सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पुरानो जर्मन बाइबलमा परमेश्‍वरको नाउँ प्रयोग गरिएको छ

पुरानो जर्मन बाइबलमा परमेश्‍वरको नाउँ प्रयोग गरिएको छ

पुरानो जर्मन बाइबलमा परमेश्‍वरको नाउँ प्रयोग गरिएको छ

सन्‌ १९७१ मा जर्मन भाषामा प्रकाशित न्यु वर्ल्ड ट्रान्सलेसन अफ द होलि स्क्रिप्चर्स-मा परमेश्‍वरको नाउँ यहोवा हजारौं पटक उल्लेख गरिएको छ। a तर परमेश्‍वरको नाउँ प्रयोग गरिएको पहिलो जर्मन बाइबल यो थिएन। सम्भवतः परमेश्‍वरको नाउँ प्रयोग गरिएको पहिलो जर्मन बाइबल करिब ५०० वर्षअघि ख्यातिप्राप्त रोमन क्याथोलिक विद्वान्‌ योहान इकले प्रकाशित गरेका थिए।

योहान इक सन्‌ १४८६ मा जर्मनीको दक्षिणी भेगमा जन्मे। चौबीस वर्षकै उमेरमा उनी इङ्‌गोलस्टाड विश्‍वविद्यालयमा धर्मविज्ञानका प्राध्यापक बने। सन्‌ १५४३ सम्म उनी यही पदमा थिए। उनी मार्टिन लुथरका समकालिन थिए। कुनै समय यी दुईबीच मित्रता समेत थियो। तर पछि लुथर धर्म सुधार आन्दोलनका नायक बने भने इक चाहिं क्याथोलिक चर्चका प्रतिरक्षक।

ड्युक अफ बाभारियाले इकलाई जर्मन भाषामा बाइबल अनुवाद गर्ने काम सुम्पे। सन्‌ १५३७ मा यो अनुवाद प्रकाशित भयो। कर्क्‌लिकेस हान्ट्‌लेक्सिकोन-का अनुसार उनको यो अनुवादले मूल भाषाको अर्थलाई जस्ताको तस्तै राख्न खोजेको देखिन्छ। तर यस अनुवादले ‘जति मान्यता पाउनुपर्ने हो त्यति पाएको छैन।’ इकले प्रस्थान ६:३ यसरी अनुवाद गरेका छन्‌: “अब्राम, इसाहक र याकूबकहाँ सर्वशक्‍तिमान्‌ परमेश्‍वरको रूपमा प्रकट हुने परमेश्‍वर मै हुँ। अनि मैले मेरो नाउँ अडोनाइ, तिनीहरूलाई प्रकट गरिनँ।” यस पदबारे इकले पानाको छेउतिर यस्तो टिप्पणी लेखे: “नाउँ अडोनाई जेहुवा।” धेरै बाइबल विद्धान्‌हरूको विश्‍वासअनुसार जर्मन बाइबलमा परमेश्‍वरको नाउँ उल्लेख गरिएको पहिलो पटक यही नै थियो।

तथापि, परमेश्‍वरको नाउँ प्रयोग गर्न थालिएको हजारौं वर्ष भइसक्यो। सबैभन्दा पहिले हिब्रू भाषामा यो नाउँ प्रयोग गरियो जहाँ एक मात्र साँचो परमेश्‍वरलाई चिनाउन “यहोवा” नाउँ प्रयोग गरिएको छ। करिब २,००० वर्ष पहिले येशूले परमेश्‍वरको नाउँ प्रकट गर्नुभएको विवरण युनानी भाषामा लेखिएको छ। (यूहन्‍ना १७:६) त्यसपछि थुप्रै भाषाहरूमा यो नाउँ प्रकाशित भएको छ। भजन ८३:१८ को पूर्तिअनुसार अब छिट्टै यहोवा नाउँ भएको परमेश्‍वर नै सारा पृथ्वीमा सर्वोच्च हुनुहुन्छ भनेर सबैले जान्‍नेछन्‌।—प्रस्थान ६:३, पादटिप्पणी।

[फुटनोटहरू]

a पहिलो पटक सन्‌ १९६१ मा यहोवाका साक्षीहरूद्वारा अङ्‌ग्रेजीमा प्रकाशित। हाल पूर्ण र आंशिक गरी ५० भन्दा बढी भाषाहरूमा उपलब्ध छन्‌।

[पृष्ठ ३२-मा भएको चित्र]

इकको बाइबलको सन्‌ १५५८ संस्करण, जहाँ प्रस्थान ६:३ को छेउतिर यहोवा नाउँ उल्लेख छ