के विश्वासले बिरामीलाई निको पार्न सक्छ?
के विश्वासले बिरामीलाई निको पार्न सक्छ?
बिरामी पर्दा, हामी सन्चो तथा निको हुन खोज्छौं। येशूले थुप्रै चोटि सबै किसिमका रोगहरू निको पार्नुका साथै थुप्रै बिरामीहरूलाई राहत प्रदान गर्नुभयो भन्ने कुरा त सायद तपाईंले बाइबल विवरणबाट थाह पाउनुभएकै होला। कसरी यस्तो निको पार्ने काम सम्भव हुन सक्यो? “परमेश्वरको [“शक्तिद्वारा”, NW]” भनी बाइबल जवाफ दिन्छ। (लूका ९:४२, ४३; प्रेरित १९:११, १२) तसर्थ, कुनै व्यक्ति विश्वासले गर्दा मात्र नभई, परमेश्वरको पवित्र आत्माले गर्दा निको भएको थियो। (प्रेरित २८:७-९) त्यसैकारण त येशूले निको हुनको लागि बिरामीहरूले उहाँमाथि विश्वास व्यक्त गरेको चाहनुभएन।
तपाईं सोच्नुहोला: ‘के चमत्कारपूर्ण ढङ्गमा निको पार्ने काम उहिलेको कुरा हो वा के येशूले गर्नुभएको निवारण कार्य फेरि हुनेछ? अति पीडादायी वा निको नहुने रोगले ग्रसित व्यक्तिहरूका लागि कस्तो आशा छ?’
धार्मिकताले बास गर्ने परमेश्वरको नयाँ संसारमा, पृथ्वीमा छँदा येशूले गर्नुभएझैं परमेश्वरको शक्तिले फेरि चमत्कारपूर्ण ढङ्गमा निवारण कार्य गर्नेछ। परमेश्वरमाथिको विश्वासको आधारमा रोग निको पार्ने व्यक्तिहरूले कहिल्यै गर्न नसकेका कुराहरू अर्थात् सम्पूर्ण रोगहरू लगायत मृत्यु परमेश्वरले कसरी र कहिले नामेट पार्नुहुनेछ भन्ने कुरा तपाईंलाई बताउन तपाईंको इलाकामा भएका यहोवाका साक्षीहरू खुसी हुनेछन्। हो, परमेश्वरले “मृत्युलाई सदाको निम्ति” निल्नुहुनेछ।—यशैया २५:८.