सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के परमेश्‍वरले आफ्नो अधिकार गुमाइसक्नुभयो?

के परमेश्‍वरले आफ्नो अधिकार गुमाइसक्नुभयो?

निमन्त्रणा . . .

के परमेश्‍वरले आफ्नो अधिकार गुमाइसक्नुभयो?

प्राकृतिक प्रकोप, प्राणघातक रोगहरू, उच्च ओहदामा बस्ने मानिसहरूको भ्रष्टाचार, आतंककारी हमला, युद्ध, अपराध। यी विषयमा समाचार नसुनेको दिनै हुँदैन। यस्ता कुराको चपेटामा तपाईं पर्नुभएको होला या नहोला, तैपनि यो संसार कतातिर लम्किंदैछ अनि भविष्यमा के हुने हो? भन्‍ने प्रश्‍न उठ्‌नु स्वाभाविकै हो।

यस्ता-यस्तै चिन्ताका विषयलाई समेटेर २०० भन्दा बढी मुलुकमा रहेका यहोवाका साक्षीहरूले समय सुहाउँदो भाषण प्रस्तुत गर्न लागेका छन्‌। भाषणको विषय छ: “के परमेश्‍वरले आफ्नो अधिकार गुमाइसक्नुभयो?” तल सोधिएका महत्त्वपूर्ण प्रश्‍नहरूबारे परमेश्‍वर के भन्‍नुहुन्छ र उहाँले कस्तो प्रतिज्ञा गर्नुभएको छ भनेर उहाँको भरपर्दो वचन बाइबलबाट छलफल गरिनेछ।

पृथ्वीमा जे भइरहेको छ, के परमेश्‍वर त्यसमा चासो राख्नुहुन्छ?

मानिसहरूबारे उहाँ कस्तो महसुस गर्नुहुन्छ?

के उहाँ तपाईंको भलो चिताउनुहुन्छ?

प्रायजसो ठाउँमा यो भाषण, यहोवाका साक्षीहरूको राज्यभवनमा अप्रिल ३०, २००६, आइतबारको दिन दिइनेछ। राज्यभवनको ठेगाना र भाषण दिइने समयबारे तपाईंको इलाकामा बस्ने यहोवाका साक्षीहरूलाई सोध्नुभए कसो होला?

बाइबल आधारित यो भाषण सुन्‍न तपाईंलाई हार्दिक स्वागत छ। यो भाषण सुन्‍न कुनै शुल्क लाग्दैन। “के परमेश्‍वरले आफ्नो अधिकार गुमाइसक्नुभयो?” भन्‍ने प्रश्‍नको चित्तबुझ्दो जवाफ सुन्‍न कृपया आउनुहोस्‌। (w06 4/1)