सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के तपाईंलाई सम्झना छ?

के तपाईंलाई सम्झना छ?

के तपाईंलाई सम्झना छ?

के तपाईंले प्रहरीधरहरा पत्रिकाका हालैका अङ्‌कहरू ध्यान दिएर पढ्‌नुभयो? उसोभए, तपाईं निम्न प्रश्‍नहरूको जवाफ दिन सक्नुहुन्छ कि:

कुन अर्थमा सुलेमान हाम्रो लागि चेतावनीमूलक उदाहरण हुन सक्छन्‌?

परमेश्‍वरले राजा सुलेमानलाई आशिष्‌ दिनुभयो र तिनलाई आफ्नो सेवकको रूपमा रोज्नुभयो। तर आफ्नो शासनकालमा तिनी परमेश्‍वरको सल्लाहअनुसार चल्न छोडे। तिनले फिरऊनका मूर्तिपूजक छोरीहरूसित विवाहबारी गरे, धेरै पत्नी राखे अनि झूटो उपासना गर्ने मूर्तिपूजक स्त्रीहरूले जे-जे गरे तिनले पनि बिस्तारै त्यही-त्यही गरे। हामीले बिस्तारै आफूमा गलत मनोवृत्ति अथवा झुकाव विकास हुन दिनु हुँदैन। (व्यव. ७:१-४; १७:१७; १ राजा ११:४-८)—१२/१५, पृष्ठ १०-१२.

प्रथम शताब्दीदेखि यता केही साँचो अभिषिक्‍त ख्रीष्टियनहरू पृथ्वीमा सधैं छन्‌ भन्‍ने निष्कर्षमा हामी किन पुग्न सक्छौं?

येशूले बताउनुभएको “गहुँ” र “सामा”-को दृष्टान्तमा “असल बीउ”-ले “राज्यका सन्तान”-लाई बुझाउँछ। (मत्ती १३:२४-३०, ३८) कटनीको समय नहोउन्जेल सामा गहुँसँगसँगै बढ्‌नेथियो। त्यसकारण कुन व्यक्‍ति अथवा समूह गहुँ वर्गका थिए भनेर हामी यकिनका साथ भन्‍न त सक्दैनौं तैपनि आज हाम्रो समयसम्म पनि त्यस्ता मानिसहरू छन्‌ भनी हामी पक्का हुन सक्छौं।—१/१५, पृष्ठ ७.

ईर्ष्या गर्ने झुकावविरुद्ध हामी कसरी लड्‌न सक्छौं?

हामीलाई मदत गर्न सक्ने कुराहरू यसप्रकार छन्‌: प्रेम र भ्रातृस्नेह विकास गर्ने कोसिस गर्नुहोस्‌, परमेश्‍वरको डर राख्ने मानिसहरूसित सङ्‌गत गर्नुहोस्‌, असल काम गर्ने मौका खोज्नुहोस्‌ अनि ‘रमाउने मानिसहरूसित रमाउनुहोस्‌।’ (रोमी १२:१५)—२/१५, पृष्ठ १६-१७.

सल्लाह दिंदा हामीले कस्ता सिद्धान्तहरू मनमा राख्नुपर्छ?

वास्तविक अवस्था बुझ्नुहोस्‌। जवाफ दिन नहतारिनुहोस्‌। नम्र भई परमेश्‍वरको वचन प्रयोग गर्नुहोस्‌। सम्भव छ भने, परमेश्‍वरको सङ्‌गठनले तयार पारेका प्रकाशनहरू प्रयोग गर्नुहोस्‌। अरूको लागि निर्णय नगरिदिनुहोस्‌।—३/१५, पृष्ठ ७-९.