सबैभन्दा राम्रो शिक्षाबाट लाभ उठाउनुहोस्!
सबैभन्दा राम्रो शिक्षाबाट लाभ उठाउनुहोस्!
बाइबल भन्छ, यहोवा परमेश्वरले मानिसलगायत अरू सबै कुरा सृष्टि गर्नुभयो। (उत्पत्ति १:२७; प्रकाश ४:११) यहोवा महान् शिक्षक हुनुहुन्छ जसले प्रथम मानव जोडी आदम र हव्वालाई शिक्षादीक्षा दिनुभयो अनि अदनको सुन्दर बगैंचामा राख्नुभयो। उहाँ तिनीहरूलाई निरन्तर शिक्षा दिन र सदासर्वदा तिनीहरूको हेरविचार गर्न चाहनुहुन्थ्यो। (उत्पत्ति १:२८, २९; २:१५-१७; यशैया ३०:२०, २१) यसो सोच्नुहोस् त, तिनीहरूको भविष्य कत्ति उज्ज्वल थियो!
तर दुःखको कुरा, आदम र हव्वाले त्यति राम्रो भविष्यको आशालाई लत्याए। तिनीहरूले परमेश्वरको आज्ञा पालन नगरेको कारण मानिसजातिको नैतिक तथा शारीरिक अवस्था खस्किंदै गयो। (उत्पत्ति ३:१७-१९; रोमी ५:१२) आदम र हव्वा सृष्टि भएको केही पुस्तापछिका मानिसहरूबारे बाइबल भन्छ: “पृथ्वीमा मानिसहरूको दुष्टता बढी भएको र तिनीहरूको हृदयको विचारको जुनसुकै पनि भावना निरन्तर खराबै मात्र भएको परमप्रभुले देख्नुभयो।”—उत्पत्ति ६:५.
मानिसको झुकाव निरन्तर खराबै मात्र छ भन्ने निचोडमा यहोवा पुग्नुभएको लगभग ४,५०० वर्ष बितिसकेको छ र मानिसको अवस्था पहिलेभन्दा अहिले झनै खत्तम भएको छ। मानिसहरू हाकाहाकी ढाँट्छन्, चोर्छन् र अरूमाथि जाइलाग्छन्। एकातिर दिन-दिनै समस्या बढ्दैछ भने, अर्कोतर्फ आफ्नै साथीभाइ वा छिमेकीप्रति चासो देखाउन छोडिंदैछ। के पारिवारिक सम्बन्धलगायत धेरैजसो व्यक्तिगत सम्बन्ध सङ्कटमा परेको छैन र? तर अहिलेको नराम्रो अवस्थाको लागि परमेश्वरलाई दोष दिन मिल्दैन। उहाँ पनि आज व्याप्त समस्याबारे चिन्तित हुनुहुन्छ। यहोवाले मानिसको हितमा चासो राख्दै आउनुभएको छ र जीवनलाई आनन्दमय बनाउन डोऱ्याइको लागि उहाँमा भर पर्नेहरूलाई शिक्षा दिन उहाँ तयार हुनुहुन्छ। आजभन्दा लगभग २,००० वर्षअघि उहाँले आफ्नो पुत्र येशू ख्रीष्टलाई यस पृथ्वीमा पठाउनुभयो र जीवनमा सफल हुन चाहने व्यक्तिहरूलाई शिक्षा दिने आफ्नो चासो प्रकट गर्नुभयो। येशूले दिनुभएको शिक्षा उत्कृष्ट शिक्षा थियो किनभने महान् शिक्षक यहोवाबाट उहाँले युगौंयुगदेखि शिक्षा आर्जन गर्दै आउनुभएको थियो।
साँचो मसीहीधर्म—एउटा शिक्षा
येशू ख्रीष्टले साँचो मसीहीधर्म स्थापना गर्नुभयो, जुन धर्म प्रेममा आधारित थियो। यस साँचो मसीहीधर्मको सिद्धान्तअनुसार परमेश्वरको नाउँको आदर र महिमा गर्न मानिसको हरेक विचार र काम परमेश्वरको इच्छा मुताबिक हुनु जरुरी छ। (मत्ती २२:३७-३९; हिब्रू १०:७) मानिसको जीवन शैलीबारे येशूले दिनुभएको यस शिक्षामा उहाँको पिता यहोवाको समर्थन थियो। परमेश्वरबाट येशूले प्राप्त गर्नुभएको समर्थनबारे यूहन्ना ८:२९ मा हामी यस्तो लेखिएको पाउँछौं: “मलाई पठाउने मसँग हुनुहुन्छ। उहाँले मलाई एकलै छोडनुभएको छैन, किनभने म सधैं उहाँलाई मन पर्ने कुराहरू गर्दछु।” (छड्के अक्षर हाम्रो) हो, आफ्नो सेवकाईभरि नै येशूले यहोवाको समर्थन र डोऱ्याइ पाउनुभयो। डोऱ्याइ पाएकै कारण येशूका चेलाहरूले जीवनमा आइपर्ने अप्ठ्यारा परिस्थितिहरू सामना गर्न सके। यहोवाले उनीहरूलाई आफ्नो पुत्रमार्फत शिक्षा दिनुभयो। येशूको शिक्षा अनि उदाहरणअनुसारै जीवन बिताएको कारण उनीहरू असल मानिस बन्न सके। आज येशूका चेलाहरूको विषयमा पनि यसै भन्न सकिन्छ।—पृष्ठ ६ मा भएको “येशू र उहाँको शिक्षाले पार्ने प्रभाव” भन्ने पेटी हेर्नुहोस्।
साँचो मसीहीधर्मको एउटा छुट्टै पहिचान भनेको यस धर्ममा दिइने शिक्षाले मानिसलाई भित्रैदेखि परिवर्तन गर्न सक्छ एफिसी ४:२३, २४) उदाहरणको लागि, आफ्नो श्रीमान् वा श्रीमतीप्रति वफादार रहने सन्दर्भमा येशूले दिनुभएको शिक्षा विचार गर्नुहोस्: “तिमीहरूले यसो भनेको सुनेका छौ, ‘तैंले व्यभिचार नगर्।’ तर म तिमीहरूलाई भन्दछु, ‘जसले कोही स्त्रीलाई खराब इच्छाले हेर्दछ, त्यसले अघिबाटै त्यसको हृदयमा व्यभिचार गरिसकेको हुन्छ।’ ” (मत्ती ५:२७, २८) हृदय सफा राख्नुपर्छ अनि मनमा कुविचार र कुइच्छा उत्पन्न हुँदैमा हामीबाट नराम्रो काम नहुने भए तापनि अन्ततः यसको परिणाम सधैं भयानक हुन सक्छ भनेर येशूले आफ्ना चेलाहरूलाई सिकाइरहनुभएको थियो। मनमा कुविचार खेलायौं भने एक न एक दिन परमेश्वर अनि अरूलाई चित्त दुखाउने काम हामीबाट हुन सक्छ नि, होइन र?
किनभने यस शिक्षाले मानिसको मन अनि हृदयसम्मै असर गर्छ। (त्यसैकारण त बाइबल हामीलाई यस्तो सुझाव दिन्छ: “यस संसारसित एकै चालका नहोओ, तर तिमीहरूको मनको परिवर्तनले तिमीहरू बदलियौ। औ परमेश्वरका असल, मनपर्ने र सिद्ध इच्छा के रहेछ भनी तिमीहरू जाँचेर पत्ता लगाओ।” (रोमी १२:२) तपाईं भन्नुहोला, ‘के शिक्षाले मन परिवर्तन गर्न सक्छ र?’ मन परिवर्तन गर्नु भनेको परमेश्वरको वचनमा पाइने सिद्धान्त तथा निर्देशनहरूले मन भरेर आफ्नो विचारलाई अर्कै दिशातिर मोड्नु हो। आफ्नो वचन बाइबलमार्फत परमेश्वरले दिनुहुने शिक्षाद्वारा यस्तो परिवर्तन गर्न सकिन्छ।
परिवर्तन हुन उत्प्रेरित
“परमेश्वरको वचन जीवित र प्रबल” छ। (हिब्रू ४:१२) यसले अझै पनि मानिसहरूमा सशक्त प्रभाव पार्नुले परमेश्वरको वचन कहिल्यै काम नलाग्ने हुँदैन भन्ने कुरा प्रस्ट हुन्छ। यसले कुनै पनि व्यक्तिलाई आफ्नो जीवन शैली परिवर्तन गर्न, साँचो मसीहीधर्म अँगाल्न र असल व्यक्ति बन्न उत्प्रेरणा दिन्छ। यहाँ दिइएका उदाहरणहरूबाट बाइबलले दिने शिक्षाको महत्त्व स्पष्ट हुन्छ।
अघिल्लो लेखमा चर्चा गरिएको एमेलिया यसो भन्छिन्: “आफ्नो प्रयासले मात्र त मैले घरको अवस्था सुधार्नै सकिनँ। यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गर्न थालेपछि भने घरको अवस्था सुधार्न सकिने रहेछ भनेर थाह पाएँ र आफ्नो सोच्ने तरिकामा पनि परिवर्तन ल्याउन थालें। मैले अझ धीरजी हुन र झनक्क रीस नदेखाउन सिकें। समयमा, मेरा पति पनि अध्ययनमा बस्न थाल्नुभयो। उहाँलाई रक्सी छोड्न कम्ता गाह्रो भएन तरैपनि उहाँले छोड्नुभयो। हामीले आफ्नो विवाहलाई सफल बनाउने फेरि मौका पायौं। अहिले हामी सुखमय मसीही जीवन बिताइरहेका छौं र बाइबलका असल सिद्धान्तहरू अनुरूप चल्न आफ्ना छोराछोरीलाई पनि सिकाइरहेका छौं।”—व्यवस्था ६:७.
साँचो मसीहीधर्मले दिने शिक्षाले मानिसलाई नराम्रो आनीबानी छोड्न र अनैतिक जीवन शैली त्याग्न मदत गर्छ। मानुएलले a यो कुरा आफ्नै जीवनमा अनुभव गरे। तेह्र वर्षको उमेरमा तिनी घरबाट भागे र गाँजा खान थाले। समय बित्दै जाँदा तिनले हेरोइन पनि सेवन गरे। बास र पैसाको लागि तिनले पुरुष, स्त्री सबैसित यौनसम्बन्ध राखे। गोजीमा सुको पैसा नहुँदा कहिलेकाहीं त मानुएल अरूलाई लुट्थे पनि। तिनी सधैंजसो लागूऔषधको नशामा हुन्थे। तिनको व्यवहार हिंस्रक भएकोले तिनले धेरै चोटि जेलको चिसो हावा खाए। एक चोटि त तिनले चार वर्षको जेल सजाय पाए। जेलमा छँदा समेत हातहतियार ओसारपसार गर्ने काममा तिनी संलग्न भए। आफ्नो ढङ्गले गर्दा विवाहपछि पनि मानुएलले सुख पाएनन्। तिनी भन्छन्: “हामी कुखुराको पुरानो खोरमा बस्न थाल्यौं। मेरी पत्नीले इँटाको चुलो बनाएर खाना पकाएको मलाई अझै झलझली याद आउँछ। हाम्रो अवस्था यत्ति दयनीय भयो कि मेरी पत्नीलाई मेरै आफन्तहरूले मलाई छोड्ने सल्लाह दिए।”
कुन कुराले तिनको जीवन परिवर्तन भयो? मानुएल भन्छन्: “एक जना चिनेको मान्छे हाम्रो घरमा आएर बाइबलको कुरा बताए। मानिसको ख्याल राख्ने परमेश्वर छँदै-छैन भनेर देखाउन मात्र मैले तिनीसित कुरा गरेको थिएँ किनकि म आफूलाई त्यसको जिउँदो प्रमाण ठान्थें। मसँग कुरा गर्ने साक्षी यत्ति धीरजी र नम्र थिए कि म त छक्कै परें। त्यो देखेर पनि म राज्यभवनमा हुने सभाहरूमा जान राजी भएँ। राज्यभवनमा उपस्थित कसै-कसैलाई मेरो बारेमा राम्रोसँग थाह थियो, तरैपनि उनीहरूले मलाई मित्रैलो भएर स्वागत गरे। उनीहरूले मलाई नराम्रो दृष्टिकोणले हेरेनन्। उनीहरूको त्यस्तो राम्रो व्यवहारबाट मैले ठूलो सान्त्वना पाएँ। यतिसम्म कि लागूऔषध चटक्कै छोडेर इमानदार भई काम गर्न म हौसिएँ। बाइबल अध्ययन गरेको चार महिनापछि मैले पनि प्रचारकार्यमा भाग लिन थालें। प्रचारकार्यमा भाग लिएको चार महिनापछि नै यहोवाको साक्षीको रूपमा मैले बप्तिस्मा लिएँ।”
साँचो मसीहीधर्मले मानुएल अनि तिनको परिवारमा कस्तो प्रभाव पाऱ्यो? “बाइबलको शिक्षा नपाएको भए म उहिल्यै मरिसकेको हुन्थें। येशूले दिनुभएको शिक्षाअनुसार जीवन बिताएकै कारण हाम्रो परिवार फेरि एकजुट भएको छ। जवान छँदा मैले जस्तो दुःख भोगें, मेरो छोरा र छोरीले त्यस्तो दुःख भोग्नुपरेको छैन। पत्नीसित अहिले मेरो सम्बन्ध सुमधुर भएकोमा मलाई गर्व लाग्छ र यसको लागि यहोवालाई म मुरी-मुरी धन्यवाद दिन्छु। मेरा पुराना साथीहरूले मलाई बधाइ दिएका छन् र अहिले मैले जुन किसिमको जीवन बिताइरहेको छु त्यो सबैभन्दा उत्तम छ भनी उनीहरू भन्ने गर्छन्।”
मसीही जीवन बिताउने हो भने, नैतिक तथा शारीरिक दुवै तवरमा स्वच्छ रहनु आवश्यक छ। दक्षिण अफ्रिकाको अत्यन्तै गरिब इलाकामा बस्ने जोनले यस्तै अनुभव गरे। १ पत्रुस १:१६ मा बताइएको कुरा एकदमै मनपर्छ। यस पदमा यहोवा पवित्र हुनुभएकोले हामी पनि पवित्र हुनुपर्ने सल्लाह दिइएको छ। हामी आफ्नो सानो घरलाई चिटिक्क पारेर राख्ने कोसिस गर्छौं।”
तिनी भन्छन्: “कहिलेकाहीं हाम्री छोरी धेरै दिनसम्म पनि नुहाउँदिन थिई र हामी पनि उसको सरसफाइमा त्यति ध्यान दिंदैन थियौं।” हाम्रो घर सुङ्गुरको खोरजस्तै थियो भनी तिनकी पत्नी बताउँछिन्। तर मसीही शिक्षा पाएपछि उनीहरूको जीवन सुध्रियो। जोनले गाडी चोर्ने समूहसित सरसंगत गर्न छोडिदिए र आफ्नो परिवारको राम्रो हेरविचार गर्न थाले। “मसीहीहरू भएपछि आफ्नो शरीर अनि लुगाफाटा सफासुग्घर राख्नुपर्छ भनेर हामीले सिक्यौं। मलाईतपाईं सबैभन्दा राम्रो शिक्षा पाउन सक्नुहुन्छ
भर्खरै छलफल गरेका अनुभवहरू एक-दुई जनाको मात्र होइन। बाइबलको शिक्षा पाएर हजारौं मानिसले सुखमय जीवन बिताइरहेका छन्। इमानदार अनि मेहनती भएको कारण हाकिमहरूले उनीहरूको कदर गरेका छन्। अरूको हितमा चासो राखेको कारण उनीहरू असल छिमेकी तथा असल साथीहरू बन्न सकेका छन्। दुर्गुणहरू हटाउन र शारीरिक झुकावहरूको वशमा नपर्न उनीहरू कटिबद्ध छन्। यसो गर्दा उनीहरू शारीरिक, मानसिक अनि भावनात्मक रूपमा स्वस्थ रहन सकेका छन्। फजुल खर्च गर्नुको सट्टा उनीहरू त्यस रकमलाई आफ्नो र आफ्नो परिवारको हेरविचार गर्न चलाउँछन्। (१ कोरिन्थी ६:९-११; कलस्सी ३:१८-२३) साँच्चै, यहोवाले बाइबलमा जे-जे भन्नुभएको छ त्यसलाई व्यवहारमा उतार्दा प्राप्त हुने परिणामले जीवनमा सफल हुने हो भने साँचो मसीहीधर्मले दिने शिक्षाअनुसार जीवन बिताउनुपर्छ भन्ने कुरा पुष्टि गर्छ। परमेश्वरले दिनुभएका नीतिनियमहरू अनुरूप जीवन बिताउने मानिसको विषयमा बाइबल यसो भन्छ: “त्यसले जे गर्छ, त्यसमा त्यो सफल हुन्छ।”—भजन १:३.
सर्वशक्तिमान् परमेश्वर यहोवा हामीलाई शिक्षा दिन चाहनुहुन्छ भनेर थाह पाउनु साह्रै प्रोत्साहनदायी छ। उहाँ आफ्नो विषयमा यसो भन्नुहुन्छ: “परमप्रभु, जो तेरा उद्धारक र इस्राएलका पवित्र परमप्रभु हुनुहुन्छ, उहाँ भन्नुहुन्छ, ‘म परमप्रभु तेरा परमेश्वर हुँ, जसले तेरो फायदाको निम्ति तँलाई सिकाउँछ। जसले तँ जाने बाटोमा तँलाई डोऱ्याउँछ।’ ” (यशैया ४८:१७) हो, आफ्नो पुत्र येशू ख्रीष्टको उदाहरण र शिक्षाद्वारा यहोवाले बाटो देखाइदिनुभएको छ। येशू यस पृथ्वीमा हुनुहुँदा उहाँलाई चिन्ने थुप्रै मानिसको जीवनमा उहाँको शिक्षाले आमूल परिवर्तन ल्यायो। आज उहाँको शिक्षाअनुसार जीवन बिताउनेहरूले पनि यस्तै परिवर्तन गरेका छन्। येशूले दिनुभएका यस्ता शिक्षाहरूबारे अझ बढी सिक्न समय निकाल्नुभए कसो होला? तपाईंकै टोल-छिमेकमा बस्ने यहोवाका साक्षीहरूले खुसीसाथ तपाईंलाई यस्तो अमूल्य शिक्षा सिकाइदिनेछन्।
[फुटनोट]
a केही नाउँहरू परिवर्तन गरिएका छन्।
[पृष्ठ ६-मा भएको पेटी/चित्र]
येशू अनि उहाँको शिक्षाले पार्ने प्रभाव
महसूल उठाउनेका हाकिम जक्कै आफ्नो ओहदाको फाइदा उठाएर सर्वसाधारणलाई लुट्थे। त्यसरी तिनी धनी भएका थिए। तर येशूले दिनुभएको शिक्षाअनुसार जीवन बिताएपछि भने तिनको जीवन शैली परिवर्तन भयो।—लूका १९:१-१०.
टार्ससका शावलले मसीहीहरूलाई सताउन छोडे र मसीहीधर्म अँगाले। त्यसपछि तिनी प्रेरित पावल बने।—प्रेरित २२:६-२१; फिलिप्पी ३:४-९.
कोरिन्थका केही मसीहीहरू ‘व्यभिचारी, मूर्तिपूजक, पुरुषगामी, चोर, लोभी, मतवाला, गाली गर्ने र लुटाहाहरू थिए।’ तरैपनि, साँचो मसीहीधर्ममा दिइने शिक्षाले उनीहरू ‘पखालिए, पवित्र भए र प्रभु येशू ख्रीष्टको नाउँमा धर्मी ठहरिए।’—१ कोरिन्थी ६:-११.
[पृष्ठ ७-मा भएको चित्र]
बाइबलले तपाईंलाई सफल हुन मदत गर्न सक्छ