सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“यो त नौलो कुरा हो!”

“यो त नौलो कुरा हो!”

राज्य उद्‌घोषकहरूको रिपोर्ट

“यो त नौलो कुरा हो!”

पोल्याण्डका यहोवाका साक्षीहरूको पूर्ण-समय सेवक, डोरोटा १४ वर्षको आफ्नो छोरालाई लिएर सदाझैं स्कूलको क्लिनिकमा गइन्‌। परीक्षणको दौडान यानिना a नाउँकी डाक्टरले डोरोटालाई तिनको छोराले घरमा के-के काम गर्छ भनेर सोधिन्‌।

“मैले नसकेको बेला मेरो छोराले हामी छ जनाको परिवारको लागि खाना पकाइतुल्याइ गर्छ” भनी डोरोटाले जवाफ दिइन्‌। “उसले घरको सरसफाइ पनि गर्छ र मर्मत गर्नुपर्ने कुराहरू छन्‌ भने, ती गर्न पनि सघाउँछ। उसलाई पढ्‌न मनपर्छ। उ जेहनदार विद्यार्थी हो।”

“ओहो! कस्तो राम्रो!” “मैले यहाँ काम गरेको १२ वर्ष भइसक्यो र मैले यस्तो कुरा पहिला कहिल्यै सुनेकी थिइनँ।”

साक्षी दिने मौका यही हो भन्‍ने महसुस गरेर डोरोटाले यसो भनिन्‌: “आज थुप्रै आमाबाबुहरू आफ्ना छोराछोरीलाई उचित प्रशिक्षण दिन असफल भएका छन्‌। त्यसैकारण उनीहरूका छोराछोरीहरूसित अक्सर आत्म-सम्मानको कमी हुन्छ।”

“तपाईंले यी सबै कुरा कसरी थाह पाउनुभयो?” भनेर यानिनाले सोधिन्‌। “अधिकांश आमाबाबुहरूलाई यी कुराहरूबारे केही पनि थाह छैन।”

“बाइबल यस्तो जानकारीको अमूल्य स्रोत हो” भनी डोरोटाले जवाफ दिइन्‌। “उदाहरणका लागि, व्यवस्था ६:६-९ अनुसार आफ्ना छोराछोरीलाई सिकाउनुभन्दा पहिला हामीहरू आफैले सिक्नुपर्छ। छोराछोरीको मनमा हाल्न चाहेका मूल्यमान्यताहरू के हामी आफैले सबैभन्दा पहिला आफ्नो हृदय र मनमा हाल्नु पर्दैन र?”

“ओहो! कस्तो राम्रो!” यानिनाले बताइन्‌। “ओहो! कस्तो राम्रो!” त्यसपछि तिनले डोरोटालाई बाइबलले कसरी तिनलाई आफ्ना छोराछोरीको पालनपोषण गर्न मदत गऱ्‍यो भनी सोधिन्‌।

“हामी आफ्ना छोराछोरीसित हरेक हप्ता बाइबल अध्ययन गर्छौं” भनी डोरोटाले बताइन्‌। “हामी युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ b भन्‍ने पुस्तक चलाउँछौं।” त्यसपछि तिनले उक्‍त पुस्तकबारे बताइन्‌ र यसमा भएका केही विषयहरू उल्लेख गरिन्‌।

“यो त नौलो कुरा हो!” भन्दै यानिनाले उद्‌गार व्यक्‍त गरिन्‌। “के म त्यो पुस्तक हेर्न सक्छु?”

एक घण्टापछि डोरोटा उक्‍त पुस्तक लिएर फर्किन्‌।

पुस्तक सरसरती हेर्दै यानिनाले सोधिन्‌, “तपाईं कुन धर्म मान्‍नुहुन्छ?”

“म एक जना यहोवाको साक्षी हुँ।”

“आफ्नो भन्दा बेग्लै विश्‍वास भएका व्यक्‍तिहरूप्रति यहोवाका साक्षीहरूले कस्तो व्यवहार गर्छन्‌?”

“जसरी म तपाईंसित व्यवहार गर्छु अर्थात्‌ आदरसहित” भनी डोरोटाले जवाफ दिइसकेपछि अझ यसो भनिन्‌: “साँच्चै, हामी तिनीहरूले बाइबलको सत्य जानून भन्‍ने चाहन्छौं।”

“मलाई अहिल्यै कस्तो रमाइलो लागिसक्यो” भनी यानिनाले स्वीकारिन्‌।

भेटको अन्तमा डोरोटाले यानिनालाई बाइबल पढ्‌न आग्रह गरिन्‌। “यसले तपाईंको जीवनलाई अर्थपूर्ण बनाउनुका साथै आफ्नो काममा तपाईंलाई मदत गर्नेछ।”

“यसो गर्न तपाईंले मलाई साँच्चै प्रेरित गरिसक्नुभएको छ” भनी यानिनाले स्वीकारिन्‌।

कौशलता र दृढ निश्‍चयका साथ डोरोटाले डाक्टरसितको नियमित भेटलाई एउटा असल साक्षी दिने मौका बनाइन्‌।—१ पत्रुस ३:१५.

[फुटनोटहरू]

a तिनको वास्तविक नाउँ होइन।

b यहोवाका साक्षीहरूद्वारा प्रकाशित।