प्रहरीधरहरा—अध्ययन संस्करण मे २०१३

यस अङ्कले प्रचारकको भूमिका हामी कसरी पूरा गर्न सक्छौं भनी बताउँछ अनि खुलस्त कुराकानी गरेर पारिवारिक जीवन आनन्दित बनाउन कस्ता गुणहरूले मदत गर्छ भनेर पनि बुझाउँछ।

प्रचारकको भूमिका पूरा गर्नुहोस्

मानिसहरूले सुसमाचार सुन्नु किन जरुरी छ? अनि प्रचारकको भूमिका हामी कसरी पूरा गर्न सक्छौं?

के तपाईं “असल कामहरूमा जोसिलो” हुनुहुन्छ?

हाम्रो जोसिलो प्रचारकार्य र असल आचरणले मानिसहरूलाई परमेश्वरतर्फ कसरी खिच्छ भनेर यस लेखमा छलफल गरिएको छ।

पाठकहरूको प्रश्न

प्राचीन समयका थुप्रै राष्ट्रमा कुनै-कुनै अपराधीलाई खम्बामा वा खामोमा झुन्ड्याएर मृत्युदण्ड दिइन्थ्यो। प्राचीन इस्राएलमा नि?

आपसी कुराकानीद्वारा वैवाहिक सम्बन्ध बलियो बनाउनुहोस्

सुखी वैवाहिक जीवनको लागि कुराकानी अत्यावश्यक छ। राम्ररी कुराकानी गर्न मदत गर्ने गुणहरूबारे यस लेखमा बताइएको छ।

आमाबाबु तथा छोराछोरी हो, मायालुपूर्वक कुराकानी गर्नुहोस्

केले कुराकानीमा बाधा पुऱ्याउँछ? यस्ता बाधाहरूलाई कसरी हटाउन सकिन्छ?

जीवनी

हाम्रो जीवन अर्थपूर्ण हुनुको कारण

प्याट्रिसियाको दुवै छोराछोरी आमाबाबुको जीनको खराबीले गर्दा लाग्ने रोगबाट पीडित छन्‌। यस्तो कठिन अवस्थामा पनि तिनीहरूको जीवन कसरी अर्थपूर्ण भएको छ, थाह पाउनुहोस्।

बुद्धिमानी छनौट गरेर आफ्नो उत्तराधिकारको रक्षा गर्नुहोस्

ख्रीष्टियनहरूले कस्तो उत्तराधिकार पाउन सक्छन्‌ र एसावको चेतावनीमूलक उदाहरणबाट के सिक्न सक्छौं?

हाम्रो अभिलेखालयबाट

“परीक्षाको बेला” तिनीहरू दृढ रहे

सन्‌ १९१४ मा सुरु भएको प्रथम विश्वयुद्धमा बाइबल विद्यार्थीहरूले भाग लिएनन्‌। उनीहरूको यस्तो अडानले संसारका मानिसहरूको ध्यान कसरी खिच्यो, थाह पाउनुहोस्।