सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

परमेश्‍वरलाई प्रसन्‍न तुल्याउन मानिसजातिले गरेको खोज

परमेश्‍वरलाई प्रसन्‍न तुल्याउन मानिसजातिले गरेको खोज

परमेश्‍वरलाई प्रसन्‍न तुल्याउन मानिसजातिले गरेको खोज

आफ्नो पुस्तक गड—अ ब्रिफ हिस्ट्री-मा ( अङ्‌ग्रेजी) जोन बोकर यसो भन्छन्‌: “परमेश्‍वरले भूमिका नखेल्नुभएको त्यस्तो कुनै मानव समाज नै छैन र ब्रह्‍माण्डमाथि नियन्त्रण तथा सृष्टि गर्ने कुरामा परमेश्‍वरको हात छ भनेर अक्सर विश्‍वास गरिन्छ। सोचविचार गरेर धर्मनिरपेक्ष बनाइएका समाजहरूमा समेत यो कुरा सत्य साबित भएको छ।” कुनै न कुनै तरिकामा परमेश्‍वरलाई भेट्टाउने र उहाँको अनुग्रह प्राप्त गर्ने खोज मानव स्वभावको एउटा चिह्नारी नै बनेको छ। सारा संसारभरि थुप्रै मानिसहरूसित परमेश्‍वरलाई प्रसन्‍न तुल्याउने निष्कपट इच्छा छ। निस्सन्देह, यसो गर्ने तिनीहरूको तरिका भने आ-आफ्नो विश्‍वासअनुसार फरक-फरक छ।

परमेश्‍वरको अनुग्रह प्राप्त गर्न नैतिक जीवन यापन गरे पुगिहाल्छ नि भनेर कसै-कसैले विचार गर्छन्‌।। अरूचाहिं गरिबहरूका लागि परोपकारी कार्यहरू गरेर परमेश्‍वरको अनुमोदन प्राप्त गर्न सकिन्छ भन्‍ने सोचाइ राख्छन्‌। यसबाहेक, लाखौं मानिसहरूका लागि धार्मिक समारोह तथा रीतिथितिहरू महत्त्वपूर्ण छन्‌।

अर्कोतर्फ, परमेश्‍वरलाई भेट्टाउनै सकिन्‍न वा उहाँ अत्यन्तै टाढा अथवा साधारण मानिसहरूको कुरामा ध्यान दिन फुर्सतै नहुने गरी उहाँ अरू नै कुरामा अति व्यस्त हुनुहुन्छ भनेर विश्‍वास गर्ने मानिसहरू पनि छन्‌। रिपोर्टअनुसार पुरातन ग्रीसका दार्शनिक इपिक्युरसले ‘देवताहरू अत्यन्तै टाढा भएकाले मानिसजातिका कामकाजमा न त असल न खराब नै गर्न सक्छन्‌’ भनी विश्‍वास गर्थे। यद्यपि, यस्तो विचारधारा राख्ने प्रायजसो व्यक्‍तिहरू धर्मप्रति आस्था भएका व्यक्‍तिहरू हुन्‌। आफ्ना मृतक पूर्वजहरूलाई खुसी पार्ने आशामा अरू कतिपयले त अझ बलिदान चढाउनुका साथै रीतिथिति पनि गर्ने गर्छन्‌।

तपाईंलाई कस्तो लाग्छ? उहाँको अनुग्रह प्राप्त गर्ने हाम्रो प्रयासलाई के परमेश्‍वरले साँच्चै याद गर्नुहुन्छ? के हामीले परमेश्‍वरको मन छुन र उहाँलाई प्रसन्‍न तुल्याउन सम्भव छ?

[पृष्ठ २-मा भएको चित्रको स्रोत]

COVER: Courtesy of ROE/Anglo-Australian Observatory, photograph by David Malin