के तटस्थताले मसीही प्रेममा अवरोध खडा गर्छ?
के तटस्थताले मसीही प्रेममा अवरोध खडा गर्छ?
मसीही हुनु भनेको बाइबल पढ्नु, प्रार्थना गर्नु र आइतबारको दिन भजन गाउनु मात्रै होइन। यसमा परमेश्वर र मानिस दुवैका लागि कामकुराहरू गर्नु समावेश छ। बाइबल यसो भन्छ: “वचन र मुखले मात्र हामी प्रेम नगरौं, तर कामले साँचो प्रेम गरौं।” (१ यूहन्ना ३:१८) येशू अरूको साँचो चासो राख्नुहुन्थ्यो र मसीहीहरू उहाँको अनुकरण गर्न चाहन्छन्। प्रेरित पावलले सँगी विश्वासीहरूलाई सधैं “प्रभुको काममा प्रशस्त हुँदै जाओ” भनी आग्रह गरे। (१ कोरिन्थी १५:५८) तर प्रभुको काम भनेको के हो? के यसमा गरिब तथा शोषितहरूको हितका लागि सरकारी नीतिहरूमा परिवर्तन ल्याउन खोज्नु समावेश छ? के येशूले त्यसो गर्नुभयो?
येशूलाई राजनैतिक मामिलाहरूमा हस्तक्षेप गर्न वा पक्ष लिन आग्रह गरिए तापनि उहाँले त्यसो गर्न इन्कार मत्ती ४:८-१०; २२:१७-२१; यूहन्ना ६:१५) तर उहाँको तटस्थताले उहाँलाई अरूको भलाइको खातिर काम गर्न अवरोध खडा गरेन।
गर्नुभयो। उहाँले संसारका सबै राज्यहरूमाथि शासन गर्ने शैतानको प्रस्तावलाई अस्वीकार गर्नुभयो, कर तिर्नेसम्बन्धी विवादमा मुछिन चाहनुभएन र उहाँलाई राजा बनाउने संयुक्त प्रयास गरिंदा उहाँ पछि हट्नुभयो। (येशूले अरूको अनन्त हित हुने कुरामा ध्यान केन्द्रित गर्नुभयो। उहाँले पाँच हजार जनालाई खुवाउनुहुँदा र बिरामीहरूलाई निको पार्नुहुँदा थोरैले केही क्षणका लागि उद्धार पाए तर उहाँको शिक्षाले सारा मानिसजातिको लागि अनन्त आशिष् उपलब्ध गरायो। येशू उद्धार अभियानहरूका प्रबन्धकको रूपमा होइन तर केवल “गुरुज्यू” भनेर चिनिनुभयो। (मत्ती २६:१८; मर्कूस ५:३५; यूहन्ना ११:२८) उहाँले भन्नुभयो: “यसैको निम्ति म जन्मेको हुँ, र त्यसैको निम्ति गवाही दिऊँ भनेर म यस संसारमा आएको हुँ।”—यूहन्ना १८:३७.
राजनीतिभन्दा उत्तम कुराको प्रचार गर्दै
येशूले सिकाउनुभएको सत्य कुनै राजनैतिक सिद्धान्त थिएन। बरु, त्यो उहाँ स्वयम् राजा हुने राज्यमा केन्द्रित थियो। (लूका ४:४३, NW) यो राज्य, स्वर्गीय सरकार हो र यसले सबै मानव प्रशासनहरू प्रतिस्थापन गर्नेछ र मानिसजातिमाथि अनन्त शान्ति ल्याउनेछ। (यशैया ९:६, ७; ११:९; दानियल २:४४) यसकारण मानिसजातिको लागि एक मात्र साँचो आशा यही हो। सुरक्षित भविष्यको लागि मानिसमा भरोसा राख्नुभन्दा भविष्यको लागि त्यस्तो पक्का आशाबारे घोषणा गर्नु के मायालु कुरा होइन र? बाइबल यसो भन्छ: “राजाहरूमाथि तँ भरोसा नगर्, मानिसमाथि पनि नगर्, तिनीहरूबाट केही सहायता हुँदैन। त्यसको सास निस्किहाल्छ, त्यो माटैमा मिलिहाल्छ। त्यही दिन त्यसका युक्तिहरू नष्ट भइहाल्छन्। याकूबका परमेश्वरलाई आफ्नो सहायक बनाउनेचाहिं सुखी हुन्छ, जसको आशा परमप्रभु तिनका परमेश्वरमा, हुन्छ।” (भजन १४६:३-५) त्यसैले सरकारहरू अझ व्यवस्थित पार्ने तरिका सिकाउन प्रचार गर्न पठाउनुको सट्टा येशूले आफ्ना चेलाहरूलाई “राज्यको . . . सुसमाचार” प्रचार गर्न सिकाउनुभयो।—मत्ती १०:६, ७; २४:१४.
त्यसकारण, मसीही प्रचारकहरूलाई सुम्पिएको “प्रभुको काम” यही हो। परमेश्वरको राज्यका प्रजाहरूले आपसमा प्रेम गर्नुपर्ने भएकोले यस राज्यले मानवजातिका स्रोतसाधनहरू सन्तुलित ढङ्गमा वितरण गरेर गरिबीलाई निर्मूल गर्न सफल हुनेछ। (भजन ७२:८, १२, १३) यो सुसमाचार हो र यो अवश्य प्रचार गर्न योग्यको छ।
आज यहोवाका साक्षीहरू २३५ मुलुकहरूमा यो “प्रभुको काम” गर्न व्यवस्थित छन्। येशूको आज्ञा अनुरूप तिनीहरूले सबै सरकारहरूको आदर गर्छन्। (मत्ती २२:२१) तर तिनीहरू उहाँले आफ्ना अनुयायीहरूलाई भन्नुभएको यो कुरा पनि पालन गर्छन्: “तिमीहरू यस संसारका होइनौ, मैले तिमीहरूलाई संसारबाट छानें।”—यूहन्ना १५:१९.
कुनै समय राजनीतिमा संलग्न भएका कोही-कोही बाइबलको गहिरो अध्ययनपछि परिवर्तन भएका छन्। एक जना इटालेली राजनीतिज्ञ, जो चर्चबाट नियन्त्रित क्याथोलिक एक्सन नामक संगठनका सदस्य थिए, तिनले यसो भने: “मानिसले समाजको राजनैतिक र सामाजिक विकासमा सक्रियतासाथ योगदान पुऱ्याउनुपर्छ भन्ने सोचाइले गर्दा म राजनीतितिर लागें।” एक जना यहोवाको साक्षीको हैसियतमा परमेश्वरको राज्यको प्रचार गर्न मेयरको पदबाट राजीनामा दिएपछि तिनले राजनीतिमा निष्कपट
व्यक्तिहरूको प्रयास विफल हुनुको कारण बताए। “अहिले संसारको यस्तो हबिगत हुनुको कारण भद्र व्यक्तिहरूले सामाजिक अवस्था सुधार्न प्रयास नगरेकोले होइन तर अनगिन्ती मानिसहरूको दुष्टतामाझ मुठीभर व्यक्तिहरूको निष्कपट प्रयास ओझेलमा परेकोले गर्दा हो।”मानिसजातिको लागि एक मात्र साँचो आशाबारे प्रचार गर्न राजनीतिबाट अलग रहँदा साँचो मसीहीहरू अरूलाई व्यावहारिक मदत पुऱ्याउनदेखि वञ्चित हुँदैनन्। तिनीहरूले परमेश्वरको राज्यको प्रजा हुन जस-जसलाई मदत गर्छन्, तिनीहरूले आफ्नो विध्वंसकारी मनोवृत्ति परिवर्तन गर्न, अख्तियारको आदर गर्न, पारिवारिक जीवनमा उन्नति गर्न र भौतिक धनसम्पत्तिप्रति सन्तुलित विचारधारा राख्न सिक्छन्। त्योभन्दा पनि महत्त्वपूर्ण कुरा यहोवाका साक्षीहरूले मानिसहरूलाई परमेश्वरसँग आत्मीय सम्बन्ध विकास गर्न मदत गर्छन्।
परमेश्वरको राज्यका प्रचारकहरूले आफू बस्ने समाजलाई पनि फाइदा पुऱ्याउँछन्। तर त्योभन्दा पनि तिनीहरूले मानिसहरूलाई एउटा वास्तविक सरकार र परमेश्वरलाई प्रेम गर्ने सबैको लागि स्थायी शान्ति ल्याउने सरकारमा भरोसा राख्न सिकाउँछन्। तिनीहरूको तटस्थताको कारण आज उपलब्ध सबैभन्दा व्यावहारिक मदत दिन यी मसीहीहरू स्वतन्त्र छन्।
[पृष्ठ ७-मा भएको पेटी/चित्र]
राजनीतिदेखि परमेश्वरको राज्यको प्रचारकार्यसम्म
ठिटै छँदा अटिलाले ब्राजिलको बेलेममा आफ्नो चर्चका पादरीबाट मुक्तिको धर्मसिद्धान्तबारे सिके। तिनी मानिसजाति अन्ततः शोषणबाट मुक्त हुनेछ भनी सुन्न रुचाउँथे र शोषितहरूको हकहितका लागि लागिपरेको एउटा समुदायको सदस्य भए जहाँ तिनले विरोध जुलुस तथा नागरिक विरोध अभियानको योजना मिलाउन सिके।
तर अटिला त्यस समुदायका केटाकेटीलाई लिस्निङ टु द ग्रेट टिचर a भन्ने पुस्तक चलाएर सिकाउन पनि मन पराउँथे र यो पुस्तक तिनलाई कसैले दिएका थिए। यसमा असल आचरण र अख्तियारवालाहरूप्रति आज्ञाकारिताबारे बताइएको थियो। यसले अटिलालाई मुक्तिको धर्मसिद्धान्तका समर्थकहरूले किन येशूको उच्च नैतिक स्तरलाई पालन गर्दैनन् र किन कसै-कसैले सत्तामा पुगेपछि शोषितहरूलाई बिर्सन्छन् भनी सोच्न बाध्य तुल्यायो। तिनले त्यस समुदायको गतिविधिमा भाग लिन छोडे। पछि यहोवाका साक्षीहरूले तिनको ढोका ढक्ढकाए र तिनलाई परमेश्वरको राज्यबारे बताए। तिनले चाँडै बाइबल अध्ययन गर्न थाले र मानिसजातिको शोषणको साँचो समाधानबारे सिके।
यसै समयतिर अटिला विश्वास र राजनीति विषयको क्याथोलिक सेमिनारमा उपस्थित भए। प्रशिक्षकहरूले भने, “यी त एउटै सिक्काको दुई पाटा हुन्।” तिनी राज्यभवनको एउटा सभामा पनि उपस्थित भए। कस्तो भिन्नता! एउटा त, त्यहाँ धूम्रपान, मद्यव्यसन वा छाडा ठट्टाहरू केही पनि थिएन। तिनले उनीहरूसितै प्रचारकार्यमा भाग लिने निर्णय गरे र चाँडै बप्तिस्मा लिए। अहिले तिनले मुक्तिको धर्मसिद्धान्त गरिबका समस्याहरूको साँचो समाधान किन होइन भनेर बुझेका छन्।
[फुटनोट]
a यहोवाका साक्षीहरूद्वारा प्रकाशित।
[पृष्ठ ६-मा भएका चित्रहरू]
मसीही सेवकहरूको तटस्थताले अरूलाई मदत गर्नदेखि तिनीहरूलाई रोक्दैन