सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

सबैभन्दा उत्कृष्ट किसिमको प्रेम

सबैभन्दा उत्कृष्ट किसिमको प्रेम

सबैभन्दा उत्कृष्ट किसिमको प्रेम

मसीही युनानी धर्मशास्त्र वा नयाँ नियममा “प्रेम” भनी अनुवाद गरिएको अधिकांश अभिव्यक्‍ति युनायी शब्द अगापे-बाट लिइएको हो।

त्यस शब्दको अर्थ बुझाउँदै सन्दर्भ स्रोत, इन्साइट अन द स्क्रिप्चर्स a यसो भन्छ: “[ अगापे] भनेको सामान्यतया विचार गरिने जस्तो व्यक्‍तिगत आत्मीयतामा आधारित भावनाको बहाव होइन तर सिद्धान्त, कर्तव्य र निष्कपटतासाथ सही ढंगमा अरूको भलाइ खोज्नुमा प्रत्यक्षत आधारित नैतिक वा सामाजिक प्रेम हो। अगापे (प्रेम) व्यक्‍तिगत रिसइवीको भावनामाथि विजयी हुन्छ र सही सिद्धान्त त्याग्ने र बदला लिने मौका नै दिंदैन।”

अगापे-मा गहिरा भावनाहरू पनि समावेश हुन सक्छ। प्रेरित पावलले यस्तो सल्लाह दिए: “सबैभन्दा बढता आपसमा प्रगाढ प्रेम [ अगापे] राख।” (१ पत्रुस ४:८) त्यसकारण अगापे प्रेममा मन अनि हृदय दुवै मुछिएको हुन्छ भन्‍न सकिन्छ। उत्कृष्ट प्रेमको शक्‍ति र कार्यको प्रमाण दिने केही शास्त्रपदहरू छलफल गरे कसो होला? निम्न पदहरू मदतकारी हुन सक्छन्‌: मत्ती ५:४३-४७; यूहन्‍ना १५:१२, १३; रोमी १३:८-१०; एफिसी ५:२, २५, २८; १ यूहन्‍ना ३:१५-१८; ४:१६-२१.

[फुटनोट]

a यहोवाका साक्षीहरूद्वारा प्रकाशित।