सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“उनीहरूले सम्झौता गरेनन्‌”

“उनीहरूले सम्झौता गरेनन्‌”

“उनीहरूले सम्झौता गरेनन्‌”

“धन्य हौ तिमीहरू जब मानिसहरूले तिमीहरूलाई मेरो खातिर निन्दा गर्नेछन्‌, र खेदो गर्नेछन्‌, र हरेक किसिमको खराबी कुरा तिमीहरूका विरुद्धमा बोल्नेछन्‌” भनी येशूले आफ्ना चेलाहरूलाई भन्‍नुभयो। (मत्ती ५:११) आज यहोवाका साक्षीहरू खुसी छन्‌ किनभने ख्रीष्टको शिक्षा र उदाहरण अनुरूप उनीहरू “संसारको” भाग बन्दैनन्‌ र जस्तोसुकै परिस्थितिमा पनि राजनैतिक तटस्थता कायम राख्नुका साथै परमेश्‍वरप्रतिको निष्ठामा अडिग रहन्छन्‌।—यूहन्‍ना १७:१४; मत्ती ४:८-१०.

इस्टोनियालगायत भूतपूर्व सोभियतसंघका यहोवाका साक्षीहरूले लिएको दृढ अडानबारे लुथरान धर्मविद्‌ तथा बाइबल अनुवादक तोमास पाउल किरिक किसेट कुला (एउटा गाउँको बीचमा भएको चर्च) नामक आफ्नो पुस्तकमा यस्तो लेख्छन्‌: “सन्‌ १९५१, अप्रिल १ को झिसमिसे उज्यालोमा के भएको थियो भन्‍ने कुरा मुठीभर मानिसहरूले मात्र सुनेका छन्‌। यहोवाका साक्षी तथा उनीहरूका सम्पूर्ण समर्थकहरूलाई खेद्‌ने एउटा मतो गरियो—फलस्वरूप जम्माजम्मी २७९ जनालाई पक्रेर साइबेरियाको निर्वासनमा पठाइयो . . . निर्वासनमा वा झ्यालखानमा पर्नदेखि जोगिन उनीहरूलाई हामीले आफ्नो विश्‍वासलाई इन्कार गऱ्‍यौं भनी लेखिएको घोषणापत्रमा हस्ताक्षर गर्ने मौका दिइएको थियो। . . . पहिला पक्राउ परिसकेकाहरू समेत गरेर जम्मा ३५३ जनालाई पक्रियो र त्यसरी पक्राउमा पर्नेहरूमध्ये लगभग १७१ जना त मण्डलीसित संगत मात्र गरिरहेका थिए। उनीहरूले साइबेरियामा समेत सम्झौता गरेनन्‌। . . . [इस्टोनियाको लुथरान] चर्चका थोरै सदस्यहरूसित मात्र यहोवाका साक्षीहरूको जस्तो विश्‍वास छ।”

सारा विश्‍वका यहोवाका साक्षीहरूले सतावटको बावजुद यहोवाप्रति वफादार तथा आज्ञाकारी रहन मदतको लागि परमेश्‍वरमाथि भरोसा राख्छन्‌। उनीहरूले देखाएको वफादारिताको इनाम ठूलो छ भन्‍ने कुरा थाह पाउँदा उनीहरू खुसीले रमाउँछन्‌।—मत्ती ५:१२.