अस्ट्रेलियाका दुर्गम इलाकाहरूमा योग्य व्यक्तिहरू खोज्दै
राज्य उद्घोषकहरूको रिपोर्ट
अस्ट्रेलियाका दुर्गम इलाकाहरूमा योग्य व्यक्तिहरू खोज्दै
अस्ट्रेलियाको विशाल भित्री भूभागका केही दुर्गम इलाकाहरूमा यहोवाका साक्षीहरूले प्रचार नगरेको १२ वर्ष भइसकेको थियो। त्यसैले त्यहाँ योग्य व्यक्तिहरू खोज्न उत्तरी इलाकाको राजधानी सहर डार्विनका यहोवाका साक्षीहरूले नौ दिने बृहत् प्रचार अभियानको प्रबन्ध मिलाए।—मत्ती १०:११.
यो अभियान सुरु हुनुभन्दा १२ महिनाअघि नै लगभग ८,००,००० वर्ग किलोमिटर अर्थात् नेपालभन्दा साढे पाँच गुणा ठूलो क्षेत्रको नक्सा तयार पारेर होसियारीपूर्वक योजना बनाउन थालियो। यो पृथक इलाका कत्तिको ठूलो छ भन्ने कुरा कल्पना गर्न यो कुरा विचार गर्नुहोस्, गाईबस्तु पाल्ने फार्मको मूल गेटदेखि घरको ढोकासम्म पुग्न औसत ३० किलोमिटरभन्दा लामो दुरी पार गर्नुपर्छ! साथै, कुनै-कुनै फार्महरू एकअर्काबाट ३०० किलोमिटर वा सोभन्दा टाढा छन्।
यस अभियानमा कुल १४५ जना स्वयम्सेवी साक्षीहरूले भाग लिए। कोही-कोही त तास्मानियाजस्तो टाढटाढाको ठाउँबाट समेत आए। कोही-कोही पाल टाँग्नको लागि चाहिने सामान, जगेडा पाटपुर्जाहरू र जगेडा इन्धन बोकेर फोर ह्विल ड्राइभ गाडीमा आइपुगे। अरूले भने आफ्नो सामान ट्रेलरमा ल्याए। साथै, उपयुक्त खालको फोर ह्विल ड्राइभ गाडी नहुनेहरूका लागि २२ वटा सिट भएको दुइटा बस भाडामा लिइएको थियो। विशेष गरी बसमा यात्रा गर्नेहरूले तोकिएका इलाकाहरूको ससाना सहरका बासिन्दाहरूलाई साक्षी दिए।
यस असामान्य इलाकामा कसरी सुसमाचार प्रस्तुत गर्ने भनी निर्देशनहरू दिन यात्रा सुरु गर्नुअघि जिम्मेवार भाइहरूले भाषण तथा प्रदर्शनहरूको प्रबन्ध मिलाए। उदाहरणका लागि, आदिवासीहरूको समाजमा प्रभावकारी ढङ्गमा प्रचार गर्ने हो भने अक्सर केही खास शिष्टाचारहरू पालन गर्नुपर्छ र तिनीहरूको प्रचलनबारे थाह पाउनुपर्छ। जङ्गली जनावरहरूलाई हानि नपुऱ्याउन वातावरणीय विषयहरूमा पनि छलफल गरियो।
थुप्रै उल्लेखनीय अनुभवहरू प्राप्त भए। उदाहरणको लागि, एउटा आदिवासी बस्तीमा भाइहरूले बाइबलआधारित जनभाषण दिने प्रबन्ध मिलाए। त्यस बस्तीका सबैलाई यस कार्यक्रमबारे जानकारी दिन त्यहाँकी मुखिया आफै सबैको घरघरमा गइन्। पछि, त्यहाँ उपस्थित भएकाहरूलाई ५ वटा पुस्तक र मर्कूस १२:३० उद्धृत गर्दै यसो भनिएको थियो: “तैंले परमप्रभु [“यहोवा,” NW ] आफ्ना परमेश्वरलाई आफ्नो सारा मनले . . . प्रेम गर्।” तिनले यसो भने: “मलाई यो शास्त्रपद असाध्यै मन पर्छ।” बाइबलबाट अझ बढी छलफल गरेपछि तिनले एउटा नयाँ बाइबल र अरू बाइबलआधारित साहित्यहरू स्वीकारे।
४१ वटा पुस्तिका दिइयो। अर्को एउटा बस्तीमा एक जना आदिवासीसित भेट भयो। तिनीसित किङ जेम्स भर्सन बाइबलसमेत रहेछ तर त्यो थोत्रो भएर फाटिसकेको थियो। परमेश्वरको नाउँ थाह छ कि भनेर सोध्दा तिनले थाह छ भने अनि आफ्नो ज्याकेटको खल्तीबाट पुरानो अंकको प्रहरीधरहरा निकाले। तिनले त्यस पत्रिकाबाट पढे, जहाँकार्पेन्टारियाको खाडी नजिकैको कुरा हो, दस लाख एकड जमिनमा फैलिएको फार्मका मुखियाले परमेश्वरको राज्य सन्देशप्रति अलि चासो देखाए। तिनलाई बाइबलका कथाहरू भएको मेरो पुस्तक र ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्याउँछ a भन्ने प्रकाशनहरू देखाउँदा स्थानीय क्रिओल भाषामा पनि कुनै साहित्य उपलब्ध छ कि भनेर सोधे। यो एउटा असामान्य प्रश्न थियो किनभने थुप्रै आदिवासीहरूले क्रिओल भाषा बोल्न सक्ने भए तापनि कमैले मात्र यो भाषा पढ्न सक्छन्। पछि गएर थाह लाग्यो कि त्यस फार्ममा काम गर्ने ५० जना सबैले नै क्रिओल पढ्न सक्ने रहेछन्। क्रिओल भाषामा बाइबल साहित्यहरू पाउँदा ती मानिस असाध्यै रमाए र पछि सम्पर्क गर्नको लागि खुसीसाथ आफ्नो फोन नम्बर दिए।
नौ दिने बृहत् साक्षीकार्यको दौडान कुल १२० वटा बाइबल, ७७० वटा पुस्तक, ७०५ वटा पत्रिका र १,९६५ वटा पुस्तिका वितरण गरियो। साथै, ७२० वटा पुनःभेट गरियो र २१५ वटा बाइबल अध्ययन सुरु भयो।
साँच्चै, यो ठूलो इलाकामा छरिएर रहेका आध्यात्मिक तवरमा भोका थुप्रै योग्य व्यक्तिहरू बल्ल तृप्त हुन सके।—मत्ती ५:६.
[फुटनोट]
a यहोवाका साक्षीहरूद्वारा प्रकाशित।
[पृष्ठ ३०-मा भएको नक्सा]
अस्ट्रेलिया
उत्तरी इलाका
डार्विन
कार्पेन्टारियाको खाडी
सिड्नी
तास्मानिया