सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पाठकहरूको प्रश्‍न

पाठकहरूको प्रश्‍न

पाठकहरूको प्रश्‍न

सेवा वर्षको रिपोर्टमा दिइएको विवरणलाई हामीले कसरी बुझ्नुपर्छ?

प्रत्येक वर्ष प्रचारकार्यसम्बन्धी सेवा रिपोर्ट वार्षिक पुस्तक (अङ्‌ग्रेजी) अनि फेब्रुअरी अङ्‌कको हाम्रो राज्य सेवा-मा छापिने गर्छ। यहोवाका सेवकहरूले समूहको रूपमा विश्‍वव्यापी सुसमाचार प्रचारकार्यमा र अरूलाई सिकाउने काममा हासिल गरेको उपलब्धिबारे थाह पाउनु हाम्रो लागि कत्ति रोमाञ्चकारी कुरा हो! तर रिपोर्टले भन्‍न खोजेको कुरा ठीक तरिकाले बुझ्न त्यसमा भएको शीर्षक अनि सङ्‌ख्याले केलाई बुझाउँछ भनेर थाह पाउनु जरुरी छ। केही उदाहरण विचार गरौं।

सेवा वर्ष। सेवा वर्ष सेप्टेम्बरमा सुरु भएर अगस्तमा अन्त्य हुन्छ। फेब्रुअरीको हाम्रो राज्य सेवा-मा अघिल्लो सेवा वर्षको रिपोर्ट राखिने भएकोले फेब्रुअरी २०११ को हाम्रो राज्य सेवा-मा २०१० सेवा वर्षको रिपोर्ट दिइएको छ। यो सेवा वर्ष सेप्टेम्बर १, २००९ मा सुरु भएर अगस्त ३१, २०१० मा अन्त्य भयो।

प्रकाशक शिखर र औसत प्रकाशक। “प्रकाशक”-ले बप्तिस्मा गरेका यहोवाका साक्षीहरूका साथै राज्य प्रचारकार्यमा भाग लिने बप्तिस्मा नगरेका प्रकाशकहरूलाई पनि बुझाउँछ। “प्रकाशक शिखर” सेवा वर्षको कुनै एक महिनाबाट लिइन्छ जुन महिनामा सबैभन्दा धेरै प्रकाशकले रिपोर्ट बुझाएका थिए। यो रिपोर्टमा अघिल्लो महिना छुटेको रिपोर्ट पनि समावेश भएको हुन सक्छ। यसरी अघिल्लो महिना रिपोर्ट दिन छुटेका केही प्रकाशकहरू अर्को महिनामा दुई पटक गनिन सक्छन्‌। प्रचारकार्यमा भाग लिएका तर रिपोर्ट बुझाउन बिर्सेका प्रकाशकहरू भने शिखर सङ्‌ख्यामा समावेश हुँदैनन्‌। यसबाट हामी सबैले प्रत्येक महिना समयमै रिपोर्ट बुझाउनुको महत्त्व बुझ्न सक्छौं। “औसत प्रकाशक” भनेको वर्षभरिको प्रकाशकको कुल सङ्‌ख्यालाई १२ ले भाग गर्दा आउने सङ्‌ख्या हो।

कुल घण्टा। सन्‌ २०११ मा प्रकाशित रिपोर्टअनुसार यहोवाका साक्षीहरूले प्रचारकार्यमा १ अरब ६० करोडभन्दा धेरै घण्टा बिताए। तर यो कुल घण्टामा हामीले यहोवाको उपासनामा बिताएको सबै घण्टा समावेश गरिंदैन। उदाहरणको लागि गोठालो भेट गर्न, सभाहरूमा जान अनि व्यक्‍तिगत अध्ययन वा मनन गर्न बिताएको घण्टा यसमा समावेश छैन।

खर्च। सन्‌ २०१० सेवा वर्षको दौडान यहोवाका साक्षीहरूले क्षेत्रमा सेवारत विशेष अग्रगामी, मिसनरी तथा परिभ्रमण निरीक्षकहरूको रेखदेख गर्न १५ करोड ५० लाख अमेरिकी डलरभन्दा धेरै खर्च गऱ्‍यो। तर यो सङ्‌ख्यामा बाइबल आधारित प्रकाशनहरू छाप्न लाग्ने खर्चका साथै संसारभरिको बेथेल गृहमा सेवारत २०,००० भन्दा धेरै स्वयंसेवकको रेखदेखको लागि गरिने खर्च समावेश गरिंदैन

स्मरणार्थ उत्सवका सहभागीहरू। यसमा स्मरणार्थ उत्सवका प्रतीक खाने विश्‍वभरिका बप्तिस्मा गरेका साक्षीहरूको सङ्‌ख्या समावेश गरिन्छ। तर यो सङ्‌ख्या पृथ्वीमा बाँकी रहेका अभिषिक्‍त जनहरूको सही सङ्‌ख्या नहुन पनि सक्छ। किनभने पहिलाको धार्मिक विश्‍वास वा मानसिक अनि भावनात्मक असन्तुलनले गर्दा आफूले स्वर्गीय आशा पाएको गलत अनुमान कसै-कसैले लगाउन सक्छन्‌। त्यसकारण पृथ्वीमा बाँकी रहेका अभिषिक्‍त जनहरूको सही सङ्‌ख्या यकिनका साथ भन्‍न असम्भव छ र उनीहरूको सङ्‌ख्या कति छ भनेर थाह पाउनु आवश्‍यक पनि छैन। परिचालक निकायले प्रतीक खाने हरेक व्यक्‍तिको नामको सूचि तयार पार्दैन। a

हामीलाई के थाह छ भने महासङ्‌कष्टको विनाशकारी बतास छोडिंदा अभिषेक गरिएका “परमेश्‍वरका दासहरू”-मध्ये केही पृथ्वीमा बाँकी नै हुनेछन्‌। (प्रका. ७:१-३) पृथ्वीमा रहुन्जेल अभिषिक्‍त जनहरूले प्रचारकार्य र सिकाउने कार्यमा नेतृत्व लिनेछन्‌। विश्‍वभरिका यहोवाका साक्षीहरूले मानव इतिहासको सबैभन्दा महत्त्वपूर्ण काममा के-कस्तो प्रगति गरिरहेका छन्‌ भनेर सेवा वर्षको रिपोर्टले देखाउँछ।

[फुटनोट]

a प्रहरीधरहरा जून १, २००९ मा भएको “विश्‍वासी भण्डारे र यसको परिचालक निकाय” भन्‍ने लेखको पृष्ठ ३० हेर्नुहोस्‌।