सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

दया तिनको अभिन्‍न भाग थियो

दया तिनको अभिन्‍न भाग थियो

दया तिनको अभिन्‍न भाग थियो

मिल्टन जि. हेन्सेल, यहोवाका साक्षीहरूको परिचालक निकायको एक जना पुराना सदस्यले आफ्नो पार्थिव जीवन शनिबार, मार्च २२, २००३ का दिन पूरा गरे। तिनी ८२ वर्षका थिए।

जवान हुँदा नै मिल्टन हेन्सेल यहोवाका साक्षीहरूको मुख्यालयको सदस्य भए र ६० वर्षभन्दा लामो समयसम्म विश्‍वासी भई सेवा गरे। तिनी असल निर्णय गर्ने योग्यता भएको र राज्य प्रचारकार्यमा निष्कपट चासो देखाउने भनी चाँडै चिनिन थाले। सन्‌ १९३९ मा तिनी एन. एच. नोरका सचिव भए जो त्यतिबेला यहोवाका साक्षीहरूको ब्रुक्लिन छापाखानाका निरीक्षक थिए। भाइ नोरले १९४२ मा साक्षीहरूको विश्‍वव्यापी कार्यमा नेतृत्व लिन थाल्दा तिनले भाइ हेन्सेललाई आफ्नो सहायकको रूपमा राखे। भाइ हेन्सेलले १९५६ मा लुसिल बेनेटसँग विवाह गरे र उनीहरूले जीवनका उतारचढावहरू मिलीजुली सामना गरे।

भाइ हेन्सेलले, भाइ नोरको १९७७ मा मृत्यु नहोउन्जेल तिनीसँगै काम गरे। विश्‍वभरि नै यहोवाका साक्षीहरू र अझ विशेष गरी मिसनरी र शाखा कार्यालयमा भ्रमण गरेर प्रोत्साहन दिंदै, भाइ हेन्सेलले अक्सर भाइ नोरको साथमा १५० भन्दा धेरै देशको यात्रा गरे। त्यस्ता भ्रमणहरू कहिलेकाहीं कठिन र खतरनाक समेत हुन्थे। सन्‌ १९६३ मा लाइबेरियामा अधिवेशनको लागि जाँदा भाइ हेन्सेल राष्ट्रभक्‍ति उत्सवमा भाग लिन इन्कार गरेको कारण भीषण सतावटको सिकार भए। a तैपनि निडर भई भाइ हेन्सेल केही महिनापछि नै त्यस देशको राष्ट्रपतिलाई भेट्‌न र त्यहाँका यहोवाका साक्षीहरूको उपासनाको लागि थप स्वतन्त्रता माग गर्न लाइबेरिया फर्के।

कठिन समस्या तथा चुनौतीहरूको सामना गर्नुपर्दा भाइ हेन्सेल व्यावहारिक, लचकदार र तर्कसंगत व्यक्‍तिको रूपमा चिनिन्थे। तिनका सहकर्मीहरूले विशेष गरी तिनको व्यवस्थित कार्य शैली, तिनको विनम्रता र तिनको हँस्सी मिजासको सम्झना गर्छन्‌। तिनको असाध्यै राम्रो स्मरणशक्‍ति भएको कारण तिनले विश्‍वभरिका मिसनरीहरूलाई तिनीहरूको नाउँ सम्झेर, स्थानीय भाषामा एक दुईवटा वाक्य बोलेर र रमाइलो ठट्टा गरेर छक्क पार्थे र यसरी ठट्टा गर्दा तिनको आँखामा एक प्रकारको चमक हुन्थ्यो।

यहोवा परमेश्‍वर हामीले ‘दया गरेको’ चाहनुहुन्छ भनी मीका ६:८ ले हामीलाई सम्झना गराउँछ। मिल्टन हेन्सेलले यस सन्दर्भमा उदाहरण बसालेकोमा तिनको सम्झना गरिनेछ। तिनका थुप्रै जिम्मेवारी भए तापनि तिनी कुरा गर्न सजिलो, विनयी र दयालु थिए। तिनी यसो भन्‍न मन पराउँथे, “कुनै परिस्थितिमा कसो गरूँ जस्तो लाग्दा दयालु हुनु नै सही कुरा हो भनी सम्झनुहोस्‌।” हामी यी प्रिय भाइ गुमाउनुपरेको कारण दुःखित भए तापनि तिनी अन्तसम्मै विश्‍वासी रहेकोमा आनन्दित छौं र तिनले “जीवनको मुकुट[को]” इनाम पाएको कुरामा विश्‍वस्त छौं।—प्रकाश २:१०.

[फुटनोट]

a १९७७ यरबूक अफ जेहोभाज्‌ विट्‌नेसेज, पृष्ठ १७१-७ हेर्नुहोस्‌।

[पृष्ठ ३१-मा भएको चित्र]

एम. जि. हेन्सेल, एन. एच. नोरसँग

[पृष्ठ ३१-मा भएको चित्र]

तिनकी पत्नी लुसिलसँग