सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

‘सुलेमान यिनीहरूमध्ये एउटा जत्ति सिंगारिएका थिएनन्‌’

‘सुलेमान यिनीहरूमध्ये एउटा जत्ति सिंगारिएका थिएनन्‌’

‘सुलेमान यिनीहरूमध्ये एउटा जत्ति सिंगारिएका थिएनन्‌’

हाँ देखाइएजस्ता जंगली फूलहरू अफ्रिकाको दक्षिण भेगको सडक छेउमा जताततै देखिन्छन्‌। यी फूलहरूलाई कसमस भनिन्छ र यसको मूल थलो चाहिं अमेरिकी उष्ण कटिबन्धीय क्षेत्र हो। यी सुन्दर जंगली फूलहरू देख्दा, येशूले सिकाउनुभएको एउटा पाठ हाम्रो मनमा आउन सक्छ। उहाँका प्रायजसो श्रोताहरू गरिब थिए अनि तिनीहरू आफ्नो भोजन र लत्ताकपडा जस्ता शारीरिक आवश्‍यकताबारे चिन्तित थिए।

येशूले तिनीहरूलाई यस्तो प्रश्‍न गर्नुभयो, “लुगा-फाटाको निम्ति तिमीहरू किन फिक्री मान्दछौ? मैदानका लिली फूललाई विचार गर, ती कसरी बढदछन्‌। ती न परिश्रम गर्दछ, न धागो कात्तछ, तैपनि म तिमीहरूलाई भन्दछु, सुलेमान राजा पनि आफ्ना गौरवमा यिनीहरूमध्ये एउटा जत्ति सिंगारिएका थिएनन्‌।”—मत्ती ६:२८, २९.

येशूले कस्तो प्रकारको फूलबारे कुरा गर्दै हुनुहुन्थ्यो भनेर थुप्रैले अनुमान लाएका छन्‌। तथापि, येशूले एउटा सामान्य घाँससित तुलना गर्दै यसो भन्‍नुभयो: “परमेश्‍वरले आज हुने र भोलि चुल्हामा फालिने मैदानका घाँसलाई यसरी पहिराउनुहुन्छ भने, ए अल्पविश्‍वासी हो के तिमीहरूलाई झन्‌ बढता गरी उहाँले पहिराउनुहुनेछैन र?”—मत्ती ६:३०.

कसमस जातिको फूल इस्राएलमै नपाइने भए तापनि येशूले सिकाउनुभएको पाठ सिक्न अवश्‍य मदत गर्छ। नजिकबाट हेर्दा होस्‌ वा टाढाबाट, यो फूल अत्यन्तै राम्रो हुन्छ र फोटोग्राफर तथा कलाकारहरू यसमा रमाउँछन्‌। येशूले “सुलेमान राजा पनि आफ्ना गौरवमा यिनीहरूमध्ये एउटा जत्ति सिंगारिएका थिएनन्‌” भन्‍नुहुँदा बढाइचढाइ गरिरहनुभएको थिएन।

आज हामी यसबाट कस्तो पाठ सिक्न सक्छौं? परमेश्‍वरको सेवा गर्नेहरू कठिन समयमा पनि उहाँले तिनीहरूको आवश्‍यकता पूरा गरिदिनुहुनेछ भनी निर्धक्क हुन सक्छन्‌। येशूले यस्तो भन्‍नुभयो: “[परमेश्‍वरको] राज्यको खोजी गर, र यी [आवश्‍यक भोजन र पहिरनजस्ता] सबै कुराहरू तिमीहरूलाई थपिनेछन्‌।” (लूका १२:३१) हो, परमेश्‍वरको राज्यको खोजी गर्दा हामी साँच्चै लाभ उठाउन सक्छौं। तर परमेश्‍वरको राज्य के हो र यसले मानिसजातिको लागि के गर्नेछ भनेर तपाईंलाई थाह छ? तपाईंलाई बाइबलबाट यी प्रश्‍नहरूको जवाफ दिन यहोवाका साक्षीहरू खुसी हुनेछन्‌।