सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के तपाईंलाई सम्झना छ?

के तपाईंलाई सम्झना छ?

के तपाईंलाई सम्झना छ?

के तपाईंले प्रहरीधरहरा पत्रिकाका हालैका अङ्‌कहरू पढेर आनन्द उठाउनुभयो? उसोभए निम्न प्रश्‍नहरूको जवाफ दिन सक्नुहुन्छ कि, हेर्नुहोस्‌:

अदनको बगैंचा वास्तविक ठाउँ थियो भनेर हामी किन विश्‍वास गर्न सक्छौं?

बाइबलले यसको स्थानबारे खास विवरण दिएर यसलाई वास्तविक ठाउँको रूपमा चित्रण गरेको छ। उक्‍त विवरणमा उल्लिखित दुइटा नदी अहिले पनि अस्तित्वमा छन्‌। काल्पनिक कथा वा दन्त्यकथाहरूमा यस्ता विवरण पाइँदैनन्‌। सबैभन्दा भरपर्दो साक्षी येशूले आदम र हव्वालाई वास्तविक व्यक्‍तिको रूपमा चिनाउनुभयो।—१/१ (अङ्‌ग्रेजी), पृष्ठ ५-६, ९

के परमेश्‍वरलाई आदम र हव्वाले पाप गर्नेछन्‌ भनेर थाह थियो?

थाह थिएन। यहोवाले तिनीहरूलाई बौद्धिक क्षमता र स्वतन्त्र इच्छा दिनुभएको थियो जसले गर्दा आज्ञा पालन गर्ने कि नगर्ने भनी तिनीहरूले छनौट गर्न सक्थे। आफूसित भएको पूर्वज्ञानको क्षमतालाई परमेश्‍वर छनौट गरेर मात्र प्रयोग गर्नुहुन्छ।—१/१ (अङ्‌ग्रेजी), पृष्ठ १३-१५.

के साँचो ख्रीष्टियनहरू परमेश्‍वरको नामलाई जन्तरको रूपमा प्रयोग गर्छन्‌?

कोही-कोही मानिस कुनै वस्तु वा प्रतीकलाई जन्तर अर्थात्‌ सुरक्षा दिने साधन ठानी त्यसलाई शुभ-लक्षणको रूपमा प्रयोग गर्छन्‌। तर परमेश्‍वरका जन उहाँको नामप्रति त्यस्तो दृष्टिकोण राख्दैनन्‌। तिनीहरू यहोवामा विश्‍वास गर्छन्‌ अनि उहाँको इच्छाबमोजिम गर्न खोज्छन्‌। यसरी तिनीहरू उहाँको नाममा शरण लिन्छन्‌। (सप. ३:१२, १३, NW)—१/१५, पृष्ठ ५-६.

सिलाबाला बटुल्ने प्रबन्धबाट इस्राएलमा क-कसले लाभ उठाए?

सबैले लाभ उठाए। यसले सिलाबाला टिप्न बाध्य गरिबहरूलाई मेहनती हुन उत्प्रेरित गऱ्‍यो। अरूले भने उदारता देखाउन अनि परमेश्‍वरको आशिष्‌मा भरोसा राख्न प्रोत्साहन पाए।—२/१ (अङ्‌ग्रेजी), पृष्ठ १५.

यहोवाले राजा शाऊललाई किन तिरस्कार गर्नुभयो?

बलिदान चढाउनको लागि शाऊलले परमेश्‍वरको भविष्यवक्‍तालाई पर्खनुपर्नेथियो तर राजाले यो आज्ञा मानेनन्‌ र आफै अघि सरेर बलिदान चढाए। पछि तिनले शत्रुलाई पूरै नामेट पार्नू भन्‍ने आज्ञा पनि पालन गरेनन्‌।—२/१५, पृष्ठ २२, २३.

कुकर्मलाई घृणा गरेको हामी कसरी देखाउन सक्छौं?

मद्यलाई त्यसको उचित स्थानमा राख्नेछौं, तन्त्रमन्त्रदेखि अलग्गै बस्नेछौं अनि अनैतिकताबारे येशूको चेतावनी पालन गर्नेछौं। उदाहरणको लागि, अश्‍लील सामाग्री र त्यसले जगाउने कल्पनाबाट अलग्गै बस्नेछौं। (मत्ती ५:२७, २८) साथै, बहिष्कार भएका व्यक्‍तिहरूसित सङ्‌गत गर्नेछैनौं।—२/१५, पृष्ठ २९-३२.

वर्तमान इजराएलमा पुरातत्त्वविद्‌हरूले फेला पारेको प्राचीनकालको मौरीको घारबारे उल्लेखनीय कुरा के हो?

पुरातत्त्वविद्‌हरूले ३० वटाभन्दा धेरै मौरीको घार फेला पारे। शास्त्रविद्‌हरूको अनुमानअनुसार त्यसले वर्षेनी आधा टनजति मह उत्पादन गर्थ्यो। परमेश्‍वरले प्रतिज्ञा गर्नुभएको “दूध र मह बहने” देशमा मौरीपालन गरिन्थ्यो भनी यसले सङ्‌केत गर्छ। (प्रस्थ. ३:८)—३/१ (अङ्‌ग्रेजी), पृष्ठ १५.

यर्मिया कसरी “आफ्ना जराहरू खोलाका किनारसम्म फिंजाएको” रूखजस्तै भए? (यर्मि. १७:७, ८)

तिनले फल फलाउन कहिल्यै छोडेनन्‌; न त तिनी गिल्ला गर्नेहरूको लहलहैमा लागे। बरु, परमेश्‍वरले भन्‍नुभएको कुरा मनमा लिंदै तिनी जीवनदायी पानीको स्रोतमा भर परे।—३/१५, पृष्ठ १४.

येशूले मार्थालाई धेरै कुरा चाहिंदैन, एउटा मात्रै भए पनि पुग्छ भन्‍नुको अर्थ के थियो? (लूका १०:४१, ४२)

विभिन्‍न परिकार बनाउन लागेकीले उहाँले तिनलाई भौतिकवादी भन्‍न खोजिरहनुभएको थिएन, न त तिनको कडा मेहनत बेकार हो भन्‍न खोज्दै हुनुहुन्थ्यो। बरु, उहाँले प्राथमिकतालाई जोड दिंदै हुनुहुन्थ्यो। मार्थाले आफ्नो विश्‍वास बलियो बनाउने विशेष मौकाको सदुपयोग गरिरहेकी थिइनन्‌।—४/१ (अङ्‌ग्रेजी), पृष्ठ १२-१३.

येशूको पुर्पक्षमा केही अवैधानिक कुरा के थियो?

मुक्‍त गर्नको लागि प्रस्तुत गरिएको कुनै पनि तर्क अदालतले सुनेन। झूटा साक्षीहरू खोजिए। यो मुद्दाको सुनुवाइ राती भएको थियो। मुद्दाको सुरु र अन्त एकै दिनमा भयो।—४/१ (अङ्‌ग्रेजी), पृष्ठ २०.