“कृपया मेरो सानो उपहार स्वीकार्नुहोस्”
“कृपया मेरो सानो उपहार स्वीकार्नुहोस्”
यी शब्दहरू यहोवाका साक्षीहरूको रूसी शाखा कार्यालयले प्राप्त गरेको एउटा पत्रमा लेखिएको थियो। ऊनीका मोजाहरूले भरिएको एउटा ठूलो बाकस पनि पत्रसँगै थियो।
यो उपहार, रूसको सुदूर पूर्वमा अवस्थित एउटा मण्डलीमा सेवा गरिरहेकी ६७ वर्षीया वृद्ध बहिनी आलीले पठाएकी थिइन्। जोसकासाथ राज्यको सुसमाचार प्रचार गर्दै आलीले गएको दस वर्षदेखि यहोवाको सेवा गर्दै आएकी छिन्। तथापि, मस्तिष्कघातले अकस्मात् उनलाई आंशिक रूपमा पक्षघात गरायो। तर प्रेमले उत्प्रेरित भएर आलीले प्रथम शताब्दीकी मसीही स्त्री तबिताले सँगी विश्वासीहरूका लागि लुगाहरू बनाएझैं, मोजाहरू बुनिन्।—प्रेरित ९:३६, ३९.
पत्रमा आलीले लेखिन्: “म मेरा गोडाहरू चलाउन सक्दिनँ। तर हातहरू भने अझै चलाउन सक्छु। त्यसैले पत्रहरू लेखेर प्रचार गर्छु।” उनले थपिन्: “मेरा हातहरू चलाउन सकुन्जेल केही जोडी न्याना मोजाहरू बुन्ने मैले निर्णय गरें। रूसको सुदूर पूर्व र साइबेरियाजस्ता चिसा ठाउँहरूमा राज्यभवन निर्माण गर्न जाने भाइ-बहिनीहरूलाई यी मोजाहरू दिइयोस् भन्ने म चाहन्छु।”
आफ्ना साँचो चेलाहरूको सन्दर्भमा येशू ख्रीष्टले भन्नुभयो: “यदि तिमीहरूले आपसमा प्रेम गऱ्यौ भने, तिमीहरू मेरा चेलाहरू हौ भनी यसैबाट सबैले जान्नेछन्।” (यूहन्ना १३:३५) आलीले देखाएकीजस्तै प्रेम येशूका साँचो चेलाहरूको चिनारी हो। (w07 11/15)