के तपाईं आफूले पढेको कुराको चित्र मनमा उतार्न सक्नुहुन्छ?
के तपाईं आफूले पढेको कुराको चित्र मनमा उतार्न सक्नुहुन्छ?
घटनाहरूलाई कल्पना गर्नको लागि आफूले पढ्ने ठाउँहरूबारे परिचित हुनु मदतकारी हुन सक्छ। उदाहरणका लागि, बाइबलको प्रेरितको पुस्तकमा उल्लिखित प्रेरित पावलको मिसनरी यात्रालाई विचार गर्नुहोस्। येशूका अनुयायीहरूलाई सबैभन्दा पहिला ख्रीष्टियान भनिएको ठाउँ, एन्टिओकबाट पावलले आफ्नो पहिलो मिसनरी यात्रा प्रारम्भ गरे। त्यसपछि तिनले सलामिस, पिसिडियाको एन्टिओक, आइकोनियम, लिस्त्रा र डर्बीजस्ता ठाउँहरूको यात्रा गरे। यी ठाउँहरू कता थिए, के तपाईं कल्पना गर्न सक्नुहुन्छ?
मानचित्र नहेरेसम्म सायद सक्नुहुन्न होला। “सी द गुड ल्याण्ड” भन्ने ३६ पृष्ठे पुस्तिकामा यस्तो किसिमको मानचित्र दिइएको छ। स.रा.अ.-को मन्टानाका एक जना पाठकले मूल्याङ्कनले ओतप्रोत हुँदै यस्तो टिप्पणी गरे: “पावलले गरेका यात्राहरू म देख्न सक्छु र सुसमाचार फैलाउने सन्दर्भमा तिनीलगायत प्रारम्भिक मसीहीहरूले गरेको यात्रा तथा कामको किसिम कल्पना गर्ने प्रयास गर्न सक्छु। यस्तो राम्रो दृश्य सहायकको लागि तपाईंहरूलाई धन्यवाद।”
पावलले गरेका यात्राहरूको मानचित्र यस पुस्तिकामा भएका थुप्रै मानचित्रहरूमध्ये एउटा उदाहरण मात्र हो, जसले पाठकलाई बाइबलमा उल्लिखित कुराहरू कल्पना गर्न मदत गर्नेछ। सँगैको कुपन भरेर यही पत्रिकाको पृष्ठ २ मा दिइएका ठेगानाहरूमध्ये तपाईंलाई पायक पर्ने ठाउँमा पठाएर “सी द गुड ल्याण्ड”-बारे तपाईं थप जानकारी मगाउन सक्नुहुन्छ।
□ कुनै बाध्यतामा नपरी, म “सी द गुड ल्याण्ड” पुस्तिकाबारे थप जानकारी प्राप्त गर्न चाहन्छु।
□ निश्शुल्क गृह बाइबल अध्ययनको लागि कृपया मसँग सम्पर्क राख्नुहोस्।
[पृष्ठ ३२-मा भएको चित्रको स्रोत]
Pictorial Archive (Near Eastern History) Est.