सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

मरिसकेकाहरूप्रति परमेश्‍वरको दृष्टिकोण

मरिसकेकाहरूप्रति परमेश्‍वरको दृष्टिकोण

मरिसकेकाहरूप्रति परमेश्‍वरको दृष्टिकोण

प्रियजनको मृत्यु वास्तवमा साह्रै पीडादायी हुन्छ। शून्यपन, एक्लोपन अनि कुनै कुरा गुमाएको भावनाले बेसरी सताउन सक्छ। धन, शक्‍ति वा प्रतिष्ठा जति नै भए पनि शोकले मानिसलाई असहाय महसुस गराउन सक्छ र यस पृथ्वीमा त्यस्तो कुनै व्यक्‍ति छैन जसले मरिसकेका व्यक्‍तिलाई जीवन दिन सकोस्‌।

तर हाम्रो सृष्टिकर्ताले कामकुराहरूलाई भिन्‍नै दृष्टिकोणले हेर्नुहुन्छ। प्रथम मानवलाई माटोबाट बनाउनुभए जस्तै उहाँले मरिसकेकाहरूलाई पनि पुनः सृष्टि गर्न सक्नुहुन्छ। त्यसैकारण परमेश्‍वरले मरिसकेकाहरूलाई जीवित ठान्‍न सक्नुहुन्छ। पुरातन समयमा मरिसकेका विश्‍वासी सेवकहरूबारे येशूले यसो भन्‍नुभयो: “[तिनीहरू परमेश्‍वरको] निम्ति जीवित छन्‌।” अर्को शब्दमा भन्‍ने हो भने तिनीहरू परमेश्‍वरको दृष्टिकोणमा जीवितै छन्‌।—लूका २०:३८

येशू यस पृथ्वीमा हुनुहुँदा उहाँलाई मरिसकेकाहरूलाई पुनरुत्थान गर्ने अधिकार दिइएको थियो। (यूहन्‍ना ५:२१) तसर्थ, अन्तसम्म विश्‍वासी भएर मर्ने व्यक्‍तिहरूप्रति येशूले आफ्नो पिताकै दृष्टिकोण राख्नुहुन्छ। उदाहरणका लागि, आफ्नो मित्र लाजरसको मृत्यु हुँदा येशूले आफ्ना चेलाहरूलाई यसो भन्‍नुभयो: “म तिनलाई निद्राबाट बिउँझाउनालाई जाँदैछु।” (यूहन्‍ना ११:११) मानिसको दृष्टिकोणबाट हेर्ने हो भने लाजरस मरेका थिए तर यहोवा र येशूको लागि लाजरस त केवल निदाइरहेका थिए।

येशूको राज्यशासनमा, “धर्मी र अधर्मीहरूसमेतको” पुनरुत्थान हुनेछ। (प्रेरित २४:१५) अन्ततः पुनरुत्थान हुनेहरूले ईश्‍वरीय शिक्षा पाउनेछन्‌ र पृथ्वीमा अनन्त जीवनको प्रत्याशा पाउनेछन्‌।—यूहन्‍ना ५:२८, २९.

हो, प्रियजनको मृत्युले पीडा र वेदनालाई चर्काउन सक्छ अनि यो लामो समयसम्म पनि रहन सक्छ। तथापि, मरिसकेकाहरूलाई परमेश्‍वरको दृष्टिकोणबाट हेर्दा हामीलाई ठूलो सान्त्वना मिल्न सक्छ र हामी आशाले भरपूर हुन सक्छौं।—२ कोरिन्थी १:३, ४.