तिनीहरूले साँघुरो ढोकाको खोजी गरे
तिनीहरूले साँघुरो ढोकाको खोजी गरे
झन्डै ५५० वर्षअघि अहिले चेक गणतन्त्रमा पर्ने प्राग, चेल्सिस, भिल्मोभ, क्ल्याटोभी तथा अन्य शहरका मसीही कहलिएकाहरूको सानो समूह आफ्नो घर छोडेर हिंड्यो। तिनीहरू उत्तरपूर्वी बोहिमिया उपत्यकाको कुन्भाल्ट भन्ने गाउँ नजिकै बसोबास गर्न थाले र त्यहाँ तिनीहरूले स-साना घर बनाए, खेत जोते, बाइबल पढे र आफूलाई युनिटि अफ ब्रेथ्रेन वा ल्याटिनमा युनिटास फ्राट्रुम भन्न थाले।
यसरी बसोबास गर्न थालेका मानिसहरू विभिन्न पृष्ठभूमिका थिए। तिनीहरू किसान, घरानीयाँ परिवारका, विश्वविद्यालयका विद्यार्थीहरू, धनी र गरिब, पुरुष तथा स्त्री, विधवा र अनाथ थिए तर तिनीहरू सबैको चाहना भने एउटै थियो। तिनीहरूले यस्तो लेखे, “हामीले परमेश्वरलाई प्रार्थना गऱ्यौं र सबै कुरामा उहाँका महान् इच्छाहरू हामीलाई प्रकाश पार्न बिन्ती चढायौं। हामी उहाँको मार्गमा हिंड्न चाहन्थ्यौं।” साँच्चै, यो समुदाय युनिटि अफ ब्रेथ्रेन अथवा चेक ब्रेथ्रेन भन्ने नाउँले चिनिन थाल्यो, तिनीहरूले ‘जीवनमा पुऱ्याउने साँघुरो ढोकाको’ खोजी गरे। (मत्ती ७:१३, १४) तिनीहरूले आफ्नो अध्ययनद्वारा कस्ता बाइबल सत्यहरू पत्ता लगाए? तिनीहरूको विश्वास त्यस युगमा स्वीकार्य विश्वासहरूभन्दा कसरी फरक थियो र हामी तिनीहरूबाट के सिक्न सक्छौं?
न हिंसा—न सम्झौता
पन्ध्रौं शताब्दीको बीचतिरका अन्य धार्मिक अभियानहरूले पनि युनिटी अफ ब्रेथ्रेनको स्थापनामा योगदान पुऱ्याए। एउटा १२ औं शताब्दीमा सुरु भएको वाल्डेन्सेस अभियान थियो। सुरुमा त वाल्डेन्सहरू त्यतिबेला मध्य युरोपको राष्ट्रिय धर्म, रोमन क्याथोलिकवादबाट अलग भए। तथापि, पछि आशिंक रूपमा तिनीहरू क्याथोलिक शिक्षामा फर्के। अर्को प्रभावशाली समूह हसवादीहरू अर्थात् जोन हसका अनुयायीहरू थिए। अधिकांश चेक जनसमुदायले
यही धर्म नै मान्थे तर तिनीहरू एकताबद्ध भने पक्कै थिएनन्। एउटा पक्ष सामाजिक विषयहरू विरुद्ध संघर्षरत थियो भने अर्को समूहले धर्मको आडमा राजनैतिक कुराहरू अघि सारिरहेको थियो। ब्रेथ्रेनहरू, किल्येस्ट समूह अर्थात् सहस्र वर्षसम्बन्धी भविष्यवाणीमा विश्वास गर्ने समूहका साथै स्थानीय तथा विदेशी बाइबलविद्हरूबाट पनि प्रभावित भए।
पिटर केल्चेड्ज्की (१३९०-१४६० तिर), चेक बाइबलविद् र सुधारवादी थिए, तिनलाई वाल्डेन्सेस र हसवादीहरूको शिक्षा राम्ररी थाह थियो। हसवादीहरूको अभियानले हिंस्रक मोड लिएकोले तिनीहरूलाई तिनले इन्कार गरे भने वाल्डेन्सेनले आफ्नो अडानमा सम्झौता गरेकोले तिनीहरूबाट अलग भए। तिनले युद्ध गैरमसीही हो भन्दै त्यसको विरोध गरे। परिणाम जस्तोसुकै भए तापनि मसीहीहरू “ख्रीष्टको व्यवस्था[को]” अधीनमा हुनुपर्छ भन्ने तिनको धारणा थियो। (गलाती ६:२; मत्ती २२:३७-३९) सन् १४४० मा केल्चेड्ज्कीले नेट अफ द फेथ भन्ने पुस्तकमा आफ्ना शिक्षाहरू लेखे।
प्रागका जवान ग्रेगरी जो शास्त्रविद् केल्चेड्ज्की समकालीन थिए, तिनी केल्चेड्ज्कीको शिक्षाबाट यति प्रभावित भए कि तिनले हसवादी अभियानलाई परित्याग गरे। सन् १४५८ मा ग्रेगरीले चेकियाको विभिन्न भागमा रहेका हसवादी समूहका पूर्व सदस्यहरूलाई आफ्नो घर छोड्न मनाए। तिनलाई पछ्याउँदै कुन्भाल्ट गाउँ जानेहरूमध्ये
तिनीहरू पनि थिए र त्यहाँ तिनीहरूले नयाँ धार्मिक समुदाय स्थापना गरे। पछि चेक र जर्मनका वाल्डेन्सेस समूहका मानिसहरू पनि त्यहाँ आए।विगतलाई हेर्ने झ्याल
सन् १४६४ देखि १४६७ सम्म यो नयाँ तर बढ्दो समूहले कुन्भाल्टको प्रान्तमा थुप्रै धार्मिक सभाहरू आयोजना गऱ्यो र तिनीहरूको नयाँ धार्मिक अभियानलाई परिभाषित गर्ने थुप्रै प्रस्तावनाहरू स्वीकाऱ्यो। सबै प्रस्तावनाहरू एकदमै मेहनत गरेर शृङ्खलाबद्ध ढंगमा पुस्तकहरूमा लिपिबद्ध गरियो र यी पुस्तकहरू अहिले एक्टा युनिटाटिस फ्राट्रुम (ब्रेथ्रेनहरूको एकताको कार्य) भन्ने नाउँले चिनिन्छन् र अझै पनि उपलब्ध छन्। यी पुस्तकहरू विगतलाई हेर्ने झ्यालजस्तो भएका छन्, यसले ब्रेथ्रेनहरूको विश्वास जीवन्त ढंगमा प्रस्तुत गरेको छ। पुस्तकमा चिठी, भाषणको रूपरेखा र तिनीहरूको मतभिन्नताका विवरणहरू समेत छन्।
ब्रेथ्रेनहरूको विश्वासको सन्दर्भमा एक्टा यसो भन्छ: “बाइबल, हाम्रो प्रभुको उदाहरण र पवित्र प्रेरितहरूअनुसार मनन गरेर, नम्रता र धीरजका साथ आफ्ना शत्रुहरूलाई प्रेम गरेर, भलाई गरेर र प्रार्थना गरेर हामी हाम्रो प्रशासन चलाउन कटिबद्ध छौं।” ती लेखोटहरूले
देखाएअनुसार ब्रेथ्रेनहरूले सुरु-सुरुमा प्रचारकार्यमा पनि भाग लिएका थिए। तिनीहरू दुई-दुई जना गरी जान्थे र स्त्रीहरू स्थानीय तवरमा सफल मिसनरी साबित भए। ब्रेथ्रेनहरूले राजनैतिक ओहदा स्वीकारेनन्, शपथ खाएनन्, सैनिक गतिविधिमा भाग लिएनन् र हतियार पनि बोकेनन्।पहिला एकता पछि विभाजन
तर केही शताब्दीपछि युनिटि अफ ब्रेथ्रेनले आफ्नो नाउँअनुसार काम गर्न सकेन। तिनीहरूको विश्वासलाई कुन हदसम्म शाब्दिक अर्थमा लिनुपर्छ भन्ने सन्दर्भमा मतभिन्नताको कारण विभाजन भयो। सन् १४९४ मा ब्रेथ्रेनहरू दुई समूहमा विभाजित भए—मेजर अथवा ठूलो र माइनर अथवा सानो समूह। मेजर पार्टीले आफ्नो मौलिक विश्वासमा काँटछाँट गऱ्यो भने माइनर पार्टीले ब्रेथ्रेनहरू राजनीति र संसारप्रति आफ्नो अडानमा दृढ रहनुपर्छ भनी प्रचार गऱ्यो।—“मेजर पार्टी नि?” भन्ने पेटी हेर्नुहोस्।
उदाहरणका लागि, माइनर पार्टीका एक जना सदस्यले यस्तो लेखे: “दुइटा बाटोमा हिंड्ने मानिसहरू परमेश्वरसँग नजिक हुन्छन् भन्ने कुरामा ग्यारेन्टी छैन, स-साना कुराहरूमा तिनीहरू आफूलाई अर्पण गरेर उहाँको इच्छाअनुसार
गर्न इच्छुक छन् भने ठूल्ठूला कुराहरूमा तिनीहरू आफ्नै इच्छाअनुसार गर्छन्। . . . दृढ रहेका र सफा अन्तस्करण भएकाहरू—हरेक दिन आफ्नो क्रूस बोकेर साँघुरो बाटोमा प्रभु ख्रीष्टलाई पछ्याउँछन्—र हामी पनि तिनीहरूमध्येका हुने चाह गर्छौं।”माइनर पार्टीका सदस्यहरूले पवित्र आत्मालाई परमेश्वरको सक्रिय शक्ति अथवा उहाँको “हात” ठान्थे। येशूको छुडौती भनेको पापी आदमले गुमाएको कुराको लागि सिद्ध पुरुष येशूले अर्पण गर्नुभएको आफ्नो मानव शरीर थियो भनी तिनीहरूले बुझेका थिए। तिनीहरूले येशूकी आमा, मरियमको उपासना गर्दैनथे। तिनीहरूले सबै विश्वासीहरू कौमार्यको शपथविना नै धर्मगुरु हुन सक्ने सिद्धान्त पुनर्स्थापना गरे। तिनीहरूले मण्डलीका सबै सदस्यहरूलाई सार्वजनिक प्रचारकार्यमा भाग लिन प्रोत्साहन दिए र अपश्चात्तापी पापीहरूलाई बहिष्कार गरे। तिनीहरू सैनिक र राजनैतिक गतिविधिबाट पूरै अलग रहे। (“माइनर पार्टीका ब्रेथ्रेनहरूले के विश्वास गर्थे” पेटी हेर्नुहोस्।) माइनर पार्टीले एक्टा-को प्रस्तावनालाई पछ्याउने हुँदा तिनीहरू आफूलाई युनिटि अफ ब्रेथ्रेनको साँचो उत्तराधिकारी ठान्थे।
स्पष्टवादी र सताइएका
माइनर पार्टीले मेजर पार्टीलगायत अन्य धर्महरूको खुलेआम आलोचना गर्थे। त्यस्ता धर्महरूबारे तिनीहरूले यस्तो लेख्थे: “तिमीहरू साना केटाकेटीलाई तिनीहरूको आफ्नो विश्वासविना बप्तिस्मा लिन सिकाउँछौं र यसो गर्दा तिमीहरूले डाइनोसियस भन्ने विशपलाई पछ्याउँछौं जसले केही मूर्ख मानिसहरूको लहैलहैमा लागेर शिशु बप्तिस्मा गर्न जोड गरे। . . . शिक्षक तथा डाक्टरहरू, लुथर, मेलांक्टन, ब्युकरस, कोर्भिन, जिलेस, बुलिंगर . . . मेजर पार्टी सबैले एउटै विश्वास गर्छन् र आपसमा खिचिएका छन्।”
माइनर पार्टी सताइनु कुनै छक्क लाग्दो कुरा थिएन। सन् १५२४ मा यसको एक जना नेता, यान क्यालनेकलाई कोर्रा लगाइयो र डढाइयो। पछि माइनर पार्टीका तीन जना सदस्यलाई खाँबोमा जलाइयो। माइनर पार्टी १५५० तिर यसको अन्तिम नेताको मृत्युपछि अस्तित्वबाट हराएजस्तो देखिन्छ।
तैपनि, माइनर पार्टीका विश्वासीहरूले मध्यकालीन युरोपको धार्मिक परिवेशमा आफ्नो छाप छोडे। हो, माइनर पार्टीको दिनसम्ममा ‘साँचो ज्ञान’ प्रशस्त भई नसकेकोले तिनीहरू लामो समयदेखि रहिरहेको आध्यात्मिक अन्धकार हटाउन सफल भएनन्। (दानियल १२:४) यद्यपि, साघुँरो ढोकाको खोजी गर्ने र सतावटको घडीमा पनि पछि नहट्ने तिनीहरूको चाहना आज साँचो मसीहीहरूका लागि महत्त्वपूर्ण कुरा हो।
[पृष्ठ १३-मा भएको ठूलो अक्षरको क्याप्सन]
सन् १५०० देखि १५१० सम्ममा प्रकाशित गरेको ६० वटा बोहिमियन (चेक) पुस्तकमध्ये ५० वटा युनिटि अफ ब्रेथ्रेनका सदस्यहरूले लेखेको विश्वास गरिन्छ
[पृष्ठ ११-मा भएको पेटी]
मेजर पार्टीबारे नि?
अन्ततः मेजर पार्टीलाई के भयो? माइनर पार्टी अस्तित्वबाट हराएपछि मेजर पार्टी एउटा धार्मिक अभियानको रूपमा युनिटि अफ ब्रेथ्रेनको नाउँले रहिरह्यो। समयमा यस समूहले आफ्नो मूल विश्वासमा काँटछाँट गऱ्यो। सोह्रौं शताब्दीको अन्तमा युनिटि अफ ब्रेथ्रेनले चेक उल्ट्राक्वीस्टसँग a सम्झौता गऱ्यो जो मुख्यतया लुथरनहरू थिए। तथापि, ब्रेथ्रेनहरू बाइबललगायत अन्य धार्मिक पुस्तकहरू अनुवाद तथा प्रकाशित गर्न सक्रिय भइरहे। चाखलाग्दो कुरा के छ भने, तिनीहरूका प्रारम्भिक प्रकाशनहरूको सुरुको पानामा टेट्रागामाटन हुन्थ्यो जुन परमेश्वरको व्यक्तिगत नाउँको चार हिब्रू अक्षर हो।
सन् १६२० मा चेक राज्यलाई जबरजस्ती रोमन क्याथोलिकहरूको अधीनमा राखियो। फलस्वरूप, मेजर पार्टीका थुप्रै ब्रेथ्रेनहरूले देश छोडे र विदेशमा आफ्नो गतिविधि जारी राखे। अन्य देशहरूमा यो समूह पछि मोराभियन चर्चको (मोराभिया, चेक भूमिको भाग हो) रूपमा चिनियो जुन अहिले पनि अस्तित्वमा छ।
[फुटनोट]
a ल्याटिन शब्द उल्ट्राक्वी-बाट लिइएको जसको अर्थ “प्रत्येक दुईको” हो। रोमन क्याथोलिकहरूका पादरीहरूले होली कम्युनियनको बेला जनसाधारणलाई दाखमद्य दिंदैनथे तर उल्ट्राक्वीस्टहरूले (हसवादीको बेग्लै समूह) जनसाधारणलाई रोटी र दाखमद्य दिन्थे।
[पृष्ठ १२-मा भएको पेटी]
माइनर पार्टीका ब्रेथ्रेनहरूले के विश्वास गर्थे
पन्ध्रौं र १६ औं शताब्दीको एक्टा युनिटाटिस फ्राट्रुम-बाट लिइएका निम्न उद्धरणहरूले माइनर पार्टीका केही विश्वासहरूबारे बताउँछ। माइनर पार्टीका नेताहरूले लेखेका कथनहरू मुख्यतया मेजर पार्टीतर्फ केन्द्रित छ।
त्रिएक: “तपाईंले सम्पूर्ण बाइबलमा हेर्नुभयो भने मानिसहरूको आफ्नो परिकल्पनाअनुसार फरक-फरक नाउँले तीन व्यक्ति अर्थात् त्रिएकमा विभाजित गरिएको पाउनुहुन्न।”
पवित्र आत्मा: “पवित्र आत्मा परमेश्वरको हात, परमेश्वरको वरदान वा सान्त्वनादाता वा परमेश्वरको शक्ति हो जुन, पिताले ख्रीष्टको गुणको आधारमा विश्वासीहरूलाई दिनुहुन्छ। पवित्र आत्मालाई परमेश्वर वा व्यक्ति भन्नुपर्छ भनी उल्लेख गरिएको धर्मशास्त्रमा हामी पाउँदैनौं नता प्रेरितहरूको शिक्षामै पाउँछौं।
पादरीको ओहदा: “तिनीहरूले “पादरी” भन्ने पदवी दिएर ठीक गरेका छैनन्, तिनीहरूको आभूषण र औंलाको लेप हटाइदियो भने तिनीहरू सर्वसाधारणभन्दा केही फरक हुँदैनन्। सन्त पत्रुसले सबै मसीहीहरू धर्मगुरु हुनुपर्छ भन्दै यसो भन्छन्: तिमीहरू आध्यात्मिक बलिदान दिने पवित्र पूजाहारी हौ। (१ पत्रुस २)”
बप्तिस्मा: “प्रभु ख्रीष्टले आफ्ना प्रेरितहरूलाई भन्नुभयो: संसारमा जाओ, सबै सृष्टि र विश्वास गर्नेहरूलाई सुसमाचार प्रचार गर। (मर्कूस, अध्याय १६) यी शब्दहरू पूरा गरेपछि मात्र: बप्तिस्मा लिनुपर्छ र तिनीहरू बच्नेछन्। अनि तिमीहरू आफ्नो विश्वास नभएका स-साना केटाकेटीलाई बप्तिस्मा लिन सिकाउँछौ।”
तटस्थता: “तिमीहरूका भाइहरूले पहिला खराब र अशुद्ध ठानेका कुराहरू, जस्तै सेनामा भर्ती हुनु, हत्या गर्नु वा हतियारहरू बोकेर हिंड्नु इत्यादिलाई तिमीहरू असल ठान्छौ . . . त्यसकारण हामीलाई लाग्छ कि तिमीहरूले आफ्नो बायाँ आँखाले मात्र भविष्यसूचक शब्दहरू हेर्छौ जहाँ यसो भनिएको छ: त्यसैले उहाँले धनु, ढाल, तरवार र युद्धको शक्तिलाई भाँच्नुभएको छ। (भजन ७५) अनि फेरि: तिनीहरूले पवित्र पहाडमा भएका कसैलाई पनि नाश गर्नेछैनन् किनभने प्रभुको पृथ्वी ईश्वरीय ज्ञानले भरिनेछ। (यशैया, अध्याय ११)।”
प्रचारकार्य: “हामी सबैलाई थाह भएकै कुरा हो, सबै पादरी तथा विशपहरूले भन्दा सुरुमा स्त्रीहरूले धेरै मानिसहरूलाई पश्चाताप गर्न मदत गरे। अनि अहिले पादरीहरूले तिनीहरूको ठाउँ लिएका छन् र चर्चले दिएको ठाउँमा बसेका छन्। कस्तो गल्ती! सारा संसारमा जाऊ। . . . सारा सृष्टिमा प्रचार गर।”
[पृष्ठ १०-मा भएको नक्सा]
(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्)
जर्मनी
पोल्याण्ड
चेक गणतन्त्र
बोहिमिया
एल्बे नदी
प्राग
भिटाभा नदी
क्लाटोभि
चेल्सी
कुन्भाल्ट
मोराभिया
भिल्मोभ
डानुबे नदी
[पृष्ठ १०, ११-मा भएका चित्रहरू]
बायाँ: पिटर केल्चेड्ज्की; तल: “नेट अफ द फेथ”-बाट एउटा पृष्ठ
[पृष्ठ ११-मा भएको चित्र]
प्रागका ग्रेगरी
[पृष्ठ १३-मा भएको चित्रको स्रोत]
All images: S laskavým svolením knihovny Národního muzea v Praze, C̆esko