सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

येशू ख्रीष्टको सम्झना कसरी गर्नुपर्छ?

येशू ख्रीष्टको सम्झना कसरी गर्नुपर्छ?

येशू ख्रीष्टको सम्झना कसरी गर्नुपर्छ?

येशू ख्रीष्ट “पक्कै पनि आजसम्म बाँचेकाहरूमध्ये सबैभन्दा प्रभावशाली व्यक्‍तिहरूमध्ये एक हुनुहुन्थ्यो।”—द वर्ल्ड बुक इन्साइक्लोपीडिया

अक्सर महान्‌ मानिसहरूलाई तिनीहरूको कामद्वारा सम्झना गरिन्छ। त्यसोभए किन धेरैले येशूलाई उहाँको कामद्वारा भन्दा उहाँको जन्मद्वारा सम्झना गर्छन्‌? मसीहीजगत्‌भित्र अधिकांश मानिसहरू येशू जन्मँदा घटेका घटनाहरू बताउन सक्छन्‌। तर कति जनाले डाँडाको उपदेशमा पाइने उहाँका सर्वोत्कृष्ट शिक्षाहरू सम्झन अनि पालन गर्ने कोसिस गर्छन्‌?

हो, येशूको जन्म उल्लेखनीय थियो तर उहाँका प्रारम्भिक चेलाहरूले उहाँले गर्नुभएका र सिकाउनुभएका कुराहरूलाई अझ बढी महत्त्व दिए। निस्सन्देह, परमेश्‍वर कदापि ख्रीष्टको जन्मद्वारा एक जना परिपक्व व्यक्‍तिको रूपमा उहाँको जीवन ओझेलमा परोस्‌ भन्‍ने चाहनुहुन्‍न थियो। यद्यपि, येशूको जन्मसम्बन्धी कथाहरूको अत्यधिक प्रभावद्वारा एक जना व्यक्‍तिको रूपमा ख्रीष्टलाई ओझेलमा पार्न क्रिसमस सफल भएको छ।

क्रिसमस उत्सव मनाउने तरिकाबारे अर्को एउटा खलबल्याउने प्रश्‍न पनि खडा हुन्छ। यदि येशू आज पृथ्वीमा फर्कनुभएको भए क्रिसमसको खुलेआम व्यापारीकरणबारे उहाँ के सोच्नुहुन्थ्यो होला? दुई हजार वर्ष पहिले येशू येरूशलेमको मन्दिरमा जानुभयो। पैसा कमाउन यहूदी धार्मिक पर्वको फाइदा उठाइरहेका पैसा साट्‌ने र पसल थाप्नेहरूप्रति उहाँ आक्रोशित हुनुभयो। उहाँले यसो भन्‍नुभयो, “यहाँबाट यी लैजाओ। मेरा पिताको घर व्यापारको घर नतुल्याओ!” (यूहन्‍ना २:१३-१६) स्पष्टतः व्यापार र धर्मलाई छ्यासमिस गर्ने कुरा येशूलाई स्वीकार्य थिएन।

धेरै निष्कपट स्पेनी क्याथोलिकहरू क्रिसमस मनाउने तरिकामा बढ्‌दै गइरहेको व्यापारीकरणप्रति चिन्ता व्यक्‍त गर्छन्‌। यद्यपि, धेरैजसो क्रिसमस प्रचलनहरूको मूल जरालाई विचार गर्ने हो भने व्यापारीकरणको यस्तो प्रवृत्ति सम्भवतः स्वाभाविक नै हो। पत्रकार क्वान आर्याज औंल्याउँछन्‌: “मसीही धर्महरूभित्र रहेकाहरूले नै क्रिसमस ‘गैरमसीही’ भएकोमा अनि धर्मभन्दा मोजमज्जा र उपभोक्‍तावादी दृष्टिकोणमा ढल्केकोमा आलोचना गर्छन्‌। सामान्यतया तिनीहरूमध्ये धेरैलाई कुन कुरा थाह छैन भने, नेटिभिटी . . . आफैले पनि [सूर्यसम्बन्धी] रोमी गैरमसीही पर्वहरूका धेरै पक्षहरूलाई अङ्‌गालिसकेको थियो।”—एल पाइज, डिसेम्बर २४, २००१.

हालैका वर्षहरूमा धेरै स्पेनी पत्रकार तथा इन्साइक्लोपीडियाहरूले परम्परागत क्रिसमस पर्वलगायत यसका व्यापारिक आशयहरूबारे टीकाटिप्पणीहरू गरेका छन्‌। क्रिसमस उत्सवको मितिको सन्दर्भमा इन्साइक्लोपीडिया डे ला रिलिजियोन क्याटोलिका कुरा नलुकाई यसो भन्छ: “रोमन चर्चले क्रिसमसको लागि डिसेम्बर २५ को मितिलाई चयन गर्ने निर्णय गर्नुको कारण सम्भवतः गैरमसीही पर्वहरूको ठाउँमा मसीही पर्वहरू राख्ने प्रवृत्ति हुन सक्छ। . . . हामीलाई थाह छ, रोममा त्यसबेला गैरमसीहीहरूले डिसेम्बर २५ लाई नाटालिस इनभिक्टी-को उत्सव अर्थात्‌ ‘अजय सूर्यको’ जन्मोत्सवको रूपमा पवित्र ठान्थे।”

त्यस्तै इन्सिक्लोपीडिया हिस्पानिका यसो भन्छ: “क्रिसमस उत्सवको मिति डिसेम्बर २५, येशू जन्मेको दिनको तिथिमितिकै आधारमा जुरेको होइन तर रोममा मनाइने मकर सङ्‌क्रान्ति पर्वहरूलाई मसीहीकरण गरिएको हो।” हिउँदको समयमा रोमीहरूले कसरी सूर्योदय उत्सव मनाउँथे? भोजभतेर, होहल्ला र उपहारहरू साटासाट गरेर। चर्चका अधिकारीहरू यस्तो लोकप्रिय पर्व बन्द गर्न इच्छुक नभएको हुनाले तिनीहरूले यसलाई “मसीहीकरण” गरेर सूर्यको जन्मको सट्टा येशूको जन्म भने।

सुरुमा, चौथो अनि पाँचौं शताब्दीमा सूर्य देवताको उपासना अनि यसका प्रचलनहरूले जरा गाडेर बसेको थियो। क्याथोलिक “सन्त” अगस्तिनले, (सा.यु. ३५४-४३०) गैरमसीहीहरूले सूर्यको सम्मानको गरे जस्तै डिसेम्बर २५ नमनाउन आफ्ना सँगी विश्‍वासीहरूलाई आग्रह गर्न बाध्य महसुस गरे। आज पनि पुरातन रोमी चाडपर्वहरूको बलियो प्रभाव देखिन्छ।

मोजमज्जा र किनमेलको लागि उपयुक्‍त पर्व

शताब्दीयौंको दौडान क्रिसमसलाई मोजमज्जा र किनमेलको लागि सबैभन्दा लोकप्रिय अन्तरराष्ट्रिय उत्सवमा ढाल्न विभिन्‍न पक्षहरूले निर्णायक भूमिका खेलेका छन्‌। साथै, विशेष गरी उत्तरी युरोपमा मनाइने अन्य हिउँदे पर्वहरूका प्रचलनहरू बिस्तारै रोमी शैलीमा ढालिन थाल्यो। a अनि बीसौं शताब्दीमा आएर मालामाल नाफा कमाउन सक्ने जुनसुकै प्रचलनहरूलाई सेल्सम्यान र बजार विशेषज्ञहरूले जोडतोडका साथ बढवा दिए।

परिणाम के भएको छ? ख्रीष्टको जन्मोत्सव यसको महत्त्वभन्दा सर्वोपरि भएको छ। धेरैजसो अवस्थाहरूमा परम्परागत क्रिसमसबाट ख्रीष्टको नाउँसमेत हराइसकेको छ। स्पेनी पत्रिका एल पाइस यसो भन्छ, “[क्रिसमस] सारा संसारले मनाउने एउटा पारिवारिक पर्व हो अनि सबैले आ-आफ्नै ढङ्‌गमा यो मनाउँछन्‌।”

यस टिप्पणीले स्पेन र विश्‍वका अन्य धेरै देशहरूमा मौलाउँदै गइरहेको प्रवृत्तिलाई झल्काउँछ। एकातिर क्रिसमसको उत्सव झन्‌-झनै तडकभडकपूर्ण हुँदैछ भने अर्कोतिर ख्रीष्टसम्बन्धी ज्ञानमा भने कमी आउँदैछ। वास्तवमा भन्‍ने हो भने क्रिसमसका पर्वहरू धेरै हदसम्म रोमीहरूकै समयमा फर्किरहेको छ—होहल्ला, भोजभतेर र उपहारहरूको साटासाट।

हाम्रा निम्ति एउटा पुत्र दिइएको छ

यदि ख्रीष्टसित परम्परागत क्रिसमसको वास्तवमा कुनै सम्बन्ध नै छैन भने साँचो मसीहीहरूले कसरी ख्रीष्टको जन्म तथा जीवनलाई सम्झनुपर्छ? येशू जन्मनुभन्दा सात शताब्दीअघि यशैयाले उहाँबारे यस्तो भविष्यवाणी गरे: “हाम्रा निम्ति एउटा पुत्र दिइएको छ। शासन उहाँको हातमा हुनेछ।” (यशैया ९:६) यशैयाले येशूको जन्म अनि त्यसपछिको उहाँको भूमिका यति धेरै महत्त्वपूर्ण हुनेछ भनी किन सङ्‌केत गरे? किनकि येशू पराक्रमी शासक हुनुहुने थियो। उहाँ शान्तिका राजकुमार कहलाइनुहुने थियो अनि उहाँको शान्ति र उहाँको राजकीय शासनको अन्त कहिल्यै हुनेछैन। यसको अतिरिक्‍त, येशूको शासन “न्याय र धार्मिकता[द्वारा]” चलाइनेछ।—यशैया ९:७.

स्वर्गदूत गब्रिएलले मरियमसित येशूको भावी जन्मबारे घोषणा गर्दा यशैयाको उद्‌घोषणालाई गुञ्जाए। उनले यस्तो भविष्यवाणी गरे, “उहाँ महान्‌ हुनुहुनेछ, र परमप्रधानका पुत्र कहलाइनुहुनेछ। औ परमप्रभु परमेश्‍वरले उहाँलाई उहाँको पुर्खा दाऊदको सिंहासन दिनुहुनेछ। उहाँले याकूबको घरानामाथि सदा सर्वदै राज्य गर्नुहुनेछ, र उहाँको राज्यको अन्त हुनेछैन।” (लूका १:३२, ३३) स्पष्टतः येशूको जन्मको मुख्य उद्देश्‍य परमेश्‍वरको राज्यको अभिषिक्‍त राजाको हैसियतमा ख्रीष्टले पूरा गर्ने काममा निर्भर थियो। ख्रीष्टको शासनले तपाईं, तपाईंका प्रियजनहरू लगायत सबैलाई फाइदा पुऱ्‍याउन सक्छ। वास्तवमा, स्वर्गदूतले सङ्‌केत गरेअनुसार उहाँको जन्मले “[परमेश्‍वर] प्रसन्‍न हुनुभएका मानिसहरूलाई शान्ति” ल्याउनेछ।—लूका २:१४,

शान्ति र न्यायको संसारमा बाँच्ने चाहना कसले पो गर्दैन? तर ख्रीष्टको शासनले ल्याउने शान्तिबाट आनन्द उठाउन हामीले परमेश्‍वरलाई खुसी तुल्याउनुका साथै उहाँसित असल सम्बन्ध राख्नु आवश्‍यक छ। यस्तो सम्बन्धको पहिलो कदम परमेश्‍वर र ख्रीष्टबारे सिक्नु हो भनी येशूले भन्‍नुभयो। येशूले यसो भन्‍नुभयो, “औ अनन्त जीवन यही [हो], कि तिनीहरूले तपाईं, एकमात्र सत्य परमेश्‍वरलाई, र जसलाई तपाईंले पठाउनुभयो, अर्थात्‌ येशू ख्रीष्टलाई चिनून्‌।”—यूहन्‍ना १७:३.

एक पटक येशूलाई राम्ररी चिनिसकेपछि हामीले उहाँलाई कसरी सम्झेको उहाँ चाहनुहुन्छ भनेर सुर्ता गरिरहनु आवश्‍यक छैन। के उक्‍त दिन पुरातन गैरमसीही पर्वजस्तै खाएर, पिएर अनि उपहारहरू साटासाट गरेर सम्झेको उहाँ चाहनुहुन्छ? यसो गर्नु अस्वाभाविक देखिन्छ। आफू मर्नुअघिको रात येशूले आफ्ना चेलाहरूलाई आफूले चाहने कुरा बताउनुभयो। “मलाई प्रेम गर्ने त्यही हो, जसले मेरा आज्ञा मान्दछ, र तिनलाई पालन गर्दछ, जसले मलाई प्रेम गर्दछ, त्यो मेरा पिताको पनि प्रेमी हुनेछ, औ म त्यसलाई प्रेम गर्नेछु।”—यूहन्‍ना १४:२१.

यहोवाका साक्षीहरूले पवित्र धर्मशास्त्रको विस्तृत अध्ययन गरेका छन्‌ जसले तिनीहरूलाई परमेश्‍वर र येशूका आज्ञाहरू बुझ्न मदत गरेको छ। तपाईंले येशूलाई जसरी सम्झनुपर्ने हो त्यसरी नै सम्झनको लागि ती महत्त्वपूर्ण आज्ञाहरूबारे अन्तरदृष्टि प्राप्त गर्नको लागि मदत दिन तिनीहरू खुसी हुनेछन्‌।

[फुटनोट]

a क्रिसमस ट्री अनि सान्ता क्लजको पात्र दुईवटा जोडदार उदाहरण हुन्‌।

[पृष्ठ ६, ७-मा भएको पेटी/चित्रहरू]

के बाइबलले भोजभतेर अनि उपहारहरू दिनुलाई निरुत्साहित गर्छ?

उपहारहरू दिने

बाइबलले उपहार दिनुलाई सही ठान्छ, यहोवा स्वयम्‌लाई “हरेक असल दान र हरेक उत्तम वरदान[को]” दाता भनिएको छ। (याकूब १:१७) असल आमाबाबुले आफ्ना छोराछोरीहरूलाई उपहारहरू दिनेछन्‌ भनी येशूले सङ्‌केत गर्नुभयो। (लूका ११:११-१३) स्वास्थ्य स्थितिमा सुधार आएपछि अय्यूबका साथीहरू लगायत परिवारका सदस्यहरूले अय्यूबलाई उपहार दिए। (अय्यूब ४२:११) यद्यपि, यी उपहारहरू दिनको लागि कुनै तोकिएको भोजको दिनको आवश्‍यकता परेन। यो सब हृदयबाट उब्जेर आयो।—२ कोरिन्थी ९:७.

पारिवारिक जमघट

परिवारका सदस्यहरूलाई एकतामा बाँध्न पारिवारिक जमघटले धेरै कुरा गर्न सक्छ विशेषगरी अझ तिनीहरू एउटै घरमा बसेका छैनन्‌ भने त यो झन्‌ आवश्‍यक हुन्छ। येशू र उहाँका चेलाहरू कानाको विवाह भोजमा उपस्थित हुनुभयो र निस्सन्देह त्यहाँ परिवार र साथीहरूको ठूलो जमघट थियो। (यूहन्‍ना २:१-१०) अनि येशूले दिनुभएको उडन्ता पुत्रको उदाहरणमा आफ्नो छोरा फर्केकोमा बुबाले नाचगानसहित पारिवारिक भोज गरेर खुसीयाली मनाए।—लूका १५:२१-२५.

मीठो खानेकुराबाट आनन्द उठाउने

परमेश्‍वरका सेवकहरूले परिवार, साथीभाइ अथवा सँगी उपासकहरूसित मीठो खानेकुराबाट आनन्द उठाएकोबारे बाइबलले बारम्बार चर्चा गर्छ। तीन जना स्वर्गदूत अब्राहामकहाँ आउँदा तिनले बाछाको मासु, दूध, मखन र रोटीसहितको भोज तयार पारे। (उत्पत्ति १८:६-८) सुलेमानले ‘खानु, पिउनु र आनन्द गर्नुलाई’ परमेश्‍वरको वरदान भनी बताए।—उपदेशक ३:१३; ८:१५.

स्पष्टतः साथी र परिवारसितको मीठो खानाको आनन्द उठाएको परमेश्‍वर चाहनुहुन्छ र उपहारहरू दिने कुरालाई उहाँ उचित ठान्‍नुहुन्छ। वर्षभरि नै कुनै पनि समय उपहार दिने हामीसित प्रशस्त मौकाहरू छन्‌।