सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

नयाँ वर्षमा सजाइने रूख यो रूसी परम्परा हो कि मसीही परम्परा?

नयाँ वर्षमा सजाइने रूख यो रूसी परम्परा हो कि मसीही परम्परा?

नयाँ वर्षमा सजाइने रूख यो रूसी परम्परा हो कि मसीही परम्परा?

“सन्‌ १८३० दशकको सुरुसम्म पनि नयाँ वर्षमा सदाबहार रूख सजाउनुलाई ‘आकर्षक जर्मन चलन’ भन्‍ने गरिन्थ्यो। तर त्यस दशकको अन्तसम्ममा सेन्ट पिटर्सवर्गका धनीमानीहरूको घरमा नयाँ वर्षको रूख सजाउने ‘चलन’ सुरु भइसकेको थियो। . . . उन्‍नाइसौं शताब्दीमा त्यो सदाबहार रूख पादरीहरूको घर र किसानहरूको झुपडीमा मात्र सजिएन. . .

“पहिला-पहिला त्यस रूखलाई . . . त्यति शुभ ठानिदैनथ्यो। रूसी परम्पराअनुसार त्यो रूख मृत्युको प्रतीक थियो र ‘भूतप्रेतहरूसित’ त्यसको सम्बन्ध छ भन्ठानिन्थ्यो। साथै, भट्टी-पसलहरूको छानामा त्यस रूखलाई सजाउने चलन थियो। तर १९ औं शताब्दीको बीचतिर परिवर्तन देखिन थाल्यो। . . . विदेशीहरूको परम्परा मनाउन थाल्दा, क्रिसमस ट्रीले पश्‍चिमी मुलुकहरूमा जुन अर्थ राख्थ्यो रूसमा पनि त्यही अर्थ राख्न थाल्यो भन्‍ने कुरा स्पष्ट छ. . .

“तर रूसमा त्यस रूखलाई क्रिश्‍चियनहरूको प्रतीक बनाउन भने सजिलो भएन। अर्थोडक्स चर्चले यसको विरोध गऱ्‍यो। पादरीहरूका अनुसार त्यो नयाँ चलन ‘भूतप्रेतहरूको काम’ मूर्तिपूजक प्रचलनसित सम्बन्धित थियो र हाम्रा उद्धारकको जन्मसित कुनै सम्बन्ध थिएन। त्यसमाथि पनि त्यो पश्‍चिमी परम्परा थियो।”—सेन्ट पिटर्सवर्ग विश्‍वविद्यालयमा भाषा विज्ञानका प्राध्यापक येलेना भि. डशचेङकेना।

[पृष्ठ ३२-मा भएको चित्रको स्रोत]

Photograph: Nikolai Rakhmanov