सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

परमेश्‍वरको वचनलाई प्रेम गर्ने एक जना नम्र अफ्रिकी

परमेश्‍वरको वचनलाई प्रेम गर्ने एक जना नम्र अफ्रिकी

परमेश्‍वरको वचनलाई प्रेम गर्ने एक जना नम्र अफ्रिकी

स्थानीय मानिसहरूसित बाइबलसम्बन्धी विषयहरूमा कुराकानी थाल्न कति सजिलो छ भन्‍ने कुरा थाह पाउँदा अफ्रिकाको भ्रमण गर्नेहरू अक्सर छक्क पर्छन्‌। “परमेश्‍वरको राज्य भनेको के हो?” वा “भोकमरी, रोगबिमार, युद्ध र अपराधजस्ता समस्याहरूको के कुनै स्थायी समाधान छ?” भन्‍ने जस्ता प्रश्‍नहरू सोध्दा मानिसहरूको कान ठाडठाडो हुन्छ। कहिल्यै नभेटेको व्यक्‍तिले ती प्रश्‍नहरूको जवाफ बाइबलबाट देखाउँदा सुन्‍न चाहनेहरू थुप्रै हुन्छन्‌। यसपछि अक्सर नियमित रूपमा बाइबल अध्ययन सुरु हुन्छ। अनि विद्यार्थीहरूले आध्यात्मिक प्रगति गर्दै गएपछि बप्तिस्माप्राप्त मसीहीहरू बन्छन्‌।

यस्तो प्रतिक्रिया देखाउने सबैभन्दा पहिलो अफ्रिकीबारे बाइबलमा प्रेरित ८:२६-४० मा उल्लेख गरिएको छ। तिनी एक जना इथियोपियाली थिए र साँचो परमेश्‍वर यहोवाको उपासना गर्न तिनले यरूशलेमको यात्रा गरेका थिए।

तलको चित्रमा देखाइएझैं आफ्नो रथमा चढेर घरतर्फ फर्कंदै गर्दा ती इथियोपियाली एउटा पुस्तकको मुठ्ठा पढ्‌दैछन्‌। एक जना अपरिचित व्यक्‍ति तिनीकहाँ आउँछन्‌ र यसरी सोध्छन्‌: “के तपाईंले पढिरहनुभएको कुरा बुझ्नुहुन्छ?” आफूलाई मदतको खाँचो परेको कुरा ती इथियोपियालीले नम्रपूर्वक स्वीकार्छन्‌ र त्यस अपरिचित व्यक्‍ति अर्थात्‌ मसीही प्रचारक फिलिपलाई रथमा चढ्‌न बिन्ती गर्छन्‌। त्यसपछि आफूले धर्मशास्त्रबाट भर्खरै पढेको अंशको अर्थ बताइदिन तिनले फिलिपलाई आग्रह गर्छन्‌। यो भविष्यवाणीले मसीह अर्थात्‌ येशू ख्रीष्टको भर्खरै भएको मृत्युलाई सङ्‌केत गरिरहेको छ भनेर फिलिपले बताइदिन्छन्‌। फिलिपले “येशूको सुसमाचार[बारे]” अरू कुराहरू सुनाउने सिलसिलामा येशूको पुनरुत्थानबारे पनि पक्कै बताउँछन्‌।

यी अद्‌भुत सच्चाइबारे सुनिसकेपछि ती इथियोपियाली येशूको एक जना चेला बन्‍न चाहन्छन्‌ र यसरी सोध्छन्‌: “मलाई बप्तिस्मा हुनलाई केले रोक्छ र?” बप्तिस्मा लिएपछि ती नम्र अफ्रिकी रमाइ रमाइ आफ्नो घर फर्कन्छन्‌ र त्यसपछि तिनीबारे बाइबलले केही पनि बताउँदैन।

यही “सुसमाचार[बारे]” सिक्न आज यहोवाका साक्षीहरूले संसारभरका लाखौं मानिसहरूलाई मदत गरिरहेका छन्‌। हाल लगभग ६० लाख निश्‍शुल्क गृह बाइबल अध्ययनहरू सञ्चालन भइरहेका छन्‌।