सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के तपाईं आफ्ना प्रियजनहरूसित कुराकानी गर्नुहुन्छ?

के तपाईं आफ्ना प्रियजनहरूसित कुराकानी गर्नुहुन्छ?

के तपाईं आफ्ना प्रियजनहरूसित कुराकानी गर्नुहुन्छ?

“प्रियजनहरूसित कुरा गर्ने हाम्रो क्षमता नाटकीय ढङ्‌गले ओरालो लाग्दैछ” भनी पोलिश भाषाको साप्ताहिक पत्रिका पोलिटिका बताउँछ। अनुमान गरिएअनुसार संयुक्‍त राज्य अमेरिकाका विवाहित दम्पतीहरूले एकअर्कासित अर्थपूर्ण कुराकानी गर्न दिनको छ मिनेट मात्र बिताउँछन्‌। कोही-कोही विशेषज्ञहरूको भनाइमा सबै छुटानाम र सम्बन्ध विच्छेदहरूमध्ये आधाजसो यही कारणले गर्दा हुन्छ।

आमाबाबु र छोराछोरीबीचको कुराकानी नि? माथि उल्लेख गरिएको रिपोर्टले बताएअनुसार प्रायजसो अवस्थामा, “यो कुराकानी नभई केरकारमा परिणत हुन्छ: आज स्कूलमा के-के भयो? तिम्रा साथीहरूको हालखबर के छ?” उक्‍त रिपोर्ट यस्तो प्रश्‍न गर्छ: “यस्तो अवस्थामा हाम्रा छोराछोरीहरूले भावनात्मक सम्बन्ध विकास गर्न कसरी सिक्लान्‌ र?”

राम्ररी कुराकानी गर्ने सीप आफसेआफ हुने कुरा होइन, त्यसैले कुराकानी गर्ने हाम्रो क्षमता हामी कसरी उन्‍नति गर्न सक्छौं? मसीही चेला याकूबले हामीलाई यस्तो महत्त्वपूर्ण सल्लाह दिए: “हरेक मानिस सुन्‍नलाई छिट्टो, बोल्नलाई ढीलो र रिसाउनलाई धीमा होस्‌।” (याकूब १:१९) हो, उत्थानदायी कुराकानी गर्नको लागि हामीले ध्यान दिएर सुन्‍नपर्छ अनि बीचैमा कुरा काट्‌ने वा राम्ररी कुरै नसुनी निष्कर्षमा पुगिहाल्ने गर्नु हुँदैन। आलोचनात्मक नहुनुहोस्‌ किनभने यसले कुराकानीलाई सजिलै निसास्याउन सक्छ। साथै, येशूले केरकार गर्न नभई आफ्ना स्रोताहरूको हृदयमा भएको कुरा बाहिर निकाल्न र तिनीहरूसितको बन्धन अझ बलियो बनाउन कौशलतापूर्वक प्रश्‍नहरू चलाउनुभयो।—हितोपदेश २०:५; मत्ती १६:१३-१७; १७:२४-२७.

बाइबलमा पाइने असल सिद्धान्तहरू लागू गर्दै आफ्ना प्रियजनहरूसित कुराकानी गर्न अग्रसर हुनुहोस्‌। त्यसको परिणामस्वरूप वर्षौंसम्म वा आजीवन कदर गरिने न्यानो सम्बन्ध विकास हुन सक्छ।