सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

असल आचरणले ‘परमेश्‍वरको सिद्धान्तको शोभा बढाउँछ’

असल आचरणले ‘परमेश्‍वरको सिद्धान्तको शोभा बढाउँछ’

असल आचरणले ‘परमेश्‍वरको सिद्धान्तको शोभा बढाउँछ’

रूसको क्रान्सनोयास्क निवासी किशोरी मारिया यति सुरिलो स्वरमा गाउँछिन्‌ कि शिक्षिकाले उनलाई स्कूलको सांगीतिक टोलीमा राखिन्‌। केही समयपछि उनले आदरपूर्वक एक शिक्षिकालाई आफूले कुनै-कुनै गीतहरू गाउन नसक्ने कुरा बताइन्‌। किन? किनकि धार्मिक भाव झल्कने गीत गाउनु बाइबल आधारित उनको दृढ विश्‍वाससित बाझिने कुरा थियो। छक्क पर्दै शिक्षिकाले सोधिन्‌, ‘गीतमा ईश्‍वरको गुणगान गाउनुमा त्यस्तो के नै आपत्ति छ र?’

त्रिएकसम्बन्धी ईश्‍वरको गीत गाउन इन्कार गर्नुको कारण मारियाले बाइबलै खोलेर परमेश्‍वर र येशू ख्रीष्ट एउटै हुनुहुन्‍न र पवित्र आत्मा परमेश्‍वरको सक्रिय शक्‍ति हो भनी बताइन्‌। (मत्ती २६:३९; यूहन्‍ना १४:२८; प्रेरित ४:३१) मारिया यसो भन्छिन्‌: “शिक्षिकासित मेरो सम्बन्ध बिग्रिएन। मेरो स्कूलका प्रायः सबै शिक्षकहरू धेरै असल हुनुहुन्छ। उहाँहरू हामी इमानदार भएको चाहनुहुन्छ।”

मारियाले लिएको यस्तो अडानले स्कूलमा हुँदा शिक्षक र सहपाठीहरूबाट उनले आदर कमाइन्‌। मारिया यसो भन्छिन्‌: “बाइबल सिद्धान्त मेरो जीवनको लागि उपयोगी छ। इमानदार अनि सुव्यवस्थापनको लागि स्कूलको अन्तिम वर्षमा मैले पुरस्कार पाएँ अनि आफ्नी छोरीलाई राम्ररी हुर्काएबापत मेरा आमाबाबुले चाहिं विद्यालयको तर्फबाट कदर-पत्र पाउनुभयो।”

अगस्त १८, २००१ मा मारियाले बप्तिस्मा लिइन्‌। उनी भन्छिन्‌: “यस्तो अद्‌भुत परमेश्‍वर यहोवाको सेवा गर्न सकेकोमा म खुसी छु।” विश्‍वभरि रहेका यहोवाका जवान साक्षीहरू तीतस २:१० का शब्दहरू अनुरूप जीउँछन्‌, जहाँ यस्तो लेखिएको छ: “सब कुराबाट परमेश्‍वर हाम्रा उद्धारकर्ताको सिद्धान्तको शोभा बढाऊन्‌।”

[पृष्ठ ३२-मा भएको चित्र]

मारियाको बप्तिस्मापछि उनी र उनका आमाबाबु

[पृष्ठ ३२-मा भएको चित्र]

कदर-पत्र र असल नैतिकताको प्रमाणपत्र