भन्छ, आउनुहोस् केलाएर हेरौं।
“परमप्रभुको निम्ति पवित्र”
पुरातन इस्राएलीहरूमाझ बासस्थानको पूजाहारीगिरीको कार्यमा मुख्यतया धूप बालिन्थ्यो। म्याकक्लिनटक र स्ट्रङको साइक्लोपीडिया यसो भन्छ: “निस्सन्देह, हिब्रूहरूले धूप बाल्नुलाई उपासनाको महत्त्वपूर्ण भाग वा पवित्र भेटी ठान्ने हुँदा तिनीहरूले यसबाहेक अरू कुनै पनि कुराको लागि धूप प्रयोग गरेको पाउँदैनौं।”
यहोवा परमेश्वरले बासस्थानमा बाल्नको लागि चारवटा तत्त्व मिसाएर बाल्न अह्राउनुभएको थियो: “सुगन्धित मसाला, नखी र कुन्दहरू र सालधूप शुद्ध मूर्र समेत सुगन्धित मसालाहरू तौलमा सबै बराबर लिएर त्यसको धूप बनाउनू, अर्थात् नून मिसाएर अत्तर बनाउनेले जस्तै निखुर र पवित्र सुगन्धित मसाला बनाउनू। त्यसमध्ये केही कुटेर मसिनो पार्नू र अलिकता चाहिं भेट हुने पालमा तँसित भेट गर्ने स्थानमा साक्षी-पाटीको सामने राख्नू।” (प्रस्थान ३०:३४-३६) शास्त्रविद्हरूका अनुसार मन्दिरमा प्रयोग गर्नको लागि अरू तत्त्वहरू रब्बी यहूदीहरूले पछि थपेका थिए।
बासस्थानमा बालिने धूप पवित्र थियो अनि त्यसलाई परमेश्वरको उपासनामा मात्र प्रयोग गरिन्थ्यो। यहोवाले यस्तो आज्ञा दिनुभयो: “जुन धूप तैंले बनाउँछस् त्यसको प्रस्थान ३०:३७, ३८) तोकिएको वेदीमा पूजाहारीहरूले दिनको दुई चोटि धूप बाल्थे। (२ इतिहास १३:११) प्रायश्चितको दिनमा प्रधान पूजाहारीले महा-पवित्रस्थानमा धूप बाल्थे।—लेवी १६:१२, १३.
मिसावटअनुसार तिमीहरूले आफ्नै निम्ति नबनाउनू। त्यो तेरो नजरमा परमप्रभुको निम्ति पवित्र होस्। कसैले अत्तरको निम्ति त्यो जस्तै बनायो भने त्यो आफ्ना मानिसहरूबाट बहिष्कृत होस्।” (सबै धूप भेटी परमेश्वरको लागि स्वीकार्य थिएन। उहाँले पूजाहारी भई टोपलेर धूप भेटी चढाउने गैरपूजाहारीहरूलाई सजाय दिनुभयो। (गन्ती १६:१६-१८, ३५-४०; २ इतिहास २६:१६-२०) झूटो धर्ममा संलग्न हुनुका साथै रक्तपातले भरिएका हातले धूप बाल्दा यहोवाले यहूदी राष्ट्रले चढाएको धूप स्वीकार्नुभएन। तिनीहरूको कपट देखेर यहोवाले यस्तो घोषणा गर्नुभयो: “धूप ता मेरो निम्ति घिनलाग्दो छ।” (यशैया १:१३, १५) यहोवाको उपासना गर्ने सन्दर्भमा इस्राएलीहरू अत्यन्तै लापरवाह भएको हुँदा तिनीहरूले मन्दिरका ढोकाहरू बन्द गरिदिए अनि अर्कै वेदीमा धूप बाले। (२ इतिहास २८:२४, २५) वर्षौंपछि तिनीहरूले यो पवित्र धूप झूटा देवहरूको पतित उपासनामा समेत प्रयोग गरे। त्यस्ता प्रचलन यहोवाको लागि निन्दनीय थियो।—इजकिएल १६:२, १७, १८.
धूप तथा प्रारम्भिक मसीहीहरू
व्यवस्थाको करारलगायत पवित्र धूप चढाउने पूजाहारीहरूको आदेश, सा.यु. ३३ मा ख्रीष्टले नयाँ करारको सुरुआत गर्नुहुँदा अन्त भयो। (कलस्सी २:१४) प्रारम्भिक मसीहीहरूले धार्मिक उद्देश्यको लागि धूप बाल्थे भन्ने कुनै विवरण पाइँदैन। यस सन्दर्भमा म्याकक्लिनटक र स्ट्रङको साइक्लोपीडिया यसो भन्छ: “[प्रारम्भिक मसीहीहरूले] धूप प्रयोग गर्दैनथे भन्ने कुरा पक्का छ। यसको प्रयोग गर्नु मूर्तिपूजाको चिनारी थियो . . . भक्तले दुई चार दाना धूप मूर्तिपूजक वेदीमा फ्याँक्नु पनि मूर्तिपूजा गर्नुसरह थियो।”
प्रारम्भिक मसीहीहरूले रोमी सम्राट्को “ईश्वरत्व” स्वीकार्दै धूप बाल्न इन्कार गरे र यसको परिणामस्वरूप तिनीहरूको ज्यानसमेत जान सक्थ्यो। (लूका ४:८; १ कोरिन्थी १०:१४, २०) त्यतिबेला मूर्तिपूजक कार्यहरूको लागि धूपको प्रयोग भएको हुँदा प्रारम्भिक मसीहीहरूले धूपको व्यापारमा समेत भाग नलिनु कुनै अचम्मको कुरा होइन।
अहिले धूप बाल्ने
अहिले धूपको प्रयोग कसरी गरिन्छ? मसीहीजगत्का थुप्रै चर्चहरूमा विभिन्न समारोह तथा चर्चको रीतिथितिमा धूप बालिन्छ। थुप्रै एसियाली परिवारहरूले मन्दिर वा घरको वेदीमा देवहरूको आदर गर्न तथा मृतकहरूबाट सुरक्षाको लागि धूप बाल्छन्। धार्मिक समारोहहरूमा उक्त स्थान धूपको धुवाँले भर्न, निको पार्न, चोख्याउन र जोगाउन प्रयोग गरिन्छ।
धर्ममा कुनै आस्था नराख्ने मानिसहरूको माझ पनि धूपको प्रयोग बढ्न थालेको छ। कसै-कसैले ध्यान गर्दा
धूप बाल्छन्। एउटा निर्देशन पुस्तकले भौतिक संसारभन्दा टाढाको “अर्कै संसार” पुग्न र “विशेष शक्ति” प्राप्त गर्न धूप प्रयोग गर्ने सुझाव दिन्छ। जीवनका समस्याहरूको समाधान भेटाउन उक्त पुस्तकले “अलौकिक शक्तिसित” सम्पर्क कायम गर्न धूप बाल्ने प्रचलनहरूमा भाग लिने सल्लाह दिन्छ। के ती प्रचलनहरू मसीहीहरूको लागि उचित छन्?झूटा धार्मिक प्रचलनहरूलाई शुद्ध उपासनासित छ्यासमिस गर्न खोज्नेहरूको यहोवाले ठाडै निन्दा गर्नुहुन्छ। प्रेरित पावलले यशैयाको भविष्यवाणी उद्धरण गरे अनि मसीहीहरूलाई लागू गर्दै झूटा धर्मको अशुद्ध प्रभावबाट अलग्गै बस्न आग्रह गरे। तिनले लेखे: “ ‘तिनीहरूका बीचबाट निस्केर आओ, र तिमीहरू अलग होओ।’ परमप्रभु भन्नुहुन्छ, ‘औ अशुद्ध कुरो नछोओ, र म तिमीहरूलाई ग्रहण गर्नेछु।’ ” (२ कोरिन्थी ६:१७; यशैया ५२:११) साँचो मसीहीहरू झूटा धर्म वा प्रेतवादसित सम्बन्धित सबै कुराबाट अलग बस्न सजग हुन्छन्।—यूहन्ना ४:२४.
के यसको मतलब धार्मिक समारोह तथा प्रेतवादसित सम्बन्धित कुराहरूमा धूप प्रयोग गरिन्छ भन्दैमा धूप बाल्नु नै गलत हो? त्यसो होइन। शायद धूपको सुगन्धित बास्नाको लागि कसै-कसैले आफ्नो घरमा धूप बाल्न रुचाउलान्। (हितोपदेश २७:९) तैपनि धूप बाल्ने सन्दर्भमा मसीहीले केही पक्षहरूलाई विचार गर्नुपर्छ। के तपाईंको इलाकाका मानिसहरूले धूप बाल्नुको सम्बन्ध झूटा धार्मिक प्रचलनसित जोड्छन्? के तपाईंको समुदायमा धूप बाल्नु र प्रेतवादी प्रचलनहरूबीच कुनै सम्बन्ध छ? वा गैरधार्मिक कार्यहरूको लागि साधारणतया यसको प्रयोग गरिन्छ कि?
यदि कसैले धूप बाल्ने निर्णय गर्छ भने तिनले आफ्नो अन्तस्करण र अरूका भावनाहरू दुवैको विचार गर्नुपर्छ। (१ कोरिन्थी १०:२९) प्रेरित पावलले रोमीहरूलाई भनेका शब्दहरू तिनले लागू गर्नुपर्छ। पावलले यस्तो लेखे: “यसरी हामी शान्ति हुने र आपसमा सुधार्ने कुराको पछि लागौं। खानेकुराको खातिर परमेश्वरको कामलाई नाश नगर। सबै कुरा साँच्चिनै शुद्ध छन्, तापनि बाधा पारेर खाने मानिसलाई खराबी हुन्छ। असल ता हुन्छ, मासु नखानु, मद्य नपिउनु, केही नगर्नु, जसबाट तिम्रो भाइलाई बाधा पर्छ।”—रोमी १४:१९-२१.
“धूपजस्तै” प्रार्थनाहरू
इस्राएलीहरूमाझ धूप बाल्नु भनेको परमेश्वरले सुन्नुहुने प्रार्थनाहरूको उचित प्रतीक थियो। यसर्थ, भजनरचयिता दाऊदले यहोवालाई यस्तो भजन गाए: “मेरो प्रार्थना तपाईंको सामने धूपजस्तै . . . ठहरिओस्।”—भजन १४१:२.
विश्वासी इस्राएलीहरूले धूप बाल्नु भनेको निरर्थक रीति मात्र ठान्दैनथे। तिनीहरू यहोवाले भन्नुभएझैं तरिकामा धूप तयार पार्न तथा बाल्न निकै प्रयास गर्थे। शाब्दिक धूप प्रयोग गर्नुको साटो मसीहीहरू अहिले स्वर्गमा हुनुहुने हाम्रो पिताप्रति गहिरो मूल्यांकन झल्काउने प्रार्थनाहरू चढाउँछन्। मन्दिरका पुरोहितले चढाउने सुगन्धित धूपजस्तै परमेश्वरको वचनले हामीलाई यस्तो आश्वासन दिन्छ: “असल मानिसको प्रार्थनादेखि उहाँ प्रसन्न हुनुहुन्छ।”—हितोपदेश १५:८.
[पृष्ठ २९-मा भएका चित्रहरू]
बासस्थान र मन्दिरमा बालिने धूप पवित्र थियो
[पृष्ठ ३०-मा भएको चित्र]
मनन गर्नको लागि धूप बाल्नु के मसीहीहरूको लागि उचित हो?