सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

सहायताको लागि पुकारिरहेकाहरूको लागि सान्त्वना

सहायताको लागि पुकारिरहेकाहरूको लागि सान्त्वना

सहायताको लागि पुकारिरहेकाहरूको लागि सान्त्वना

बाइबल मानसिक स्वास्थ्यसम्बन्धी पुस्तक होइन। तथापि, यसले हामीलाई सान्त्वना दिनुका साथै समस्याहरू झेल्नुपरे तापनि जीवनको आनन्द उठाउन मदत गर्छ। त्यसैकारण त धर्मशास्त्र यसो भन्छ: “स्त्रीबाट जन्मेको मानिस अल्प–आयुका र अशान्तिले भरिएको हुन्छ।” (अय्यूब १४:१) हामीले भोग्ने कतिपय परीक्षाहरूको कारण हाम्रो आफ्नै असिद्धता हो। तर मानव दुःखकष्टको लागि मुख्यतया को दोषी छ?

बाइबलले त्यसलाई दियाबल र शैतान भन्‍ने दुष्ट आत्माको रूपमा चिनाउँछ। त्यसले “सारा संसारलाई ठगिरहेको” छ र मानिसजातिलाई हैरान पार्ने तीन थुप्रो समस्याहरू खडा गरिरहेको छ। यद्यपि, त्यसको समय समाप्त हुँदैछ भनेर पनि बाइबलले बताउँछ। (प्रकाश १२:९, १२) पृथ्वीका बासिन्दाहरूमाथि शैतानले ल्याएका सबै आपत्‌विपत्‌हरू चाँडै ईश्‍वरीय हस्तक्षेपद्वारा अन्त गरिनेछ। बाइबलअनुसार, परमेश्‍वरले प्रतिज्ञा गर्नुभएको धार्मिकताले बास गर्ने नयाँ संसारले आशाहीनता तथा निराशाको अन्त गर्नेछ।—२ पत्रुस ३:१३.

मानव दुःखकष्ट क्षणिक हो भनेर थाह पाउनु कत्ति सान्त्वनादायी छ! येशू ख्रीष्टको नेतृत्वमा चल्ने परमेश्‍वरको स्वर्गीय राज्यअन्तर्गत अन्याय र दुःखकष्टको अन्त हुनेछ। परमेश्‍वरको नियुक्‍त राजाबारे धर्मशास्त्र यसो भन्छ: “दरिद्रहरूको पुकारा सुनेर उसले छुटकारा दिनेछ। र सहायता नभएका दुःखीहरूलाई उसले छुटकारा दिनेछ। कमजोर र दरिद्रलाई उसले टिठाउनेछ, र दरिद्रहरूको प्राण उसले बचाउनेछ। अत्याचार र थिचोमिचोबाट उसले तिनीहरूको प्राण मोल तिरेर छुटाउनेछ। र उसको दृष्टिमा तिनीहरूको रगत बहुमूल्य हुनेछ।”—भजन ७२:१२-१४.

यी भविष्यसूचक शब्दहरू पूरा हुने समय नजिकै छ। अद्‌भुत परिस्थितिमाझ पार्थिव प्रमोदवनमा हामी अनन्त जीवनको आनन्द उठाउन सक्छौं। (लूका २३:४३; यूहन्‍ना १७:३) यी सान्त्वनादायी धर्मशास्त्रीय प्रतिज्ञाहरूको ज्ञानले सहयोगको लागि पुकारा गरिरहेकाहरूलाई आशा तथा सान्त्वना प्रदान गर्छ।

[पृष्ठ ३२-मा भएको चित्रको स्रोत]

Depressed girl: Photo ILO/J. Maillard