सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अझ बढी पाउन मरिहत्ते

अझ बढी पाउन मरिहत्ते

अझ बढी पाउन मरिहत्ते

“यदि हामी सधैं अझ बढी चाहन्छौं भने हामी कहिल्यै तृप्त हुन सक्दैनौं।”— अ वर्ल्डवाच इन्स्टिच्यूट रिपोर्ट

हामी के चाहन्छौं? आँखाले देखेजति सबै। कहिले चाहन्छौं? अहिल्यै।” यो नारा सन्‌ १९६० को दशकतिर कलेजका केही विद्यार्थीहरूमाझ लोकप्रिय थियो। आज ठ्याक्क यस्तै शब्दहरू नसुनिए तापनि मूल विचारमा भने कुनै परिवर्तन आएको छैन। वास्तवमा अझ बढी पाउन मरिहत्ते गर्नु हाम्रो युगको चिनारी नै बनिसक्यो जस्तो देखिन्छ।

धेरैको लागि धन र प्रतिष्ठा आर्जन गर्नु नै जीवनको एक प्रमुख लक्ष्य बनेको छ। भूतपूर्व अमेरिकी राष्ट्रपति जिमी कार्टरले एक पटक यसो भने: “मानिसले जीवनमा के-कति काम गऱ्‍यो त्यसबाट अब ऊ चिनिंदैन तर उसले के-कति कमायो, त्यसैबाट ऊ चिनिन्छ।” के धनसम्पत्तिभन्दा अझै महत्त्वपूर्ण कुनै मूल्यमान्यताहरू छन्‌? छन्‌ भने ती के हुन्‌, त्यसले कस्ता लाभहरू पुऱ्‍याउनेछ?