साँचो प्रेम कसरी खेती गर्ने?
साँचो प्रेम कसरी खेती गर्ने?
“प्रेम जीवनको बुटी हो, प्रेम जीवन हो।”—जोसेफ जोन्सनद्वारा लिखित लिभिङ टु पर्पस, १८७१.
मानिसले कसरी प्रेम गर्न सिक्छ? मनोविज्ञान अध्ययन गरेर? आत्म-सहायक पुस्तकहरू पढेर? प्रेमकथामा आधारित चलचित्रहरू हेरेर? पक्कै पनि होइन। मानिसहरूले सबैभन्दा पहिला त आफ्ना आमाबाबुको उदाहरण र प्रशिक्षणबाट प्रेम गर्न सिक्छन्। स-साना केटाकेटीले न्यानो स्नेहले भरिएको वातावरणमा आफ्नो आमाबाबुले माया र सुरक्षा दिएको, तिनीहरूसँग कुरा गरेको र तिनीहरूमा गहिरो चासो लिएको महसुस गर्छन् भने तिनीहरूले प्रेमको अर्थ बुझ्नेछन्। तिनीहरूका आमाबाबुले तिनीहरूलाई सही र गलतबारे ठीक सिद्धान्तहरू पालन गर्न सिकाउँदा पनि तिनीहरूले प्रेम गर्न सिक्छन्।
साँचो प्रेम भनेको स्नेह वा भावनाहरू मात्रै होइन। यसले निरन्तर अरूको भलाइ खोज्छ र तिनले त्यतिबेला त्यसको पूरा महत्त्व नबुझेको पनि हुन सक्छ, जस्तै—केटाकेटीलाई मायालु अनुशासन दिनुपर्दा। निःस्वार्थ प्रेमको उत्कृष्ट उदाहरण सृष्टिकर्ता स्वयम् हुनुहुन्छ। प्रेरित पावलले यस्तो लेखे: “हे मेरो पुत्र, प्रभुको अनुशासनलाई हलका नसम्झ, नता उहाँबाटको हप्कीमा हरेस खाऊ, किनभने जसलाई परमेश्वर प्रेम गर्नुहुन्छ, त्यसैलाई अनुशासन गर्नुहुन्छ।”—हिब्रू १२:५, ६.
आमाबाबु हो, तपाईंहरूले आफ्नो परिवारप्रति प्रेम देखाउन कसरी यहोवाको अनुकरण गर्न सक्नुहुन्छ? अनि पति र पत्नीको हैसियतमा तपाईंले बसाल्नुहुने उदाहरण कत्तिको महत्त्वपूर्ण छ?
उदाहरणद्वारा प्रेम सिकाउनुहोस्
तपाईं पति हुनुहुन्छ भने के तपाईंले आफ्नी पत्नीलाई सम्मान वा कदर गर्नुका साथै आदर र इज्जतका साथ व्यवहार गर्नुहुन्छ? तपाईं पत्नी हुनुहुन्छ भने के तपाईं मायालु हुनुका साथै आफ्नो पतिप्रति सहयोग देखाउनुहुन्छ? बाइबलले पतिपत्नीबीच प्रेम र आदर हुनुपर्छ भनी बताउँछ। (एफिसी ५:२८; तीतस २:४) यसो गरेको खण्डमा छोराछोरीले मसीही प्रेम व्यवहारमा उतारेको देख्नेछन्। त्यो कस्तो जोडदार र अनमोल पाठ हुनेछ!
आमाबाबुले घरमा मनोरञ्जन, नैतिकता, लक्ष्य तथा प्राथमिकताजस्ता कुराहरूको सन्दर्भमा उच्च स्तरहरू कायम गर्दा पनि प्रेमको वातावरण अझ बढाइरहेका हुन्छन्। विश्वभरि मानिसहरूले परिवारमा त्यस्तो स्तर कायम गर्न बाइबल एकदमै मदतकारी पाएका छन् र यसले बाइबल साँच्चै “परमेश्वरबाट प्रेरणा भएको . . . धर्मशास्त्र” हो र यो “सिकाउनलाई, अर्ती दिनालाई, सच्याउनालाई, उचित जीवन यापन गर्नालाई २ तिमोथी ३:१६) निस्सन्देह, डाँडाको उपदेशमा पाइने नैतिक नियम तथा डोऱ्याइलाई मात्र हेर्ने हो भने पनि यो सर्वोत्कृष्ट छ भन्ने व्यापक धारणा छ।—मत्ती अध्याय ५ देखि ७.
उपयोगी हुन्छ” भनी प्रमाणित गर्छ। (जब सम्पूर्ण परिवारले परमेश्वरको डोऱ्याइ खोज्छ र उहाँका स्तरहरू पछ्याउँछ तब प्रत्येकले सुरक्षित महसुस गर्छ अनि केटाकेटीले आफ्नो आमाबाबुलाई अझ बढी प्रेम र आदर गर्न सक्छन्। यस्तो नभई, घरमा दोहोरो, अनुचित वा फितलो स्तरहरू छन् भने केटाकेटी अलमल्लमा पर्नुका साथै रिसाहा र विद्रोही स्वभावका हुन सक्छन्।—रोमी २:२१; कलस्सी ३:२१.
एक्लो आमा वा बुबाहरू नि? के तिनीहरूले आफ्ना छोराछोरीलाई प्रेम सिकाउन निकै बाधा-अड्चन सामना गर्नुपर्छ? गर्नु नपर्ने पनि हुन सक्छ। असल आमा र बुबा दुवै भएको राम्रो संयुक्त टोलीको अर्को विकल्प त छैन तर पारिवारिक सम्बन्धको गुणस्तरले केही हदसम्म आमा वा बुबा नभएको परिवारमा क्षतिपूर्ति गर्न सक्छ। तपाईं एक्लो आमा वा बुबा हुनुहुन्छ भने आफ्नो घरमा बाइबल सिद्धान्तहरू लागू गर्ने प्रयास गर्नुहोस्। हो, एउटा हितोपदेशले यसो भन्छ: “तेरो सारा भरोसा परमेश्वरमा राख्, र तेरो आफ्नै समझ-शक्तिमा भरोसा नगर्। आफ्नो सबै चालमा उहाँलाई सम्झी र उहाँले तेरा बाटोहरू सुगम तुल्याइदिनुहुनेछ” र यसमा आमाबाबुको काम पनि समावेश छ।—हितोपदेश ३:५, ६; याकूब १:५.
थुप्रै असल जवानहरू एकल परिवारमा हुर्के र अहिले तिनीहरू संसारभरि यहोवाका साक्षीहरूको मसीही मण्डलीमा विश्वासीपूर्वक परमेश्वरको सेवा गरिरहेको पाउन सकिन्छ। यसबाट एक्लो आमाबाबुहरू पनि आफ्ना छोराछोरीलाई प्रेमबारे सिकाउन सफल हुन सक्छन् भन्ने प्रमाणित हुन्छ।
सबैले कसरी प्रेम खेती गर्न सक्छन्
“आखिरी दिनमा” “स्वाभाविक प्रेम रहितका” व्यक्तिहरू हुनेछन् भनी बाइबलमा भविष्यवाणी गरिएको छ र यसो भन्नुको अर्थ, सामान्यतया परिवारका सदस्यहरूबीच स्वाभाविक प्रेम कमी हुनेछ भन्ने हो। (२ तिमोथी ३:१, ३) यद्यपि, स्वाभाविक प्रेम नभएको वातावरणमा हुर्केका व्यक्तिहरूले समेत प्रेम खेती गर्न सिक्न सक्छन्। कसरी? आफूतिर तनमनले फर्केकाहरूलाई प्रेम र स्नेह देखाउनुहुने, प्रेमको स्रोत यहोवाबाट सिकेर। (१ यूहन्ना ४:७, ८) एक जना भजनहारले यसो भने: “मेरा बाबु र मेरी आमाले मलाई त्यागेका छन्, तर परमप्रभुले मलाई सह्माल्नुहुनेछ।”—भजन २७:१०.
यहोवाले हामीलाई विभिन्न तरिकामा प्रेम देखाउनुहुन्छ। यसमा बाइबलमार्फत दिनुहुने बुबाको जस्तो डोऱ्याइ, पवित्र आत्माको मदत र मसीही भ्रातृत्वको न्यानो समर्थन समावेश छ। (भजन ११९:९७-१०५; लूका ११:१३; हिब्रू १०:२४, २५) यी तीन प्रबन्धहरूले तपाईंलाई परमेश्वर र छिमेकीप्रतिको प्रेममा बढ्न कसरी मदत गर्न सक्छ, विचार गर्नुहोस्।
बुबाको जस्तो डोऱ्याइ
कसैसँग न्यानो सम्बन्ध विकास गर्न हामीले त्यस व्यक्तिलाई राम्रोसँग चिन्नुपर्छ। बाइबलका पानाहरूद्वारा यहोवाले आफ्नो विषयमा प्रकट गर्नुभएर हामीलाई उहाँसित नजिक हुने निमन्त्रणा दिनुहुन्छ। तथापि, बाइबल पढ्नु मात्र पर्याप्त छैन। हामीले यसका शिक्षाहरू व्यवहारमा उतार्नुपर्छ र यसबाट हुने फाइदाहरू पनि अनुभव गर्नै पर्छ। (भजन १९:७-१०) यशैया ४८:१७ यसो भन्छ, “म परमप्रभु तेरा परमेश्वर हुँ, जसले तेरो फायदाको निम्ति तँलाई सिकाउँछ। जसले तँ जाने बाटोमा तँलाई डोऱ्याउँछ।” हो, यहोवा जो प्रेमको मूर्त रूप हुनुहुन्छ उहाँले हाम्रो फाइदाको निम्ति सिकाउनुहुन्छ, अनावश्यक नियमकानुनले बाँधेर हामीलाई स्वतन्त्र हुनबाट वञ्चित गराउन चाहनुहुन्न।
बाइबलको सही ज्ञानले हामीलाई सँगी मानवहरूप्रतिको प्रेममा बढ्न पनि मदत गर्छ। किनभने बाइबल सत्यले हामीलाई मानवहरूप्रति परमेश्वरको दृष्टिकोणका साथै अरूसँगको व्यवहारमा हामीले प्रयोग गर्नुपर्ने सिद्धान्तहरू सिकाउँछ। यस्ता जानकारीहरू पाएपछि छिमेकीप्रतिको प्रेम विकास गर्ने ठोस आधार हामी पाउँछौं। प्रेरित पावलले यसो भने: “म यही प्रार्थना गर्दछु, कि [ सही] ज्ञान र सबै विवेकमा तिमीहरूको प्रेम झन् झन् प्रशस्त हुँदै जाओस्।”—‘सही ज्ञानले’ कसरी प्रेमलाई सही दिशातर्फ डोऱ्याउन सक्छ भनी बुझ्न प्रेरित १०:३४, ३५ मा उल्लिखित आधारभूत सत्यलाई विचार गर्नुहोस्: “परमेश्वरले मानिसहरूको पक्षपात गर्नुहुन्न, तर हरेक जातिमा जो उहाँसँग डराउँछ, र उचित काम गर्छ, त्यसलाई उहाँले स्वीकार गर्नुहुन्छ।” परमेश्वरले मानिसहरूको राष्ट्रियता वा जात हेरेर होइन तर तिनीहरूको धार्मिक कार्य तथा ईश्वरीय भय हेरेर जाँच गर्नुहुन्छ भने के हाम्रो पनि सँगी मानिसहरूप्रति त्यस्तै निष्पक्ष दृष्टिकोण हुनु पर्दैन र?—प्रेरित १७:२६, २७; १ यूहन्ना ४:७-११, २०, २१.
प्रेम—परमेश्वरको आत्माको फल
जसरी ठीक समयमा परेको पानीले असल बाली उमार्न मदत गर्छ, त्यसरी नै परमेश्वरको आत्माले ग्रहणशील व्यक्तिविशेषहरूमा बाइबलमा व्याख्या गरिएको “आत्माको फल” फलाउन मदत गर्छ। (गलाती ५:२२, २३) यी फलहरूमा सर्वोत्तमचाहिं प्रेम हो। (१ कोरिन्थी १३:१३) तर हामी कसरी परमेश्वरको आत्मा प्राप्त गर्न सक्छौं? यो प्राप्त गर्ने एउटा महत्त्वपूर्ण तरिका प्रार्थना हो। हामीले परमेश्वरको आत्माको लागि प्रार्थना गऱ्यौं भने उहाँले हामीलाई दिनुहुनेछ। (लूका ११:९-१३) के हामीले पवित्र आत्माको लागि प्रार्थनामा ‘घचघच्याइरहन्छौं’? तपाईंले त्यसो गर्नुभयो भने प्रेमलगायत यसका अनमोल फलहरू तपाईंको जीवनमा अझ धेरै प्रकट हुनेछ।
तथापि, परमेश्वरको आत्मा विपरीत काम गर्ने अर्को प्रकारको आत्मा छ। बाइबलले यसलाई “संसारको आत्मा” भन्छ। (१ कोरिन्थी २:१२; एफिसी २:२) यो दुष्ट प्रभाव हो र यसको स्रोत अरू कोही नभई परमेश्वरबाट अलग भएको मानवजातिको “संसारको मालिक” शैतान अर्थात् दियाबल हो। (यूहन्ना १२:३१) बुङ्बुङती धूलो र फोहर उडाउने हावाजस्तै “संसारको आत्मा[ले]” हामीमा हानिकारक इच्छाहरू उत्पन्न गर्छ जसले प्रेमलाई खत्तम पार्छ र शरीरका इच्छाहरू पूरा गर्छ।—गलाती ५:१९-२१.
मानिसहरू भौतिकवाद, मपाईंवाद र हिंसात्मक मनोवृत्ति तथा संसारमा व्याप्त प्रेमबारे विकृत अनि भ्रष्ट दृष्टिकोणको प्रभावमा परे भने दुष्ट आत्मा विकास गर्छन्। साँचो प्रेम बढाउँदै लैजान चाहनुहुन्छ भने दृढ भई तपाईंले संसारको आत्माको विरोध गर्नैपर्छ। (याकूब ४:७) तथापि, आफ्नै बलमा भर नपर्नुहोस्, मदतको लागि यहोवालाई पुकार्नुहोस्। ब्रह्माण्डको सबैभन्दा शक्तिशाली शक्ति अर्थात् उहाँको आत्माले तपाईंलाई बल र सफलता प्रदान गर्न सक्छ।—भजन १२१:२.
मसीही भ्रातृत्वबाट प्रेम सिक्नुहोस्
स-साना केटाकेटीले घरको वातावरणबाट प्रेम देखाउन सिकेझैं हामी जवान होऔं या वृद्ध, अन्य मसीहीहरूसँग यूहन्ना १३:३४, ३५) निस्सन्देह, मसीही मण्डलीको एउटा प्रमुख कार्य व्यक्तिविशेषलाई “प्रेम र सुकर्ममा उत्तेजित” गराउने वातावरण सृजना गर्नु हो।—हिब्रू १०:२४.
संगत गरेर प्रेममा बढ्दै जान सक्छौं। (हो, हामी बस्ने प्रेमरहित संसारमा “हैरान भई तितर-बितर भएका” मानिसहरूले विशेष गरी यसको मूल्यांकन गर्छन्। (मत्ती ९:३६) बाल्यकालमा प्रेमबाट वञ्चित भएको कारण भोगेका थुप्रै खराब प्रभावहरूमाथि विजयी हुन वयस्क भएपछिको मायालु सम्बन्धहरूले मदत गर्छ भनेर अनुभवले देखाएको छ। यसकारण सबै साँचो मसीहीहरूले तिनीहरूसित संगत गर्न थाल्ने नयाँ व्यक्तिहरूलाई हार्दिक स्वागत गर्नु कत्ति महत्त्वपूर्ण छ!
“प्रेम कहिल्यै टल्दैन”
बाइबल भन्छ: “प्रेम कहिल्यै टल्दैन।” (१ कोरिन्थी १३:८) कसरी? प्रेरित पावल यसो भन्छन्: “प्रेम धीरजी र दयालु हुन्छ। प्रेमले डाह गर्दैन, प्रेमले आफै सेखी गर्दैन, र घमण्डले फुल्दैन, आफै बेकायदासाथ चल्दैन, आफ्नै भलाइ खोज्दैन, रिसाउँदैन खराबीको वास्ता गर्दैन।” (१ कोरिन्थी १३:४, ५) स्पष्टतः यो प्रेम कुनै अव्यावहारिक विचारधारा वा देखावटी भावना होइन। त्यसको विपरीत यस्तो प्रेम देखाउनेहरू जीवनका वेदना तथा पीडाहरूबारे सजग हुनुका साथै त्यसलाई मानिलिन्छन् तर यी कारणले गर्दा सँगी मानवहरूप्रतिको प्रेम बिग्रन दिंदैनन्। त्यस्तो प्रेम साँच्चै “सिद्धताको गाँठो हो।”—कलस्सी ३:१२-१४.
कोरियाकी १७ वर्षीया मसीही केटीको उदाहरणलाई विचार गर्नुहोस्। तिनले यहोवा परमेश्वरको सेवा गर्न थाल्दा तिनको परिवार खुसी भएन र तिनी घर छोड्न बाध्य भइन्। तथापि, तिनी रिसाउनुको सट्टा यस विषयमा प्रार्थना गरिन् र आफ्नो सोचाइलाई परमेश्वरको वचन अनि आत्माअनुसार ढालिन्। त्यसपछि, तिनले अक्सर आफ्नो परिवारलाई पत्र लेख्थिन् र पत्रमा सधैं तिनीहरूप्रतिको साँचो माया व्यक्त गर्थिन्। फलस्वरूप तिनका दुई दाइहरूले बाइबल अध्ययन गर्न थाले र अहिले समर्पित मसीहीहरू भएका छन्। तिनका आमा र भाइले पनि बाइबल सच्चाइ स्वीकारे। अन्ततः तिनलाई असाध्यै विरोध गर्ने बुबाको मनोवृत्तिमा पनि ठूलो परिवर्तन आएको छ। उक्त साक्षी केटी यस्तो लेख्छिन्: “हामी सबैले सँगी मसीहीहरूसँग विवाह गऱ्यौं र अहिले हाम्रो परिवारका जम्माजम्मी २३ जना सदस्य एकतामा बाँधिएर उपासना गर्दैछौं।” प्रेमको कत्ति ठूलो विजय!
के तपाईं साँचो प्रेम खेती गरेर अरूलाई पनि त्यस्तै गर्ने मदत दिन चाहनुहुन्छ? त्यसो हो भने त्यस अनमोल गुणका स्रोत यहोवालाई पुकार्नुहोस्। हो, उहाँको वचन हृदयंगम गर्नुहोस्, पवित्र आत्माको लागि प्रार्थना गर्नुहोस् र नियमित तवरमा मसीही भ्रातृत्वसँग संगत गर्नुहोस्। (यशैया ११:९; मत्ती ५:५) चाँडै सबै दुष्टताको विनाश हुनेछ र साँचो मसीही प्रेम व्यवहारमा उतार्नेहरू मात्र बच्नेछन् भनी थाह पाउनु कत्ति हृदयस्पर्शी कुरा हो! साँच्चै, आनन्द र जीवनको मूल आधार प्रेम हो।—भजन ३७:१०, ११; १ यूहन्ना ३:१४.
[पृष्ठ ६-मा भएका चित्रहरू]
प्रार्थना र परमेश्वरको वचनको अध्ययनले हामीलाई साँचो प्रेम खेती गर्न मदत गर्नेछ