के आफ्नो विश्वासले तपाईंलाई कदम चाल्न उत्प्रेरित गर्छ?
के आफ्नो विश्वासले तपाईंलाई कदम चाल्न उत्प्रेरित गर्छ?
पक्षघाताले थला परेको आफ्नो नोकरलाई येशूले निको पार्न सक्नुहुन्छ भन्ने कुरामा एक जना कप्तान विश्वस्त थिए। तर अयोग्य छु भन्ने भावनाले गर्दा भनौं वा अन्यजाति भएकोले, ती कप्तानले येशूलाई आफ्नो घरमा बोलाएनन्। बरु ती कप्तानले यहूदी बूढा प्रधानहरूलाई येशूकहाँ पठाएर यसो भन्न लगाए: “हे प्रभु, तपाईं मेरो छानामनि आउनुहुने योग्यको म छैनँ, तर वचन मात्र बोलिदिनुहोस्, र मेरो नोकर निको हुनेछ।” धेरै टाढाबाट पनि येशूले निको पार्न सक्नुहुन्छ भन्ने कप्तानको विश्वास बुझेर येशूले आफ्नो पछि-पछि आउने भीडलाई यसो भन्नुभयो: “म तिमीहरूलाई साँच्चै भन्दछु, इस्राएलमा पनि यति ठूलो विश्वास मैले पाएको छैन।”—मत्ती ८:५-१०; लूका ७:१-१०.
यस अनुभवले हामीलाई विश्वासको एउटा अत्यावश्यक पक्षमाथि ध्यान केन्द्रित गर्न मदत गर्न सक्छ। साँचो विश्वास निष्क्रिय हुँदैन; यो कामसहितको हुन्छ। बाइबल लेखक याकूबले यसो भने: “विश्वास पनि कामरहितको छ भनेता स्वयं मरेको तुल्य हुन्छ।” (याकूब २:१७) विश्वास निष्क्रिय भयो भने के हुन सक्छ भन्ने कुराको एउटा ज्वलन्त उदाहरण विचार गरेपछि यो तथ्य झनै प्रस्ट हुन्छ।
सा.यु.पू. १५१३ मा व्यवस्थाको करारमार्फत इस्राएल राष्ट्र र यहोवा परमेश्वरबीच नाता गाँसियो। त्यस करारको मध्यस्थकर्ताको रूपमा मोशाले इस्राएलीहरूलाई परमेश्वरको वचन सुनाए: “अब यदि तिमीहरूले मेरा कुरा साँच्चैनै सुन्यौ र मेरो करार पालन गऱ्यौ भने . . . तिमीहरू प्रस्थान १९:३-६) हो, इस्राएलको पवित्रता आज्ञा पालन गर्नुमा निर्भर थियो।
चाहिं . . . एक पवित्र जाति हुनेछौ।” (धेरै शताब्दीपछि यहूदीहरूले व्यवस्थाका सिद्धान्तहरू लागू गर्नुमा भन्दा यसको अध्ययन गर्नुमा बढी जोड दिन थाले। द लाइफ एण्ड टाइम्स अफ जिजस द मेसाया नामक आफ्नो पुस्तकमा अल्फ्रेड इडरसिमले यस्तो लेखे: “[रब्बीहरूले] अर्थात् ‘संसारका गण्यमान्य धार्मिक नेताहरूले’ काम गर्नुभन्दा अध्ययन गर्नु महत्त्वपूर्ण हो भनेर पहिल्यै साबित गरिसकेका थिए।”
हुन त हो, पुरातन इस्राएलीहरूलाई परमेश्वरका आवश्यकताहरू लगनशील भई अध्ययन गर्ने आज्ञा दिइएको थियो। स्वयम् परमेश्वरले यसो भन्नुभएको थियो: “मैंले तिमीहरूलाई सुनाएको आज्ञा आफ्नो मनमा राख। ती तिमीहरूले आफ्ना छोरा-छोरीहरूलाई होशीयारीसाथ सिकाओ। औ घरमा बस्ता, बाटोमा हिंड़दा, ढल्केर बस्ता र उठ्दा तिनको चर्चा गर।” (व्यवस्था ६:६, ७) तर के यहोवाले व्यवस्थाको अध्ययन गर्ने काम व्यवस्थाअनुसार अथवा यसले सङ्केत गरेअनुसार चल्नुभन्दा महत्त्वपूर्ण हो भन्न खोजिरहनुभएको थियो? आउनुहोस्, यस विषयमा विचार गरौं।
गहिरो अध्ययन गर्ने
व्यवस्था अध्ययन गर्ने कुरामा बढ्तै जोड दिनु इस्राएलीहरूलाई ठीकै लागेको हुनुपर्छ। किनभने एउटा यहूदी परम्परामा स्वयम् परमेश्वरले पनि व्यवस्था अध्ययन गर्न दिनको तीन घण्टा बिताउनुहुन्थ्यो भन्ने विश्वास गरिन्थ्यो। त्यसैकारण कोही-कोही यहूदीहरूले यस्तो तर्क गरेका हुन सक्छन्, ‘परमेश्वरले त व्यवस्था नियमित रूपमा अध्ययन गर्नुहुन्छ भने, के उहाँका पार्थिव प्राणीहरूले दत्तचित्त भई त्यसै गर्नु पर्दैन र?’
सा.यु. प्रथम शताब्दीसम्ममा त रब्बीहरूको दिमागमा व्यवस्थाको एक-एक कुरा केलाएर यसको अर्थ लगाउने यत्ति धुन सवार भएको थियो कि यसले गर्दा तिनीहरूको सोचाइ नै पूर्णतया टेढो भइसकेको थियो। येशूले यसो भन्नुभयो: “शास्त्रीहरू र फरिसीहरू[ले] . . . भन्द ता छन्, तर गर्दैनन्। हो, तिनीहरू गह्रौं र बोक्न नसक्ने मत्ती २३:२-४) ती धर्मगुरुहरूले सर्वसाधारणमाथि अनगन्ती नीतिनियमको बोझ लादेका थिए तर तिनीहरू आफूले चाहिं त्यही व्यवस्था पालन नगर्दा पनि हुने चोर बाटो अपनाएर कपट देखाए। त्यति मात्र होइन, गहिरो अध्ययन गर्न तल्लीन मानिसहरूले ‘व्यवस्थाका गहकिला कुराहरू, अर्थात् न्याय, दया र विश्वास छोडिरहेका थिए।’—मत्ती २३:१६-२४.
भारी बाँधेर मानिसहरूका काँधमा हालिदिन्छन्। तर तिनीहरू आफैले भने आफ्ना औंलाले पनि ती सारिदिने मन गर्दैनन्।” (व्यवस्थाको एक-एक कुरा पालन गर्छौं भन्ठान्ने शास्त्री र फरिसीहरूले आफूले समर्थन गरेको दाबी गर्ने व्यवस्थाकै ठाडो उल्लङ्घन गर्नु कत्ति विडम्बनाको कुरा हो! व्यवस्थाका शब्द-शब्दमा र अन्य सानातिना कुरामा भएको शताब्दीयौंको वादविवादले तिनीहरूलाई कदापि परमेश्वरको नजिक ल्याएन। प्रेरित पावलले बताएको “अशुद्ध वकवाद,” झूटो “ज्ञान” र “विरोध[ले]” जत्तिकै यसले पनि तिनीहरूलाई परमेश्वरबाट तर्काउन सक्थ्यो। (१ तिमोथी ६:२०, २१) तथापि, अर्को गम्भीर समस्या भनेको अन्त्यहीन अनुसन्धानले तिनीहरूमा पारेको असर थियो। तिनीहरूसित सही काम गर्न उत्प्रेरित गर्ने किसिमको विश्वास थिएन।
दिमागी ज्ञान तर विश्वास नभएको हृदय
परमेश्वरको भन्दा यहूदी धर्मगुरुहरूको सोचाइ कत्ति भिन्न थियो! प्रतिज्ञा गरिएको देशमा इस्राएलीहरू प्रवेश गर्नुभन्दा केही समयअघि मोशाले उनीहरूलाई यसो भने: “आज मैले तिमीहरूलाई दिएका सबै वचनहरू आफ्नो मनमा राख, आफ्ना छोराछोरीहरूलाई पनि यस व्यवस्थाका सबै वचनहरू होशियारीसाथ पालन गर्ने आज्ञा देओ।” (व्यवस्था ३२:४६) कुरा स्पष्ट छ, परमेश्वरका जनहरूसित दिमागी ज्ञान भएर मात्र पुग्दैनथ्यो तर उनीहरूले व्यवस्था पालन गर्नु पनि आवश्यक थियो।
तथापि, इस्राएल राष्ट्र पटक-पटक यहोवाको नजरमा अवफादार साबित भयो। सही काम गर्नुको सट्टा इस्राएलीहरूले ‘उहाँमाथि विश्वास राखेनन्, औ उहाँको कुरा पनि सुनेनन्।’ (व्यवस्था ९:२३; न्यायकर्त्ता २:१५, १६; २ इतिहास २४:१८, १९; यर्मिया २५:४-७) अन्तमा येशूलाई मसीहको रूपमा अस्वीकार गर्दा यहूदीहरूले सबैभन्दा घोर अवफादारी काम गरे। (यूहन्ना १९:१४-१६) फलस्वरूप, यहोवा परमेश्वरले इस्राएललाई तिरस्कार गरेर अन्यजातिहरूतर्फ आफ्नो ध्यान मोड्नुभयो।—प्रेरित १३:४६.
हृदयमा विश्वास नभए पनि दिमागी ज्ञान छ भने परमेश्वरको उपासना गर्न सकिन्छ भन्ठानेर त्यस्तै गल्ती नगर्न हामी निश्चय पनि होसियार हुनु आवश्यक छ। अर्को शब्दमा भन्ने हो भने, बाइबल अध्ययन गर्नुको हाम्रो उद्देश्य ज्ञान बढाउने मात्र हुनु हुँदैन। हाम्रो जीवनलाई राम्रो प्रभाव पार्न सही ज्ञान हाम्रो हृदयसम्म पुग्नै पर्छ। सागसब्जी रोप्ने विषयमा अध्ययनचाहिं गऱ्यौं तर एउटै पनि बीउ छरेनौं भने के फाइदा हुन्छ र? हुन त हो, सागसब्जी रोप्ने र त्यसको स्याहारसुसार गर्ने विषयमा हामीले केही मात्रामा भए पनि ज्ञान त हासिल गरौंला तर हामीले केही पनि कटनी गर्नेछैनौं! त्यस्तै गरी, हृदयमा सत्यका बीउहरू अङ्कुराएर कदम चाल्न उत्प्रेरित हुनको लागि बाइबल अध्ययनमार्फत परमेश्वरका आवश्यकताहरू सिक्ने व्यक्तिहरूले सत्यको बीउलाई हृदयसम्म पुग्न दिनै पर्छ।—मत्ती १३:३-९, १९-२३.
“वचन पालन गर्ने होओ”
“विश्वास सुनाइबाट . . . आउँछ” भनी प्रेरित पावलले बताए। (रोमी १०:१७) परमेश्वरको वचन सुनेर उहाँको पुत्र येशू ख्रीष्टमा विश्वास गर्ने यो स्वाभाविक घटनाक्रमले हामीलाई अनन्त जीवनको प्रत्याशा दिन्छ। निस्सन्देह, ‘म परमेश्वर र ख्रीष्टमा विश्वास गर्छु’ भनेर मात्र पुग्दैन।
कदम चाल्न उत्प्रेरित गर्ने किसिमको विश्वास देखाउन येशूले आफ्ना अनुयायीहरूलाई आग्रह गर्नुभयो: “तिमीहरूले धेरै फल फलायौ भने, त्यसैमा मेरा पिताको महिमा हुनेछ, र तिमीहरू मेरा चेला हुनेछौ।” (यूहन्ना १५:८) पछि, येशूका सौतेनी भाइ याकूबले यस्तो लेखे: “वचन पालन गर्ने होओ। . . . सुन्ने मात्र होइन।” (याकूब १:२२) यद्यपि, के गर्ने भनेर हामी कसरी थाह पाउन सक्छौं? परमेश्वरलाई प्रसन्न तुल्याउन हामीले के गर्नुपर्छ भन्ने सन्दर्भमा येशूले आफ्नो वचन र उदाहरणद्वारा देखाउनुभयो।
यूहन्ना १७:४-८) कुन-कुन तरिकामा? येशूले रोगी तथा लङ्गडाहरूलाई चमत्कारपूर्ण ढङ्गमा निको पार्नुभएको कुरा त धेरैलाई थाहै होला। तर मत्तीको सुसमाचारको पुस्तकमा मुख्य तरिका स्पष्ट पारिएको छ: “येशू सब शहरहरू र गाउँहरूतिर तिनीहरूका सभाघरहरूमा शिक्षा दिंदै र राज्यको सुसमाचारको प्रचार गर्दै, . . . हिंडनुभयो।” ध्यान दिनुहोस्, येशूले आफ्नो सेवकाईलाई अनौपचारिक रूपमा आफ्ना केही साथीभाइ तथा चिनेजानेका अथवा छरछिमेकका मानिसहरूसित भेटघाट भएको बेला कुराकानी गर्नुमै मात्र सीमित पार्नुभएन। आफूसित भएका साधनहरू प्रयोग गरेर “सारा गालीलभरि[का]” मानिसहरूलाई भेट्न उहाँले अथक प्रयास गर्नुभयो।—मत्ती ४:२३, २४; ९:३५.
पृथ्वीमा छँदा परमेश्वरको राज्य गतिविधिलाई अघि बढाउन र आफ्नो पिताको नाउँ महिमित पार्न येशूले कडा परिश्रम गर्नुभयो। (येशूले आफ्ना अनुयायीहरूलाई चेला बनाउने काममा पनि भाग लिन निर्देशन दिनुभयो। निस्सन्देह, यसको लागि उहाँले तिनीहरूका लागि एउटा अनुकरणीय सिद्ध नमुना बसाल्नुभयो। (१ पत्रुस २:२१) येशूले आफ्ना विश्वासी चेलाहरूलाई यसो भन्नुभयो: “यसकारण गएर सबै देशका जातिहरूलाई चेला बनाओ, र पिता, पुत्र र पवित्र आत्माको नाउँमा बप्तिस्मा देओ। जे जे मैले तिमीहरूलाई आज्ञा गरें, तिनीहरूलाई ती सबै गर्नालाई सिकाओ। र हेर, म सब दिन, अँ, जगत्को अन्तसम्म तिमीहरूका साथमा छँदैछु।”—मत्ती २८:१९, २०.
हो, प्रचार गतिविधिमा भाग लिनु भनेको साँच्चै एउटा चुनौती हो। स्वयम् येशूले यसो भन्नुभयो: “हेर, म तिमीहरूलाई ब्वाँसाहरूका बीचमा पाठाहरू जस्ता गरी पठाउँछु।” (लूका १०:३) विरोधको सामना गर्नुपर्दा अनावश्यक दुःख वा फिक्रीदेखि जोगिन हामीमा पछि हटूँ-हटूँजस्तो लाग्ने स्वाभाविक झुकाव आउन सक्छ। येशू पक्राउ पर्नुभएको रात त्यस्तै भएको थियो। डरले गर्दा प्रेरितहरू भागे। पछि त्यसै रात पत्रुसले येशूलाई तीन चोटि चिनेकै छैन भने।—मत्ती २६:५६, ६९-७५.
यसबाहेक, प्रेरित पावलले पनि सुसमाचार प्रचार गर्न सङ्घर्ष गर्नुपऱ्यो भनेको सुन्दा तपाईंलाई अचम्म लाग्न सक्छ। तिनले थिस्सलोनिकाको मण्डलीलाई यस्तो पत्र लेखे: “तिमीहरूसँग परमेश्वरको सुसमाचार बोल्नालाई, अति विरोधमा पनि, हाम्रा परमेश्वरमा हामी निर्भय रह्यौं।”—१ थिस्सलोनिकी २:१, २.
पावल अनि तिनका सँगी प्रेरितहरूले अरूलाई परमेश्वरको राज्यबारे बताउँदा लाग्ने जस्तोसुकै डर हटाउन सके भने तपाईं पनि सक्नुहुन्छ। कसरी? सबैभन्दा महत्त्वपूर्ण कुरा यहोवामाथि भर पर्नु हो। हामीले यहोवामा पूर्ण विश्वास राख्यौं भने त्यस विश्वासले हामीलाई कदम चाल्न उत्प्रेरित गर्नेछ र हामी उहाँको इच्छा गर्न सक्नेछौं।—प्रेरित ४:१७-२०; ५:१८, २७-२९.
तपाईंले गर्नुहुने कामको इनाम छ
यहोवाको सेवा गर्न हामीले गर्ने प्रयासबारे उहाँलाई राम्ररी थाह छ। उदाहरणका लागि, हामी बिरामी परेको वा थकित भएको उहाँलाई थाह हुन्छ। हाम्रो मनमा खेल्ने शङ्का-उपशङ्का उहाँ बुझ्नुहुन्छ। आर्थिक बोझले लादिएको अथवा हाम्रो स्वास्थ्य वा हाम्रो भावनाको कारण हामी निराश भएको बेला यहोवा हाम्रो अवस्था सधैं बुझ्नुहुन्छ।—२ इतिहास १६:९; १ पत्रुस ३:१२.
असिद्धता र कठिनाइहरूको बावजुद हाम्रो विश्वासले हामीलाई कदम चाल्न उत्प्रेरित गर्दा यहोवा असाध्यै रमाउनुहुन्छ! आफ्ना विश्वासी सेवकहरूप्रति यहोवाको कोमल सद्भाव अस्पष्ट भावना मात्र होइन तर हामीलाई प्रतिज्ञा गर्नुभएर उहाँले यो सद्भाव देखाउनुभएको छ। ईश्वरीय प्रेरणा पाएर प्रेरित पावलले यस्तो लेखे: “तिमीहरूको काम र त्यो प्रेम, जो उहाँको नाउँतर्फ, र पवित्र जनहरूको सेवा गरेको र गर्दै रहेकोमा तिमीहरूले देखाएका छौ, सो बिर्सनालाई परमेश्वर अधर्मी हुनुहुन्न।”—हिब्रू ६:१०.
यहोवा “परमेश्वर विश्वासयोग्य र अधर्मविहीन, न्यायी र सत्य हुनुहुन्छ” र “उहाँलाई खोज्नेहरूलाई प्रतिफल दिनुहुन्छ” भन्ने बाइबलको विवरणमा तपाईं भरोसा गर्न सक्नुहुन्छ। (व्यवस्था ३२:४; हिब्रू ११:६) उदाहरणका लागि, संयुक्त राज्य अमेरिकाको क्योलिफोर्नियाकी एउटी महिला आफ्नो विगत यसरी सम्झिन्छिन्: “परिवार सुरु गर्नुभन्दा अघि मेरो बुबाले दस वर्ष पूर्ण-समय सेवकको रूपमा सेवा गर्नुभयो। सेवकाईमा यहोवाले उहाँलाई कसरी सँभाल्नुभयो भन्ने कथा सुनेर म दङ्ग पर्थें। धेरै चोटि उहाँले सेवकाईमा जानको लागि पेट्रोल हाल्न आफूसित भएको एक सुका पनि बाँकी राख्नुभएन रहेछ। सेवकाईबाट घर फर्कनुहुँदा उहाँको लागि अक्सर खानेकुराको केही न केही बन्दोबस्त भइरहेकै हुन्थ्यो रे।”
भौतिक सहयोगको अलावा “कृपाका पिता, र सबै सान्त्वनाका परमेश्वर[ले]” हामीलाई भावनात्मक तथा आध्यात्मिक सहयोग पनि दिनुहुन्छ। (२ कोरिन्थी १:३) वर्षौंको दौडान थुप्रै परीक्षाहरू सहेका एउटी साक्षी यसो भन्छिन्, “यहोवामाथि भर पर्दा ढुक्क महसुस हुन्छ। यसो गर्दा तपाईंले यहोवामा भरोसा गर्ने मौका पाउनुका साथै उहाँले तपाईंलाई मदत गरेको पनि देख्न सक्नुहुन्छ।” “प्रार्थना सुन्नुहुने” परमेश्वरलाई विनम्र भई तपाईं प्रार्थना गर्न सक्नुहुन्छ र उहाँले तपाईंको व्यक्तिगत फिक्रीका कुराहरूमा ध्यान दिनुहुनेछ भनेर तपाईं निश्चिन्त हुन सक्नुहुन्छ।—भजन ६५:२.
आध्यात्मिक कटनी कार्यमा भाग लिनेहरूले प्राप्त गर्ने आशिष् तथा इनामहरू थुप्रै छन्। (मत्ती ९:३७, ३८) जन सेवकाईमा भाग लिंदा थुप्रैको स्वास्थ्यस्थिति राम्रो भएको छ र तपाईं पनि यस्तै अनुभव गर्न सक्नुहुन्छ। तथापि योभन्दा महत्त्वपूर्ण कुरा त, अरूलाई साक्षी दिंदा परमेश्वरसितको असल सम्बन्धलाई अझ सुदृढ पार्न हामी मदत पाउँछौं।—याकूब २:२३.
असल गरिरहनुहोस्
अशक्तता वा ढल्कँदो उमेरको कारण सेवकाईमा आफूले सोचेजति गर्न नसक्दा यहोवा अप्रसन्न हुनुहोला भनेर परमेश्वरका सेवकहरूले सोच्नु ठीक होइन। खस्कँदो स्वास्थ्यस्थिति, पारिवारिक जिम्मेवारी अथवा अन्य परिस्थितिहरूको कारण सीमित हुनुपर्दा पनि यही कुरा लागू हुन्छ।
अशक्तता अथवा बाधाविघ्नको कारण दुर्बल महसुस हुँदा प्रेरित पावलले ‘यो आफूबाट हटोस् भनेर तीनपल्ट प्रभुसित बिन्ती गरे।’ यहोवाको सेवामा अझ बढी गर्न सकोस् भनेर पावललाई निको पार्नुको सट्टा परमेश्वरले यसो भन्नुभयो: “मेरो अनुग्रह तिम्रो निम्ति प्रशस्त छ, किनभने मेरो शक्ति दुर्बलतामा सिद्ध हुन्छ।” (२ कोरिन्थी १२:७-१०) त्यसकारण, आफूले सहनुपरिरहेका जस्तासुकै अप्ठ्यारा परिस्थितिहरूको बावजुद स्वर्गमा हुनुहुने पिताले उहाँको गतिविधिलाई अघि बढाउन तपाईंले जति सक्नुहुन्छ त्यस कामलाई मूल्यवान् ठान्नुहुन्छ भन्ने कुरामा ढुक्क हुनुहोस्।—हिब्रू १३:१५, १६.
स्वर्गमा बस्नुहुने हाम्रा मायालु सृष्टिकर्ताले हामीले दिनसक्ने भन्दा बढी माग गर्नुहुन्न। उहाँ त केवल कदम चाल्न उत्प्रेरित गर्ने किसिमको विश्वास हामीसित होस् भन्ने मात्र चाहनुहुन्छ।
[पृष्ठ २६-मा भएको चित्र]
के व्यवस्था अध्ययन गर्नु मात्र पर्याप्त थियो?
[पृष्ठ २९-मा भएका चित्रहरू]
हाम्रो विश्वास कामसहितको हुनुपर्छ