सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

राजीखुसीले दिनेलाई यहोवा प्रशस्त आशिष्‌ दिनुहुन्छ

राजीखुसीले दिनेलाई यहोवा प्रशस्त आशिष्‌ दिनुहुन्छ

हाम्रा सृष्टिकर्ताले हामीलाई बहुमूल्य उपहारस्वरूप स्वतन्त्र इच्छा दिनुभएको छ। यहोवाको उपासनालाई सघाउन आफ्नो स्वतन्त्र इच्छा प्रयोग गर्नेहरूलाई उहाँ प्रशस्त आशिष्‌ दिनुहुन्छ। साथै, उहाँको नाउँ पवित्र पार्न अनि उहाँको उद्देश्यलाई समर्थन गर्न प्रयास गर्नेहरूलाई पनि उहाँले इनाम दिनुहुन्छ। हामीले डर वा करकापले आज्ञा मानेको यहोवा चाहनुहुन्न। बरु साँचो प्रेमले अनि धन्यवादी भएर उहाँको भक्ति गरेको चाहनुहुन्छ।

इस्राएलीहरू सीनैको उजाडस्थानमा छँदा यहोवाले तिनीहरूलाई उपासनास्थल बनाउने निर्देशन दिनुभयो। उहाँले यसो भन्नुभयो, “आफ्नो बीचबाट परमप्रभुको निम्ति भेटी ल्याओ। राजी-खुशीसँग दिन चाहनेले परमप्रभुको भेटीको रूपमा त्यो ल्याओस्।” (प्रस्थ. ३५:५) हरेक इस्राएलीले आफूले सकेजति यहोवालाई चढाउन सक्थ्यो। इस्राएलीहरूले भेटीको रूपमा जे नै दिए पनि वा जति नै दिए पनि त्यसलाई यहोवाको उपासनाको लागि उपयुक्त तरिकामा चलाउन सकिन्थ्यो। त्यसोभए इस्राएलीहरूले के गरे त?

“जस जसका हृदय प्रेरणाले” भरियो र “जसको मन इच्छुक भयो,” तिनीहरूले “राजी-खुशी”-ले भेटी ल्याए। पुरुष तथा स्त्रीहरूले यहोवाको कामको लागि यी कुराहरू दिए: मुन्द्री, कुण्डल, औंठी, सुन, चाँदी, तामा, मसिनो सूती कपडा, बाख्राका भुत्ला, रातो रङ्गले रङ्गाएका भेडाको छाला, सीलको छाला, बबुल काठ, बहुमूल्य पत्थरहरू, तेल अनि निलो, बैजनी र रातो रङ्गको धागो। “निर्माण कार्यको निम्ति तिनीहरूकहाँ सामान प्रशस्त थिए, औ औधि ज्यादा पनि भए।”—प्रस्थ. ३५:२१-२४, २७-२९; ३६:७.

तिनीहरूले साँचो उपासनालाई समर्थन गर्न राजीखुसीले भेटी चढाएकोले यहोवा औधी खुसी हुनुभयो। आफ्नो समय र शक्ति खर्च गर्न पनि तिनीहरू तयार भए। बाइबल विवरण यसो भन्छ, ‘बुद्धिमती स्त्रीहरूले आफ्ना हातले कातेका नीलो, बैगुने, रातो र मिहीन सुती कपडा ल्याए।’ साथै, “जसका हृदय ज्ञानले प्रोत्साहित भएका थिए ती स्त्रीहरूले बाख्राका भुत्ला काते।” यहोवाले बजलेललाई “बुद्धि, समझ र ज्ञान र सबै किसिमको शिल्पकारीको आत्माले परिपूर्ण” पार्नुभयो। यहोवाको मदत पाएर बजलेल र ओहोलीआबले आफूले पाएको सबै काम राम्ररी पूरा गर्न सके।—प्रस्थ. ३५:२५, २६, ३०-३५.

इस्राएलीहरूले “राजी-खुशीसँग” साँचो उपासनालाई समर्थन गर्नेछन्‌ भनेर यहोवा पक्का हुनुहुन्थ्यो। त्यसैले तिनीहरूलाई भेटी ल्याउन आग्रह गर्नुभयो। उहाँले ती इच्छुक मन भएकाहरूलाई डोऱ्याउनुभयो र तिनीहरू आनन्दित हुन सके। यसरी यहोवाले तिनीहरूलाई आशिष्‌ दिनुभयो। यहोवाको आशिष्‌ले गर्दा उहाँको उपासनास्थल बनाउन आवश्यक पर्ने स्रोत-साधनका साथै सीपालु मानिसहरूको कमी भएन। (भज. ३४:९) निःस्वार्थ भई राजीखुसीले यहोवाको सेवा गर्नुभयो भने उहाँले तपाईंलाई पनि आशिष्‌ दिनुहुनेछ।

^ अनु. 9 नेपालको सन्दर्भमा “यहोवाका साक्षीहरू समाज”-को नाममा अनि भारतको सन्दर्भमा चाहिं “Jehovah’s Witnesses of India” को नाममा भुक्तान हुने गरी पठाउनुपर्छ।

^ अनु. 13 नेपालमा लागू हुँदैन

^ अनु. 16 अन्तिम निर्णय गर्नुअघि कृपया स्थानीय शाखा कार्यालयसित सम्पर्क राख्नुहोस्।

^ अनु. 22 नेपालमा लागू हुँदैन

^ अनु. 24 नेपालमा उपलब्ध छैन। भारतमा भने अङ्ग्रेजी, कन्नडा, तामिल, तेलगु, मल्यालम र हिन्दी भाषामा ‘आफ्नो धन-सम्पत्तिले यहोवाको आदर गर्नुहोस्’ उपलब्ध छ।