सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“हामीले जित्यौं”

“हामीले जित्यौं”

“हामीले जित्यौं”

सन्‌ २००२ मा प्रजातान्त्रिक गणतन्त्र कंगोको उत्तरपश्‍चिमस्थित अमबान्डाका सहरमा यहोवाका साक्षीहरूले जिल्ला अधिवेशन आयोजना गरे। अधिवेशनमा जब लिङ्‌गाला भाषामा न्यु वर्ल्ड ट्रान्सलेसन अफ द क्रिश्‍चियन ग्रीक स्क्रीप्चर्स विमोचन भयो, दर्शकहरू खुसीले साँच्चै उफ्रे अनि कतिले त आँसु थाम्नै सकेनन्‌। त्यसपछि मानिसहरू नयाँ बाइबल हेर्न मञ्चतिर दौडिए अनि यसरी कराए: “बासुकी, बासाम्बी,” जसको अर्थ हो, “हामीले जित्यौं! तिनीहरू हिस्स परे!”

दर्शकहरू किन यति साह्रो उत्साहित थिए र तिनीहरूले त्यसो भन्‍नुको कारण के थियो? अमबान्डाकाका कुनै-कुनै भागमा यहोवाका साक्षीहरूले लिङ्‌गाला भाषाको बाइबल पाउन सकेका थिएनन्‌। किन? किनकि चर्चहरूले यहोवाका साक्षीहरूलाई बाइबल बेच्न मानेनन्‌। बाइबल हात पार्न साक्षीहरूले गैरसाक्षीहरूको मुख ताक्नुपर्थ्यो। त्यसैले तिनीहरूको खुसीको सीमा थिएन किनकि अब बाइबल हात पार्न चर्चहरूले तिनीहरूलाई रोक्न सक्ने थिएनन्‌।

न्यु वर्ल्ड ट्रान्सलेसन-ले साक्षीहरूलाई मात्र नभई अरूलाई पनि फाइदा पुऱ्‍याउनेछ। आफ्नो घरमै बसेर सम्मेलन-स्थलका लाउडस्पिकरहरूबाट कार्यक्रम सुनेका एक जना व्यक्‍तिले यहोवाका साक्षीहरूको शाखा कार्यालयलाई यस्तो पत्र लेखे: “यो बाइबल विमोचन भएकोमा म साह्रै खुसी छु। यसले हामीलाई धेरै कुराको ज्ञान दिनेछ। म यहोवाको साक्षी त होइन तरैपनि म तपाईंहरूले हालै प्रकाशित गर्नुभएको यस बाइबलको उत्कट प्रतीक्षामा छु।”

हाल न्यु वर्ल्ड ट्रान्सलेसन अफ द होलि स्क्रिप्चर्स ३३ भाषामा उपलब्ध छ भने, क्रिश्‍चियन ग्रीक स्क्रिप्चर्स-चाहिं लिङ्‌गालासहित गरेर थप १९ भाषामा उपलब्ध छ। यो अनुपम बाइबल अनुवाद पाउन के गर्नुपर्छ, कुनै एक जना यहोवाको साक्षीलाई सोध्ने हो कि?