यस्तो छ गरिबहरूको अवस्था
यस्तो छ गरिबहरूको अवस्था
भिसेन्टलाई a प्रायः ब्राजिलको साओ पाउलो सहरका सडकहरूमा टन्न सामान भरिएको गाडा तानिरहेको भेटिन्छ। तिनी कागजका गत्ताहरू, फलामका टुक्राटाक्री अनि प्लास्टिक बटुल्छन्। रात पर्न लागेपछि गाडामुनि गत्ताहरू बिछ्याएर ओछ्यान बनाउँछन् र त्यहीं सुत्छन्। व्यस्त सडकमा गुडिरहेका गाडीहरूको हल्लाखल्लाले तिनलाई कुनै फरक पार्दैनजस्तो छ। हुन त पहिला तिनको जागिर, घर अनि परिवार थियो तर अहिले केही छैन। अहिले तिनी जसोतसो सडकमै गुजारा चलाउँदैछन्।
दुःखको कुरा, संसारमा करोडौं मानिसको अवस्था भिसेन्टको जस्तै दयनीय छ। कम विकसित देशका कैयौं मानिस सडकमा वा छाप्रोमा रात बिताउन बाध्य छन्। दूधे बालकलाई काखी च्यापिरहेका आइमाई, लङ्गडा अनि अन्धाहरूले मागिरहेको जताततै देखिन्छ। सडकमा रातो ट्राफिक लाइट बल्नै हुन्न, एक दुई रूपियाँ भए पनि कमाइएला कि भन्ने आशमा केटाकेटीहरू बदाम, मकै र भाँडा माझ्ने स्पन्ज बेच्न यताउता दौडिहाल्छन्।
यतिबिघ्न गरिबी हुनुको कारण बुझ्न सकिएको छैन। बेलाइतबाट प्रकाशित हुने द इकोनोमिस्ट पत्रिकाले यस्तो टिप्पणी गऱ्यो: “गरिबी हटाउन चाहिने स्वास्थ्यसम्बन्धी ज्ञान, अत्याधुनिक प्रविधि र बौद्धिक क्षमता मानिसहरूसित अहिले जति छ, त्यति पहिला कहिल्यै थिएन।” हो, यस्तो ज्ञानबाट धेरैले फाइदा उठाएका छन्। कम विकसित देशका कतिपय ठूला सहरहरूमा चिल्ला गाडीहरू गुडिरहेका छन्। बजारमा किसिम-किसिमका अत्याधुनिक सामानहरू पाइन्छन् अनि यी सामान किन्नेहरूको भीड पनि उत्तिकै छ। ब्राजिलका दुइटा सपिङ सेन्टरले आफ्नो बिक्री बढाउन विशेष कार्यक्रम आयोजना गरेको थियो। तिनीहरूले सन् २००४ डिसेम्बर २३ तारिखको रातभरि पसल खुला राखे। एउटा सपिङ सेन्टरले त ग्राहकहरूलाई लोभ्याउन ब्राजिलको प्रख्यात साम्बा नाच नाच्ने नर्तकीहरू भाडामा ल्याएको थियो। त्यसले गर्दा झन्डै ५,००,००० ग्राहक ओइरिए!
धनीहरूसित टन्न सम्पत्ति भएर के गर्नु, यसले गरिबहरूलाई फाइदा हुनेभए पो! धनी र गरिबबीच ठूलो b यस्ता प्रस्तावहरूले केही सुधार होला कि भन्ने सङ्केत त दिन्छ तर त्यही पत्रिकाले यसो पनि भन्यो: “यस्ता प्रस्तावहरूले खासै फरक पार्दैन भनेर शङ्का गर्न मिल्ने कारण पनि थुप्रै छन्। जसको लागि सहयोग पठाइन्छ, त्यो तिनीहरूको हातमा कमै मात्र पुग्ने गर्छ। त्यसैकारण होला, गरिबी निर्मूल गर्ने यस्तो योजनाको लागि धेरैजसो देश आर्थिक सहयोग गर्न आनाकानी गर्छन्।” दुःखको कुरा, भ्रष्टाचार र कर्मचारीहरूको झन्झटिलो प्रक्रियाले गर्दा सरकार, अन्तरराष्ट्रिय निकाय तथा व्यक्तिविशेषले दिएको अनुदान, साँच्चै खाँचोमा परेका व्यक्तिहरूको हातमा कहिल्यै पुग्दैन।
अन्तर भएकोले गरिबी निर्मूल गर्न कदम चालिहाल्नुपर्छ भन्ने निष्कर्षमा कोही-कोही पुगेका छन्। ब्राजिलबाट प्रकाशित हुने पत्रिका भेजा-ले यसो भन्यो: “यो साल [सन् २००५] विश्वका शीर्ष नेताहरूको एजेन्डाको प्रमुख विषय गरिबी निवारण हुनुपर्छ।” खास गरी अफ्रिकाका गरिब देशहरूको अवस्था उकास्न नयाँ मार्शल प्लान लागू गर्ने प्रस्ताव राखेको कुरा पनि भेजा पत्रिकाले बतायो।गरिबीले मानिसलाई पिरोल्न छोड्नेछैन भनेर येशूलाई थाह थियो। त्यसैकारण त उहाँले यसो भन्नुभयो: “गरीबहरू ता तिमीहरूसित सधैं हुन्छन्।” (मत्ती २६:११) के यसको मतलब पृथ्वीबाट गरिबी कहिल्यै हट्नेछैन? गरिबी कम गर्ने कुनै उपाय नै छैन? गरिबहरूलाई मदत गर्न मसीहीहरूले के गर्न सक्छन्? (w06 5/1)
[फुटनोटहरू]
a नाउँ परिवर्तन गरिएको छ।
b मार्शल प्लान भनेको अमेरिकाले दोस्रो विश्वयुद्धपछि युरोपको आर्थिक अवस्था उकास्न सुरु गरेको कार्यक्रम हो। यस्तो कार्यक्रम सुरु गर्न सुझाव दिने पहिलो व्यक्ति अमेरिकाका विदेश मन्त्री जर्ज सी. मार्शल थिए।